Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

अमेरिकी अदालतले महिलालाई गर्भपतनको अधिकार कुण्ठित गरेकामा विरोध

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १६, २०७९
In समाज
0

१६ असार,काठमाडौँ : प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी कार्य समूहले अमेरिकी सर्वोच्च अदालतले महिलालाई गर्भपतनको अधिकार प्रत्याभूति गर्ने रोय विरुद्ध वादेको मुद्दामा स्थापित गरेको नजीरलाई उल्ट्याउन गरेको फैसलाको घोर भर्त्सना गरेको छ । समूहले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अमेरिकी सर्वोच्च अदालतले डब्स विरुद्ध ज्याक्सन महिलाको स्वास्थ्य संगठन मुद्दामा गरेको फैसला पश्चगामी भएको जानकारी गराइएको छ ।

फैसलाले अमेरिकाले सम्मान, संरक्षण र परिपूर्ति गर्नुपर्ने अन्तर्राष्ट्रिय मानवअधिकारको उल्लङ्घन गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । गर्भपतनमा प्रतिबन्ध लगाउने कुरा सामान्यतया अप्रभावकारी हुने प्रमाणित तथ्य भएको समूहमा आबद्ध संस्था महिला, कानून र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले बताउनुभयो । गर्भपतनमा बन्देज लगाउँदा महिला झन् असुरक्षित गर्भपतनको सहारा लिन बाध्य हुने उहाँले सुनाउनुभयो ।

जसले गर्दा लाखौँ व्यक्तिको जीवन खतरामा पर्छ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२२ मार्चमा जारी गरेको गर्भपतन सम्बन्धी निर्देशनमा गर्भपतनको अधिकारलाई आवश्यक स्वास्थ्य सेवाका रूपमा मान्यता दिएको छ । समूहले महिलाको शारीरिक स्वायत्ततालाई खुलमखुला बेवास्ता गर्ने फैसलालाई निन्दा गर्ने अमेरिकी तथा अन्तर्राष्ट्रिय समुदायसँग ऐक्यबद्धता प्रकट गरेको छ । गर्भपतन गर्न पाउने अधिकार र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी सवालमा स्वायत्त निर्णय गर्न पाउने अधिकार मौलिक मानवअधिकार हुन् ।

यी अधिकारको हनन्ले समानताको हक, गोपनीयताको हक, सूचनाको हक, स्वास्थ्यको हक, दुव्र्यवहारविरुद्धको हक, खराब व्यवहार तथा लैङ्गिक हिंसा विरुद्धको हकबाट व्यक्तिलाई वञ्चित गर्ने समूहले जनाएको छ । नेपालको संविधानले प्रजनन स्वास्थ्य तथा अधिकारलाई मानवअधिकारका रूपमा प्रत्याभूत गरेको छ । यी मौलिक अधिकारलाई कार्यान्वयन गर्ने क्रममा नेपालले विसं २०७७ को असोज २ मा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी ऐन र २०७७ असोज २६ मा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सम्बन्धी नियमावली बनाएको थियो ।(रासस)

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

सिरहाका डीएसपी पासवानको कार्यशैली प्रति स्थानीय जन-प्रतिनिधिहरूले गरे प्रशंसा

बैशाख २३, २०८२
समाज

बुद्धिजीवी संगठन द्वारा बाढी पहिरो पीडित लाई पाँच लाख बढी सहयोग

कार्तिक ७, २०८१
समाज

मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा : छैटौँ दिन ११ जना सडक आश्रित मानवहरुको उद्धार

कार्तिक ४, २०८१
समाज

सप्तरी बाट १३ जना सडक आश्रित मानिसहरुको उद्धार

कार्तिक ३, २०८१
समाज

डेंगी सङ्क्रमितको संख्या १९ हजार नाघ्यो, नौं जनाको मृत्यु

अशोज ३०, २०८१
समाज

पशुपति विकास कोषको दावी : ‘मारवाडीलाई मोहियानी हक पाउने प्रमाण छैन्’

अशोज २९, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

चलचित्र ‘रिमै’ को फर्स्टलुक पोस्टर सार्वजनिक, भदौ २७ गते बाट प्रदर्शनमा आउने

बैशाख ३०, २०८२

धार्मिक सम्प्रदायमा असर पार्ने भिडियो बनाएको आरोपमा रौतहटमा युवक पक्राउ

बैशाख ३०, २०८२

लिभर ट्रान्सप्लान्टमा नेपाल संसारकै सस्तो देश हो : डा.एकानन्द सिंह

बैशाख २९, २०८२

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२

भारत–पाकिस्तानको युद्धविरामको घोषणा पछि कश्मीरमा चहलपहल बढ्यो

बैशाख २९, २०८२

जसपा नेपाल धनुषाको अध्यक्षमा पुन: पशुपति यादव

बैशाख २९, २०८२

बुद्धका मार्गदर्शनले दृष्टि सम्यक्, विचार शुद्ध र कर्म उज्यालो बनोस् : प्रधानमन्त्री ओली

बैशाख २९, २०८२

किराँत समुदायमा आज उभौली पर्व, चण्डी पूर्णिमा र चण्डेश्वरी जात्राको पनि शुभारम्भ

बैशाख २९, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend