Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मिथिला आर्ट ठमेलमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ३२, २०७९
In विविध
0

३२ असार,जनकपुरधाम :बंगलादेशका वरिष्ठ कलाकार एसएम सुल्तानको स्मृतिमा तीनदिने अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ । एसएम सुल्तान फेन आर्टिस्ट गुप्रले जिपी कोइराला फाउण्डेशन आर्ट एण्ड कल्चर डिपार्टमेन्टको सहकार्यमा मिथिला येँ आर्ट ग्यालरी ठमेलमा शुक्रबार देखि अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको हो ।

प्रदर्शनीमा नेपाल, बंगलादेश, भारत, थाइल्याण्ड, जिम्बाबे, अमेरिका, बुल्गेरिया, रसिया, मलेसिया, टर्की र श्रीलङ्काका कलाकारका चित्र प्रदर्शनीमा राखिएका छन् । उक्त प्रदर्शनको शुभारम्भ गर्दै वरिष्ठ कलाकार गेहेन्द्रमान अमात्यले विश्वका सबै कलाको आ–आफ्नो विशेषता रहेको बताउँदै यस्ता कला प्रदर्शनीले अन्तर्राष्ट्रियस्तरमा नेपाली कलालाई जोडेको बताउनुभयो ।

मिथिला आर्ट ग्यालरी ठमेलमा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय कला प्रदर्शनको अवलोकन गर्दै नेपालका लागि बङ्गलादेशी राजदूत सलाउद्दीन नोमन चौधरी ।

नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दीन नोमन चौधरीले संस्कृति र प्रकृतिले सुन्दर नेपालमा कला प्रदर्शन गर्नु बंगलादेशी कलाकारका लागि खुसीको कुरा भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कला प्रदर्शनीलाई निरन्तरता दिने बताउनुभयो ।

बंगलादेशका वरिष्ठ कलाकार मलायकुमार कुन्दु तथा लेखक तीर्थ निरौला लगायतले नेपाल र बंगलादेशको सांस्कृतिक सम्बन्धलाई कलाले जोडेको बताउनु भयो । जिपी कोइराला फाउण्डेशन आर्ट एण्ड कल्चरका संयोजक रामसुन्दर यादवले फाउण्डेशनले संसारभरका कलाकारलाई जोड्ने काम गर्दै आएको बताउनुभयो ।

उहाँले १७ वर्षदेखि सञ्चालनमा रहेको मिथिला येँ आर्ट ग्यालरीमा हालसम्म ३०० भन्दा बढी स्वदेशी तथा विदेशी कला प्रदर्शन गरिसकेको बताउनुभयो । तीन वर्षदेखि फाउण्डेशनको सहकार्यमा कला प्रदर्शन गर्दै आएको उहाँको भनाइ छ । प्रदर्शनीमा बंगलादेशका ३५, भारतका १९, नेपालका दुई र विभिन्न देशका गरी ६९ कलाकाका चित्र प्रदर्शनमा राखिएका छन् । (रासस)

  • 30shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपत्तिको घडीमा मटिहानीको सहयोग: प्रधानमन्त्री उद्धार कोषमा ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय

भदौ १६, २०८३

भोटेकोशी बाढी पछि पुन:स्थापना तर्फ सरकार अग्रसर: १ अर्ब निकासा, अन्तर्राष्ट्रिय सहयोग जारी

भदौ १६, २०८३

जनकपुरधाम उपमहानगरद्वारा बाढीपीडितलाई साढे ६ लाख २५ हजार बराबरको चामल सहयोग

भदौ १५, २०८३

रसुवा बाढी: उद्धार तीव्र, ११ हजारभन्दा बढीको उद्धार र राहत वितरण जारी

भदौ १५, २०८३

विपदमा नागरिकको अभिभावक बनेर सरकार उभिएको छ” ! प्रधानमन्त्री बालेन्द्र शाह

भदौ १४, २०८३

Starlink अघि सर्‍यो : नेपालमा निःशुल्क आपत्कालीन इन्टरनेट दिन तयार

भदौ १४, २०८३

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend