३१ भाद्र,झापा: १७ वर्षीया र ११ वर्षीया दुई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका-१२ माथिल्लो धाईजन बस्ने ७३ वर्षीय कपिल मनि पौडेललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पौडेलले ती बालिकाहरूलाई अनेक लोभ लालच दिएर पटक-पटक करणी गरेको कारण एक १७ वर्षीया बालिका गर्भवती समेत भएकी छिन।
सो सम्बन्धमा उजुरी पर्दा ईलाका प्रहरी कार्यालय अनारमनी ले उनलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्