Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

‘केही थप सुन्नु नपरोस् जस्तो लाग्छ’

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १, २०७९
In समाज
0

१ कात्तिक,महोत्तरी : बाबुको सहादतको सम्मानस्वरुप आफुलाई दोसल्ला ओढाइ रहँदा महोत्तरी गाउँपालिका–१ सनउखराकी २० वर्षीया रामरती कुमारी यादवका बरबर्ती आँसुका धारा झरे । सोमबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले आयोजना गरेको ६७औँ प्रहरी दिवस–२०७९ मा अमर प्रहरीका परिवारजनलाई सम्मानस्वरुप दोसल्ला ओढाइँदा उहाँलाई मन थाम्न सकस पर्दा आँसु झरेका हुन् । “म त्यो सन्तान हुँ, जसले बाबुको काख पाइनँ”,

दोसल्ला ओढेपछि उहाँले सञ्चारकर्मीसँग भन्नुभयो, “बुवाको सहादत र आफ्नो जन्मको कुरा हजुरआमाले सुनाउँदा त्यो दिनबारे केही थप सुन्नु नपरोस् भन्ने लाग्छ ।” जीवनको संयोग पनि कस्तो ? पिता नेपाल प्रहरीका हवल्दार नरेश यादव तत्कालीन द्वन्द्वमा मारिदा त्यसै दिन रेखा यादवको कोखबाट जन्मेकी रामरतीको पहिलो रुवाइ घरमा गुञ्जेको थियो । विसं २०५९ को भदौ २३ गते घरमा रामरती जन्मेकी खबर जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा कार्यरत प्रहरी हवल्दार नरेशले सुन्न पाउनु भएन ।

बरु नरेश गोली लागेर ढल्नुभएको खबर घरका परिवारजनले केहीबेरपछि पाए । नरेशकी आमा जिरवादेवी यादव त्यो दिनको सम्झनाले भक्कानिनु हुन्छ । “घरमा नातिनी जन्मी, यो खबर छोरालाई पुर्याइनै नपाइ ऊ (नरेश) यो दुनियाँमा नरहेको खबर आयो । नातिनी सँगै प्रहरी दिवस कार्यक्रममा सरिक हुन पुग्नु भएकी करिब ७५ वर्षीया जिरवा देवीले भन्नुभयो, “अब आँखामा आउने आँसु सुके, यै नातिनी (रामरती)लाई हेरेर चित्त बुझाउनु छ ।”

नरेशको सहादत सँगै उसै दिन घरमा छोरी जन्माएकी रेखा यादवले पतिको नाउँमा प्राप्त हुने सुविधा हात पारेर अर्को बिहे गरेपछि रामरतीको भरण पोषण र शिक्षा दीक्षाको जिम्मेवारी हजुरआमा जिरवाको काँधमा आइपर्यो । पढाइमा एसइई (दशौँ कक्षा, माध्यमिक शिक्षा परीक्षा)सम्म विभिन्न क्षेत्रबाट साथ पाएकी रामरतीले अबको अघिल्लो शिक्षा आफ्नै परिवारको वलबुताबाट गर्नुपर्ने भएको छ ।

“आमा जवान हुनुहुन्थ्यो, अर्को बिहे गर्नुभयो, केही गुनासो छैन”, आमाले अर्को बिहे गरेको कुरामा चित्त दुखाइ नभएको बताउँदै रामरती भन्नुभयो, “ बुवाका नाउँमा प्राप्त सुविधामा भने मलाई पनि सम्झनुपथ्र्यो भन्ने लाग्छ ।” कार्यक्रममा उपस्थित अमर प्रहरीका परिवारजनका विलौना हृदय विदारक थिए । कार्यक्रममा विसं २०५९ कै भदौ २२ गते सिन्धुलीको भिमान प्रहरी चौकीमा आक्रमणमा वीरगति प्राप्त गर्नुभएका प्रहरी जवान गौरी रायकी पत्नी जमुनादेवी रायले आफ्ना विलौना सुनाउँदा कार्यक्रमका सबै सहभागीका आँखा रसाए ।

महोत्तरीको मनराशिशवा–९ बथनाहाकी जमुनाले पतिको सहादतपछि तीन छोरा हुर्काए पनि अहिले सबै बेरोजगार हुँदा घरगुजाराको सङ्कट परेको बताउनुभएको थियो । यसैगरी कार्यक्रममा विसं २०६० चैत २२ गते धनुषाको यदुकुहा स्थित इलाका प्रहरी कार्यालयमा माओवादी आक्रमणमा वीरगति प्राप्त गर्नुभएका प्रहरी जवान जलेश्वर–५ पर्सापतैलीकी पुनम राउतले पनि अमर प्रहरी परिवारको पारिवारिक अवस्था बारे कार्यक्रममा बताउनुभएको थियो ।

द्वन्द्वमा २३ प्रहरीले मुलुकका विभिन्न ठाउँमा कार्यरत रहेकै अवस्थामा सहादत प्राप्त गर्नुभएको जिल्ला प्रहरी कार्यालय महोत्तरीको अभिलेखमा उल्लेख छ । कार्यक्रममा सबै अमर प्रहरी परिवारलाई जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडी र प्रहरी नायब उपरीक्षक रवि रावलले दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो । समारोहमा पछिल्लो एक वर्ष अवधिमा उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक देखि जवान सम्मका १२ जनालाई नगद पुरस्कार प्रदान गरिएको थियो ।(रासस)

  • 12shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाज

तिहार नजिकिँदै गर्दा कुम्हाल समुदायमा चहलपहल : परम्परागत दियो सहित माटाका भाँडाकुँडा बनाउन व्यस्त

अशोज २६, २०८२
समाज

जनकपुरधाम स्थित राजदेवी मन्दिरमा यस वर्षको विजयादशमी विशेष कार्यक्रम सार्वजनिक

अशोज १०, २०८२
समाज

शान्ति समाजले ओली र लेखक लगायत जिम्मेवार नेतामाथि कारबाहीको माग गर्‍यो

अशोज ५, २०८२
समाज

मिथिलामा पितृ तर्पण ‘सोह्र श्राद्ध’ शुरु

भदौ २२, २०८२
समाज

परराष्ट्रमन्त्री डा. राणाले बुढानीलकण्ठ स्थित निवासमा भित्र्याइन् गौरा

भदौ १५, २०८२
समाज

आज बुबाको सम्मान स्वरुप मनाइदैँ बाबुको मुख हेर्ने दिन  

भदौ ७, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend