Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

निर्वाचन आचारसंहिता कार्यान्वयनमा आयोग प्रतिबद्ध : आयुक्त भण्डारी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक ६, २०७९
In विविध
0

६ कात्तिक,कास्की : निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आचार संहिता विपरीतका कार्य रोक्न आयोग प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)सँगको सहकार्यमा निर्वाचन आयोगले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचनमा भाग लिएका सबै राजनीतिक दलले गरेको प्रतिबद्धता अनुसार आचार संहिता लाई कडाइका साथ कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “दलहरु सँगको छलफल र परामर्श बाट नै निर्वाचन आचार संहिता बनाइएको हो । सबै दलले यसको पालना गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएकाले आचार संहिता प्रभावकारी कार्यान्वयनमा आयोग प्रतिबद्ध छ ।” आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन आयोग लागिपरेको बताउँदै सात महिनाको अन्तरालमा स्थानीय निर्वाचन सम्पन्न गरी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन गर्न लागिएको बताउनु भयो । उहाँले आसन्न निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

राष्ट्रिय समाचार समितिसँगको सहकार्यमा निर्वाचन आयोगले आइतबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय मिडिया अभिुमुखीकरण कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिनुहुँदै राससका प्रशासन प्रमुख शीतल महतो । तस्बिर : कृष्ण दवाडी/रासस

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पँगेनीले निर्वाचन सामूहिक रुपमा जस प्राप्ति गर्ने र अपनत्व लिने सामूहिक कार्य भएको बताउनुभयो । उहाँले सबै सरोकारवालाले आ–आफ्नो तर्फ बाट सहयोग गरेमा निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्न सकिने उल्लेख गर्नुभयो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सञ्चार माध्यमहरूले आधिकारिक सूचना र समाचार सम्प्रेषण गरी निर्वाचन लाई सफल पार्ने र निर्वाचन आचार संहिता उलंघनमा पहरेदार (वाच डग)को भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले सञ्चार प्रतिष्ठान, पत्रकार र कर्मचारीले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुनेमा जोड दिनुभयो । प्रवक्ता शर्माले समानुपातिक निर्वाचन तर्फको मतपत्र दुर्गमका नौ जिल्लामा बाहेक अन्य सबै जिल्लामा ढुवानी गरिसकिएको जानकारी दिनुभयो । राससका कार्यकारी सम्पादक शीतलप्रसाद महतोले राससले स्वनियमनका लागि निर्वाचन आचार संहिता पारित गरी लागू गरेको जानकारी दिँदै मतदाताको पक्षबाट जनसरोकारका एजेन्डालाई समाचार सामग्री बनाउने गरिएको जानकारी दिनुभयो ।

राससले निर्वाचन आयोगसँग मिलेर राससको बुलेटिनमा निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्ने र केन्द्रीय कार्यालयमा निर्वाचन रिर्पोटिङ डेस्क स्थापना गरिएको बताउनुभयो । सम्पादक महतोले सञ्चार माध्यम र पत्रकारले पेसागत मर्यादा र पत्रकारिताको सिद्धान्तमा अडिग, पत्रकार आचार संहिता र निर्वाचन आचार संहिता पालना गरी नागरिक प्रतिको उत्तरदायित्व पूरा गर्नुपर्ने बताउनु भयो । कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले निर्वाचनलाई स्वतन्त्र र भयरहित बनाउन तीनवटै सरक्षा निकाय सँगै जिल्लामा एक हजार ६ सय म्यादी प्रहरीलाई तालिम प्रदान गर्ने काम भइरहेको बताउनुभयो ।

उहाँले निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने समाचार सम्प्रेषण नगर्न ध्यानाकर्षण गराउनु भयो । कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी हुम प्रसाद पराजुली, पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष विमला भण्डारी, प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र प्रसाद न्यौपाने लगायतले निर्वाचनलाई सफल बनाउन आमसञ्चार माध्यमको ठूलो भूमिका रहने उल्लेख गर्नुभयो ।(रासस)

  • 12shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५–६ मा काठमाडौंमा

फाल्गुन २९, २०८२
विविध

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

फाल्गुन २६, २०८२
विविध

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

फाल्गुन २६, २०८२
विविध

पशुपति मन्दिर क्षेत्रमा ‘नन्द–भाउजु’को दादागिरी

फाल्गुन २५, २०८२
विविध

‘रास्वपाको जित होस्’ भन्दै गरिएको भाकल पूरा, युवाहरूले मन्दिरमा ५५ किलो मिठाई चढाए

फाल्गुन २५, २०८२
विविध

साँझ खण्डग्रास चन्द्रग्रहण : काठमाडौंबाट एक घण्टा सम्म स्पष्ट देखिने

फाल्गुन १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

“युवामा बढ्दै जोखिमपूर्ण व्यवहार: यौन शिक्षाको अभाव प्रमुख कारण”

फाल्गुन २९, २०८२

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५–६ मा काठमाडौंमा

फाल्गुन २९, २०८२

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री शुरु

फाल्गुन २९, २०८२

दिनको सुरुवात योग र ध्यानबाट गर्दा मानसिक स्वास्थ्यमा सुधार

फाल्गुन २९, २०८२

पोखरामा सम्पन्न नेपाल–भारत बैठक : विद्युत खरिद दरमा १.५ प्रतिशत वृद्धि

फाल्गुन २९, २०८२

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

फाल्गुन २६, २०८२

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

फाल्गुन २६, २०८२

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend