Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

निर्वाचन आचारसंहिता कार्यान्वयनमा आयोग प्रतिबद्ध : आयुक्त भण्डारी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक ६, २०७९
In विविध
0

६ कात्तिक,कास्की : निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन आचार संहिता विपरीतका कार्य रोक्न आयोग प्रतिबद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस)सँगको सहकार्यमा निर्वाचन आयोगले आज पोखरामा आयोजना गरेको प्रदेशस्तरीय मिडिया अभिमुखीकरण कार्यक्रममा उहाँले निर्वाचनमा भाग लिएका सबै राजनीतिक दलले गरेको प्रतिबद्धता अनुसार आचार संहिता लाई कडाइका साथ कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “दलहरु सँगको छलफल र परामर्श बाट नै निर्वाचन आचार संहिता बनाइएको हो । सबै दलले यसको पालना गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएकाले आचार संहिता प्रभावकारी कार्यान्वयनमा आयोग प्रतिबद्ध छ ।” आयुक्त भण्डारीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन आयोग लागिपरेको बताउँदै सात महिनाको अन्तरालमा स्थानीय निर्वाचन सम्पन्न गरी प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन गर्न लागिएको बताउनु भयो । उहाँले आसन्न निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

राष्ट्रिय समाचार समितिसँगको सहकार्यमा निर्वाचन आयोगले आइतबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय मिडिया अभिुमुखीकरण कार्यक्रममा सहभागीलाई प्रशिक्षण दिनुहुँदै राससका प्रशासन प्रमुख शीतल महतो । तस्बिर : कृष्ण दवाडी/रासस

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीका सचिव मनमाया भट्टराई पँगेनीले निर्वाचन सामूहिक रुपमा जस प्राप्ति गर्ने र अपनत्व लिने सामूहिक कार्य भएको बताउनुभयो । उहाँले सबै सरोकारवालाले आ–आफ्नो तर्फ बाट सहयोग गरेमा निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गर्न सकिने उल्लेख गर्नुभयो । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सञ्चार माध्यमहरूले आधिकारिक सूचना र समाचार सम्प्रेषण गरी निर्वाचन लाई सफल पार्ने र निर्वाचन आचार संहिता उलंघनमा पहरेदार (वाच डग)को भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

उहाँले सञ्चार प्रतिष्ठान, पत्रकार र कर्मचारीले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुनेमा जोड दिनुभयो । प्रवक्ता शर्माले समानुपातिक निर्वाचन तर्फको मतपत्र दुर्गमका नौ जिल्लामा बाहेक अन्य सबै जिल्लामा ढुवानी गरिसकिएको जानकारी दिनुभयो । राससका कार्यकारी सम्पादक शीतलप्रसाद महतोले राससले स्वनियमनका लागि निर्वाचन आचार संहिता पारित गरी लागू गरेको जानकारी दिँदै मतदाताको पक्षबाट जनसरोकारका एजेन्डालाई समाचार सामग्री बनाउने गरिएको जानकारी दिनुभयो ।

राससले निर्वाचन आयोगसँग मिलेर राससको बुलेटिनमा निर्वाचनसम्बन्धी समाचार सम्प्रेषण गर्ने र केन्द्रीय कार्यालयमा निर्वाचन रिर्पोटिङ डेस्क स्थापना गरिएको बताउनुभयो । सम्पादक महतोले सञ्चार माध्यम र पत्रकारले पेसागत मर्यादा र पत्रकारिताको सिद्धान्तमा अडिग, पत्रकार आचार संहिता र निर्वाचन आचार संहिता पालना गरी नागरिक प्रतिको उत्तरदायित्व पूरा गर्नुपर्ने बताउनु भयो । कास्कीका प्रमुख जिल्ला अधिकारी टेक बहादुर केसीले निर्वाचनलाई स्वतन्त्र र भयरहित बनाउन तीनवटै सरक्षा निकाय सँगै जिल्लामा एक हजार ६ सय म्यादी प्रहरीलाई तालिम प्रदान गर्ने काम भइरहेको बताउनुभयो ।

उहाँले निर्वाचनमा प्रतिकूल प्रभाव पार्ने समाचार सम्प्रेषण नगर्न ध्यानाकर्षण गराउनु भयो । कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी हुम प्रसाद पराजुली, पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष विमला भण्डारी, प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र प्रसाद न्यौपाने लगायतले निर्वाचनलाई सफल बनाउन आमसञ्चार माध्यमको ठूलो भूमिका रहने उल्लेख गर्नुभयो ।(रासस)

  • 1share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

आठ घण्टा देखि बीपी राजमार्ग अवरुद्ध

बैशाख ३०, २०८२
विविध

शिक्षकको कुटाइबाट १३ वर्षीय विद्यार्थी अस्पताल भर्ना

बैशाख २६, २०८२
विविध

सुधार केन्द्रमा यातना : प्रहरीले गर्यो सोधपुछ

बैशाख २२, २०८२
विविध

सुधार केन्द्र भर्ना भएका व्यक्तिहरूलाई शारीरिक यातना !

बैशाख २२, २०८२
विविध

जनकपुर धाम को  मन्दिर जग्गा अतिक्रमण प्रकरण : महन्त कै मिलोमतोमा बनेको अवैध संरचना भत्काइने 

चैत्र २३, २०८१
विविध

मन्दिरको जग्गामा मधेश प्रदेश सांसदको घर निर्माण : स्थानीयको विरोध

चैत्र १९, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend