Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

गौँडो कुरेर फुलमायाको हत्या

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक ६, २०७९
In अपराध
0
फूलमाया बोटेको हत्यारा सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङ । गत असोज ३० गते बागलुङ नगरपालिका–१ मा बोटेको बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँमा २६ वर्षिय प्रकाश योगीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । तस्बिर :डम्मर बुढा मगर, रासस

फूलमाया बोटेको हत्यारा सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय बागलुङ । गत असोज ३० गते बागलुङ नगरपालिका–१ मा बोटेको बलात्कारपछि हत्या गरेको आरोपमा सोही ठाउँमा २६ वर्षिय प्रकाश योगीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । तस्बिर :डम्मर बुढा मगर, रासस

६ कात्तिक,बलेवा : बागलुङमा गत असोज २९ गते राति ४२ वर्षीया फुलमाया बोटे (माझी) मृतावस्थामा फेला पर्नुभयो । उहाँ बागलुङ–पोखरा राजमार्ग अन्तर्गत बागलुङ नगरपालिका–१ मा पर्ने गणेश घुम्ती माथि मृत फेला पर्नु भएको थियो । परिवारले उहाँलाई भेट्दा घाँटीमा सल बेरिएको थियो । हतार हतार परिवारले अस्पताल पुर्यायो तर उहाँको प्राण थिएन । सधैँ समयमै घरमा आउने फुलमाया त्यो दिन समयमा घर नफर्किएपछि परिवारले खोजी थालेको थियो ।

मजदुरी गरेर खाने फुलमाया सधैँ साँझ साढे ५ बजे घर पुग्नु हुन्थ्यो । ढिला भए फोन आउँथ्यो तर त्यो दिन घर पुग्ने समयमा उहाँको मोबाइल बन्द भयो । त्यसपछि खोजी थालेको परिवारले उहाँ सधैँ हिँड्ने गरेको बाटोमा शव भेट्टायो । शव अस्पताल पु¥याएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । मृतकको शव अस्पतालमै भए पनि प्रहरीले तत्कालै घटनास्थल सिल ग¥यो । जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोली घटनास्थल पुग्यो । अस्पतालमा शव हेरेर घटनास्थल पुगेको प्रहरीले हत्याको आशङ्का गर्यो र सुरु भयो अनुसन्धान ।

गत असोज २९ गते प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापा नेतृत्वमा पोखराबाट विशेषज्ञ टोली सहितले अनुसन्धान थाल्यो । “उहाँहरूले अस्पताल पुर्याएपछि खबर गरेको भए पनि हामीले तत्कालै घटनास्थल सिल गर्यौं र खोजी सुरु भयो”, थापा भन्नुहुन्छ, “मृतक भेटिएको ठाउँ भन्दा एक सय मिटर टाढाको दूरीमा पाँच सयभन्दा बढी मान्छेको भीड थियो, हत्यामा संलग्नको खोजी चुनौती पूर्ण थियो ।” बाङ्गेचौर खेल मैदान नजिकै नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत ‘आइटिएफ तेक्वान्दो खेल भइरहेको थियो ।

तर बाङ्गेचौ रदेखि बागलुङ पोखरा सडक सम्मको पदमार्गको बीचमा फुलमायाको हत्या भएको थियो । प्रहरीका अनुसार हत्या र लुटपाट साँझ ५ देखि ५ः५२ मा भएको हो । एक साता लामो अनुसन्धान पश्चात् प्रहरीले अभियुक्त पक्राउ गरेको छ । घटनास्थलको बाटो भएर हिँडेका केही बालबालिका, धौलागिरि बहिरा आवासीय माविको सिसिटिभी र अनुसन्धानका अन्य विधिहरूले प्रहरीलाई सघाए । “फुलमायाको हत्या हुनु पूर्व सोही बाटोमा हिँडेका बालकहरूलाई पहिला पहिचान गर्यौं, सोधी खोजीमा उनीहरूले बाटोमा दाह्रीवाला हिँडेको बताएपछि हाम्रो अनुसन्धान दाह्रीमा केन्द्रित भयो”, थापाले भन्नुभयो, “अन्ततः दारी पालेकै प्रकाश योगी पक्राउ परे ।”

प्रहरीले बागलुङ नगरपालिका–१ माझी बस्तीकै मृतकका छिमेकी २६ वर्षीया प्रकाश योगीलाई हत्या आरोपमा पक्राउ गरेको छ । “प्रविधिको प्रयोगले बाटो वरपरको परिवेश नियाल्यौँ, दाह्री पालेका केहीलाई निगरानीमा राख्यौँ, अभियुक्त घटनास्थल भन्दा केही माथि लामो समय बसेको, नमिल्दा हर्कत गरेको देखेपछि शङ्का गरेका थियौँ”, प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली भन्नुहुन्छ, “दाह्री पालेको र अरू हुलिया खोज्दा फेला परेका प्रकाश नै हत्यामा संलग्न भएको निष्कर्षमा प्रहरी पुगेको छ ।”

अभियुक्तले प्रहरीलाई दिएको बयान अनुसार व्यक्तिगत रिसइवी, आर्थिक अभाव र मदिरापानले लठ्ठिएका कारण हत्या गरेको स्वीकार गरेका छन् । बागलुङ बजारमा मजदुरी गरेर फर्किएकी फुलमायाको बाङ्गेचौरमा गौँडो कुरेर पछाडि लागेर केही तल पुगेपछि हत्या गरेको उनले स्वीकार गरेको ज्ञवालीले बताउनुभयो । अभियुक्त पनि मजदुरी गरेर छाक टार्ने परिवारकै सदस्य हुन् । “उसले पहिले फुलमायाकै सल घाँटीमा बेरेको छ, हत्यापछि गहना लुछ्ने, मोबाइल अफ गर्ने र करणी गर्ने काम गरेको स्वीकार गरेको छ”, ज्ञवाली भन्नुहुन्छ, “आर्थिक अवस्थाकै कारण हत्यामा संलग्न भएको हुनुपर्छ, मदिरा र रिसइवीले त्यसमा सघायो ।”

प्रहरीसँगको बयानमा अभियुक्तले ३० हजार ऋण तिर्न बाँकी रहेको र उपाय केही नभएकाले गहना लुट्न हत्या गरेको बताएका छन् । छिमेकी भएकाले एउटै धाराको पानी प्रयोग गर्ने, एक वर्षदेखि पानीको महसुल तिर्न नसकेको भन्दै फुलमायाले अभद्र व्यवहार गर्ने गरेको पनि उनले प्रहरीलाई बताएका छन् । योगीले फुलमायाले कानमा लगाएका सुनका मुन्द्रा लुटेका थिए । ती मुन्द्रा भने प्रहरीले भेटाएको छैन ।

हत्यामा संलग्न भएको समयमा अभियुक्तले लगाएका कपडा, चप्पल लगायतका प्रमाणहरू जुटेको ज्ञवालीले बताए । मृतक फुलमायाका स–साना तीन छोराछोरी र श्रीमान् हुनुहुन्छ । अभियुक्त प्रकाशको घरमा बाबुआमा मात्रै छन् । योगीका विरुद्धमा ज्यान मुद्दा दर्ता गरेर जिल्ला अदालत बागलुङबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । (रासस)

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अपराध

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२
अपराध

धनुषामा फार्मेसी सञ्चालक सहित लागू औषध बरामद, ४ जना पक्राउ

चैत्र १८, २०८२
अपराध

सर्लाहीमा एक युवकलाई नाङ्गै बनाएर निर्घात कुटपिट : एक जना पक्राउ, अन्यको खोजी जारी

चैत्र ३, २०८२
अपराध

२४ घण्टा भित्रै खुल्यो हत्याको रहस्य: धनुषामा प्रेमका कारण युवकको विभत्स हत्या

फाल्गुन १६, २०८२
अपराध

धनुषामा घाँटी काटिएको अवस्थामा पुरुषको शव फेला

फाल्गुन १४, २०८२
अपराध

सिरहामा खेत जोतिरहेका किसानको गोली हानी हत्या

माघ १६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend