Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

राना थारूको तिहार मनाउने शैली फेरियो

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १०, २०७९
In अन्तर्वार्ता / विचार
0

१० कात्तिक(दोधारा चाँदनी) : रानाथारू समुदायको परम्परा अनुसार तिहारमा भाइटीका लगाउने र लक्ष्मीको पूजा गर्ने चलन होइन । तर पछिल्लो सयम देखा सिखीका कारण यो समुदायको तिहार मनाउने शैली फेरिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सागर रानालाई अहिले सम्म आफ्ना पुर्खाले तिहारमा भाइटीका र लक्ष्मी पूजा गरेको सम्झना छैन । “हाम्रा बुवाबाजेको पालामा तिहारमा भाइटीका लगाउने चलन थिएन”, उहाँले भन्नुभयो, “तिहारलाई दिवारीका रुपमा मनाउने चलन हो, अहिले अरूलाई देखेर हाम्रो समुदायमा पनि भाइटीका लगाउन थालियो ।”

रानाका अनुसार यो समुदायले तिहारलाई दिवारीका रूपमा मनाउने र दिवारीको दिन घरको ज्येष्ठ महिलाले भगवानको पूजा गर्ने चलन छ । “हाम्रो समुदायमा दिवारीले विशेष अर्थ राख्छ, यस दिन कुखुराको बलि दिने गरिन्छ”, रानाले भन्नुभयो, “अहिले त अरु समुदायको जस्तै तिहार मनाउन थालिएको छ, हाम्रो परम्परा ओझेलमा छ ।” रानाथारू समुदायको परम्परा अनुसार तिहारमा भाइटीका लगाउने, लक्ष्मी पूजा गर्ने चलन होइन । तर पछिल्लो सयम देखा सिखीका कारण यो समुदायको तिहार मनाउने शैली फेरिएको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सागर रानालाई अहिले सम्म आफ्ना पुर्खाले तिहारमा भाइटीका र लक्ष्मी पूजा गरेको सम्झना छैन । “हाम्रा बुवाबाजेको पालामा तिहारमा भाइटीका लगाउने चलन थिएन ।” उहाँले भन्नु भयो, “तिहारलाई दिवारीका रुपमा मनाउने चलन हो”, अहिले अरूको देखेर हाम्रो समुदायमा पनि भाइटीका लगाउन थालियो ।” उहाँका अनुसार यो समुदायले तिहारलाई दिवारीका रूपमा मनाउने र दिवारीको दिन घरको जेठो महिलाले भगवानको पूजा गर्ने प्रचलन छ ।

“हाम्रो समुदायमा दिवारीले विशेष अर्थ राख्छ यस दिनमा मुर्गाको बलि दिने गरिन्छ”, उहाँले भन्नुभयो, “अहिले त अरु समुदायको जस्तै तिहार मनाउन थालिएको छ, हाम्रो परम्परा ओझेलमा छ ।” कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाटाका साहेब रानाले भाइटीका पछिल्लो केही वर्षयता अरुको देखेर लगाउन थालेको बताउनु भयो । “हाम्रो परम्परा अनुसार त तिहारलाई दिवारीका रूपमा मनाइन्छ यो दिन सुप्पो बजाएर घरको वरिपरि घुमेर गीत गाउने चलन हो”,

उहाँले भन्नुभयो, “गीतमा सुख, शान्ति आओस्, घरबाट राक्षस बाहिर जाओस् भन्ने हुन्छ ।” अहिले परम्परागत गीत छाडेर आधुनिक गीत गाउन थालिएको उहाँले बताउनु भयो । “एक महिना अघिदेखि नै घर लिपपोत गरेर सजाउने र राक्षसको नास होस् भनी घरको ज्येष्ठ महिलाले भगवान्को पूजा गर्ने चलन छ”, रानाले भन्नुभयो, “दिवारी कार्तिक शुक्ल पक्षको दोस्रो दिन मनाइने गरिन्छ ।” पूजापाठ सकेपछि भाले कुखुरा काटेर खाने चलन रहेको उहाँले बताउनु भयो ।

यस बाहेक विभिन्न परिकार समेत बनाउने गरिन्छ । बेदकोट नगरपालिका–७ का बलबहादुर डगौराले पहिला थारू समुदायले तिहारमा भाइटीका लगाउने र लक्ष्मीको पूजा गर्ने चलन नभएको बताउनु भयो । “पुर्खाको पालामा भगवान्को मात्रै पूजा गर्ने चलन थियो, अहिले अरुको देखेर भाइटीका लगाउन थाले”, उहाँले भन्नुभयो, “राना समुदायमा कुखुराको बलि दिने चलन छ थारू समुदायमा बलि दिइँदैन, पूजा मात्रै गरिन्छ ।” बदलिँदो परिवेश सँगै हरेक समुदायका पर्वहरू मनाउने चलन समेत फेरिन थालेका छन् ।

पण्डित कविराज भट्ट बढ्दो प्रविधिको प्रयोगले गर्दा चाडपर्वमा समेत त्यसको असर देखिन थालेको बताउनु हुन्छ । “प्रविधिका कारण हरेक सुमदायका पर्व परम्परागत भन्दा पनि मिश्रित हुन थालेका छन्”, उहाँले भन्नुभयो, “पर्वका सांस्कृतिक र मौलिक पक्षको बेवास्ता गरेर केवल मनोरञ्जन र देखावटीका लागि मात्रै मनाउन थालिएको छ ।” हरेक समुदायले आफ्ना मौलिक पर्वको सांस्कृतिक र मौलिक पक्षबारे नयाँ पुस्तालाई बुझाउन जरुरी रहेको भट्टले बताउनुभयो ।(रासस)फोटो साभार: फेसबुक

  • 61shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

अन्तरिम सरकारले GEN-Z का कुनैपनि माग पूरा गर्न सक्दैन् : डा.केसी

अशोज २४, २०८२
अन्तर्वार्ता / विचार

नेपाली चलचित्र क्षेत्रमा लगानी र टिकाउपनको चुनौती छ : राजोपाध्याय

अशोज ७, २०८२
अन्तर्वार्ता / विचार

आगजनी गरिएका सवारी साधनका नम्बर प्लेट किन जल्दैनन् ?

अशोज २, २०८२
अन्तर्वार्ता / विचार

आन्दोलनमा ‘अराजकता’ मच्चियो, चाँडै सरकार नबने ‘प्रतिक्रान्ति’ हुन्छ : लाओस राई

भदौ २६, २०८२
अन्तर्वार्ता / विचार

नाडा अटो शो : उत्साहजनक उपस्थिति, भाग नलिने कम्पनीहरुले ठूलो अवसर गुमाए

भदौ ४, २०८२
अन्तर्वार्ता / विचार

“महिलालाई वस्तु वा बच्चा जन्माउने मेसिन बनाउने प्रयासको विरोध: अधिकारकर्मीको चेतावनी”

साउन १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मुख्यमन्त्री कार्यालयमा कर्मचारीमाथि कुटपिट, मधेश प्रदेशका निजामती कर्मचारी आन्दोलित

कार्तिक २४, २०८२

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend