Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

राना थारूको तिहार मनाउने शैली फेरियो

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १०, २०७९
In अन्तर्वार्ता / विचार
0

१० कात्तिक(दोधारा चाँदनी) : रानाथारू समुदायको परम्परा अनुसार तिहारमा भाइटीका लगाउने र लक्ष्मीको पूजा गर्ने चलन होइन । तर पछिल्लो सयम देखा सिखीका कारण यो समुदायको तिहार मनाउने शैली फेरिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सागर रानालाई अहिले सम्म आफ्ना पुर्खाले तिहारमा भाइटीका र लक्ष्मी पूजा गरेको सम्झना छैन । “हाम्रा बुवाबाजेको पालामा तिहारमा भाइटीका लगाउने चलन थिएन”, उहाँले भन्नुभयो, “तिहारलाई दिवारीका रुपमा मनाउने चलन हो, अहिले अरूलाई देखेर हाम्रो समुदायमा पनि भाइटीका लगाउन थालियो ।”

रानाका अनुसार यो समुदायले तिहारलाई दिवारीका रूपमा मनाउने र दिवारीको दिन घरको ज्येष्ठ महिलाले भगवानको पूजा गर्ने चलन छ । “हाम्रो समुदायमा दिवारीले विशेष अर्थ राख्छ, यस दिन कुखुराको बलि दिने गरिन्छ”, रानाले भन्नुभयो, “अहिले त अरु समुदायको जस्तै तिहार मनाउन थालिएको छ, हाम्रो परम्परा ओझेलमा छ ।” रानाथारू समुदायको परम्परा अनुसार तिहारमा भाइटीका लगाउने, लक्ष्मी पूजा गर्ने चलन होइन । तर पछिल्लो सयम देखा सिखीका कारण यो समुदायको तिहार मनाउने शैली फेरिएको छ ।

कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सागर रानालाई अहिले सम्म आफ्ना पुर्खाले तिहारमा भाइटीका र लक्ष्मी पूजा गरेको सम्झना छैन । “हाम्रा बुवाबाजेको पालामा तिहारमा भाइटीका लगाउने चलन थिएन ।” उहाँले भन्नु भयो, “तिहारलाई दिवारीका रुपमा मनाउने चलन हो”, अहिले अरूको देखेर हाम्रो समुदायमा पनि भाइटीका लगाउन थालियो ।” उहाँका अनुसार यो समुदायले तिहारलाई दिवारीका रूपमा मनाउने र दिवारीको दिन घरको जेठो महिलाले भगवानको पूजा गर्ने प्रचलन छ ।

“हाम्रो समुदायमा दिवारीले विशेष अर्थ राख्छ यस दिनमा मुर्गाको बलि दिने गरिन्छ”, उहाँले भन्नुभयो, “अहिले त अरु समुदायको जस्तै तिहार मनाउन थालिएको छ, हाम्रो परम्परा ओझेलमा छ ।” कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाटाका साहेब रानाले भाइटीका पछिल्लो केही वर्षयता अरुको देखेर लगाउन थालेको बताउनु भयो । “हाम्रो परम्परा अनुसार त तिहारलाई दिवारीका रूपमा मनाइन्छ यो दिन सुप्पो बजाएर घरको वरिपरि घुमेर गीत गाउने चलन हो”,

उहाँले भन्नुभयो, “गीतमा सुख, शान्ति आओस्, घरबाट राक्षस बाहिर जाओस् भन्ने हुन्छ ।” अहिले परम्परागत गीत छाडेर आधुनिक गीत गाउन थालिएको उहाँले बताउनु भयो । “एक महिना अघिदेखि नै घर लिपपोत गरेर सजाउने र राक्षसको नास होस् भनी घरको ज्येष्ठ महिलाले भगवान्को पूजा गर्ने चलन छ”, रानाले भन्नुभयो, “दिवारी कार्तिक शुक्ल पक्षको दोस्रो दिन मनाइने गरिन्छ ।” पूजापाठ सकेपछि भाले कुखुरा काटेर खाने चलन रहेको उहाँले बताउनु भयो ।

यस बाहेक विभिन्न परिकार समेत बनाउने गरिन्छ । बेदकोट नगरपालिका–७ का बलबहादुर डगौराले पहिला थारू समुदायले तिहारमा भाइटीका लगाउने र लक्ष्मीको पूजा गर्ने चलन नभएको बताउनु भयो । “पुर्खाको पालामा भगवान्को मात्रै पूजा गर्ने चलन थियो, अहिले अरुको देखेर भाइटीका लगाउन थाले”, उहाँले भन्नुभयो, “राना समुदायमा कुखुराको बलि दिने चलन छ थारू समुदायमा बलि दिइँदैन, पूजा मात्रै गरिन्छ ।” बदलिँदो परिवेश सँगै हरेक समुदायका पर्वहरू मनाउने चलन समेत फेरिन थालेका छन् ।

पण्डित कविराज भट्ट बढ्दो प्रविधिको प्रयोगले गर्दा चाडपर्वमा समेत त्यसको असर देखिन थालेको बताउनु हुन्छ । “प्रविधिका कारण हरेक सुमदायका पर्व परम्परागत भन्दा पनि मिश्रित हुन थालेका छन्”, उहाँले भन्नुभयो, “पर्वका सांस्कृतिक र मौलिक पक्षको बेवास्ता गरेर केवल मनोरञ्जन र देखावटीका लागि मात्रै मनाउन थालिएको छ ।” हरेक समुदायले आफ्ना मौलिक पर्वको सांस्कृतिक र मौलिक पक्षबारे नयाँ पुस्तालाई बुझाउन जरुरी रहेको भट्टले बताउनुभयो ।(रासस)फोटो साभार: फेसबुक

  • 61shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

बैशाख २९, २०८२
अन्तर्वार्ता / विचार

नेपालमा रेडक्रस कानुनको अभाव छ, यसमा काम भइरहेको छ : विपुल न्यौपाने

बैशाख २५, २०८२
अन्तर्वार्ता / विचार

क्रिसमस हरेकले मनाउन मिल्छ तर अर्थ बुझेर मनाउनु पर्छ : डा. शर्मा

पुस १०, २०८१
अन्तर्वार्ता / विचार

नेपालमा अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउने मेकानिजम सुस्त छ : अन्जन बगाले

पुस ७, २०८१
अन्तर्वार्ता / विचार

इभी गाडी व्यवसायीको गुनासो : ‘खरिद गर्न सजिलो, पाल्न गार्हो’

पुस ६, २०८१
अन्तर्वार्ता / विचार

देशभर दुईसय ८० बढी सिनेमा हल बन्द,राज्य जिम्मेवार नभएको गुनासो

पुस ४, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

उच्च रक्तचाप बाट बच्न दैनिक व्यायाम आवश्यक

जेष्ठ ४, २०८२

उच्च रक्तचाप ‘साइलेन्ट किलर’ हो, लक्षण नदेखिन सक्छ : डा.मिश्र

जेष्ठ ४, २०८२

वीरेन्द्रनगरमा ढकमक्क गुलमोहर

जेष्ठ ४, २०८२

वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार

जेष्ठ ४, २०८२

अस्पताल सञ्चालनमा प्रदेश सरकार पूर्वाग्रही भएको कांग्रेसको आरोप

जेष्ठ ४, २०८२

एमालेको बहुमत सरकार आवश्यक छ: प्रधानमन्त्री ओली

जेष्ठ ४, २०८२

आज ‘विश्व दूरसञ्चार दिवस’ देशभर मनाइँदै

जेष्ठ ४, २०८२

गभर्नर नियुक्तिमा मेरिटोक्रेसीलाई प्राथमिकता दिइनेछ : प्रधानमन्त्री ओली

जेष्ठ २, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend