काठमाडौं : नेकपा (एमाले) को मधेस प्रदेशको अधिवेशन सरेको छ । आइतबार बसेको प्रदेश कमिटीको बैठकले अधिवेशन सार्ने निर्णय गरेको हो । नेकपा (एमाले)को २४ औं सचिवालय बैठकले असोज ५ र ६ गते अधिवेशन गर्ने तय गरेको थियो ।
मधेस प्रदेशको अधिवेशन असोज २४ र २५ गते जनकपुरमा गर्ने गरी सरेको छ । लुम्बिनी प्रदेशमा भने आज मतदान भइरहेको छ । चार दिनअघि प्रदेश अधिवेशन सुरू भए पनि निर्वाचनमार्फत् नेतृत्व चुनिने भएपछि अधिवेशन लम्बिएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्