रौतहट : होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन ‘टिकटक स्टार’ लाई नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्र कुमार श्रेष्ठका अनुसार सिया पैलेस होटेलमा मदिरा सेवन गरी होहल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा टिकटक स्टार पक्राउ परेको हो ।
घटनाबारे छानबिन भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । पक्राउ पर्नेमा गरुडा नगरपालिका वडा नम्बर १ जयनगरका राजकुमार साह लगायत छन् ।पक्राउ गरिएका सबै दोषी नरहेको भन्दै घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
सिया पैलेस होटलमा बसेकी महिला डाक्टरको कोठा ढक्ढक्याई खोल्न लगाएको तथा अभद्र व्यबहार गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।बिहिवार राति १२ बजेसम्म हलमा अश्लील नृत्य तथा होहल्ला भइरहेको सूचना स्थानीय प्रशासनले पाएपछि प्रहरी पुगेका थिए । प्रहरी पुग्नासाथ करिब डेढसय भन्दा बढीको संख्यामा रहेका दर्शक भागेका थिए ।




















आफ्नो प्रतिकृया दिनुहोस्