विराटनगर : २५ वर्षीया युवती माथि सामूहिक बलात्कार गरेको आरोपमा तीनजना लाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेकामा धनुषाको मिथिला बिहारी नगरपालिका–११ का ४३ वर्षीय टेक बहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय किशोर रहेको मोरङका डी.एस.पी. रञ्जन कुमार दाहालले बताए ।
प्रहरीका अनुसार तामाङ प्रदेश २–०४–००१ ख ००२१ नम्बरको ट्रकका चालक हुन् भने चौहान सहचालक हुन् । १६ वर्षीय किशोर पनि अर्काे ट्रकमा काम गर्ने हुन् ।उनीहरु तीनैजना मिलेर विराटनगर महानगरपालिका–३ मा आइतबार राति बलात्कार गरेको खुलेको प्रहरीको भनाइ छ ।
सिटी सफारीमा यात्रा गरिरहेकी युवतीलाई ट्रक पार्किङ गरेको स्थानमा लगेर बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे स्थानीय बासिन्दाले खबर गरेपछि प्रहरी टोली पुगेको थियो ।
पक्राउ परेका विरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धानको थप प्रक्रिया अघि बढाउने तयारी प्रहरीले गरेको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्