जनकपुरधाम : धनुषामा खसीको मासु भनेर बाख्राको मासु बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ४ महेन्द्रनगरका गुल्जार महम्मद रहेका छन् ।
इलाका प्रहरी कार्यालय धनुषाबाट खटिएको गस्ति टोलीले महेन्द्रनगरमा महम्मदले सञ्चालन गर्दै आएको साहिल फ्रेस हाउस मासु पसलको अगाडि खसीको मासुको सानो टुक्रासंगै छाला बिनाको अण्ड कोष र पिसाब गर्ने लिंग जस्तो बनाई अर्को बाख्राको मासु बिक्रि गरिरहेको अवस्थामा फेला परेपछि नियन्त्रणमा लिइएको जनाएको छ ।
सो मासु पसलबाट आठ किलो बाख्राको मासु बरामद भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिएका छन् । पक्राउ परेका मासु पसल सञ्चालक महम्मदलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा राखि थप अनुसन्धान कार्य भईरहेको धनुषा प्रहरीले जनाएको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्