काठमाडौं : निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंसिर अन्तिम साता दल दर्ता गर्ने भएको छ ।आयोगको स्वीकृत तालिका अनुसार निर्वाचनमा भाग लिने दलहरु लाई मंसिर २४ देखि २९ गते सम्म दल दर्ताको समय तोकिएको हो ।
राष्ट्रिय सभाका १९ सदस्य चयनका लागि ११ माघमा निर्वाचन मिति तोके सँगै आयोगले निर्वाचन तालिका स्वीकृत गरेको हो ।आयोगका अनुसार १ पुसमा दलहरुलाई निर्वाचन चिह्न प्रदान गरिने छ भने १६ पुसमा निर्वाचन अधिकृत नियुक्त गरिनेछ ।त्यस्तै २० गत देखि २९ सम्म निर्वाचन कार्यक्रम सञ्चालन गर्ने आयोगको तयारी छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्