जनकपुरधाम : सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा महोत्तरी जिल्ला अदालतले लोसपाका प्रदेश सांसद अभिराम शर्मालाई जन्मकैदको सजाय फैसला गरेको छ । न्यायाधीश उद्वव प्रसाद भट्टराईको इजलासले एमालेका प्रतिनिधि सभा सदस्य लक्ष्मी महतो कोइरी समेत पवन कापरलाई पनी सफाइ दिदैं शर्मालाई जन्मकैदको फैसला गरेको हाे ।
अदालतले जन्मकैदको सजाय सुनाएका शर्मा लोसपाका मधेश प्रदेश संसदीय दलका नेता हुन् ।यसअघि पक्राउ पुर्जी जारी हुँदा लुकेर २०७५ साउन अन्तिम साता सोझै अदालत आएका उनी साधारण तारेखमा छुटेका थिए । प्रहरीको फरार सूचीमा रहेका बेला प्रदेश सभा चुनाव जितेका उनी प्रदेश २ मा सामाजिक विकास राज्यमन्त्री भएका थिए ।
एमाले सांसद कोइरी र प्रदीप साह, सञ्जय कुमार साह, मोहन ठाकुर, रामाशंकर मिश्र, प्रदेश सांसद अभिराम शर्मा, सुरेन्द्र पाण्डे र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा ज्यान सम्बन्धी कसुर गरेकोले सोही १३(३) बमोजिम जन्मकैद सजाय सुनाएको अदालतले जनाएको छ ।
आरोपित मध्ये १९ जना फरार छन् । उनीहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको छ । एमालेका प्रतिनिधिसभा सदस्य कोइरी सहित २८ जना विरुद्ध २०७२ फागुन २७ मा अदालत जिल्ला महोत्तरीमा कर्तव्य ज्यान र २५ जना विरुद्ध आगो लगाएको मुद्दा दर्ता भएको थियो ।
मधेस आन्दोलन भइरहँदा २०७२ भदौ २५ मा सशस्त्र प्रहरीका असई विक घाइते भएका थिए । उनलाई उपचारार्थ जलेश्वर बाट जनकपुर लग्दै गर्दा एम्बुलेन्स बाट थुतेर कुटपिट गरी हत्या गरिएको थियो ।




















आफ्नो प्रतिकृया दिनुहोस्