Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

राष्ट्रियसभा : १९ सांसदको पदावधि सकिँदै, ‘नील’ हुने अवस्थामा एमाले

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर २९, २०८०
In राष्ट्रिय सभा
0

काठमाडौं : राष्ट्रिय सभामा नेकपा एमालेका ९ सांसद सहित १९ सांसदको पदावधि आगामी फागुन २१ गते सकिँदैछ ।पदावधि सकिने एमाले सांसदको सूचीमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना देखि मनोनीत सांसद एवं पूर्वपरराष्ट्रमन्त्री विमला पौड्याल राई सम्म छन् ।

पदावधि सकिने एमालेका ९ सांसदहरुमा भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिल कुमारी रावल थापा, नरपति लुवार, रामचन्द्र राई छन् ।त्यस्तै, गठबन्धन तर्फ पदावधि सकिनेमा नेपाली कांग्रेसका ४, नेकपा माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका ३ (स्वतन्त्र सांसद खिमलाल देवकोटा सहित) र जसपाका एकजना सांसद छन् ।

आगामी माघ ११ गते हुने निर्वाचनले १९ जनालाई छान्नेछ । एकजना मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मनोनित गर्ने संवैधानिक प्रावधान छ ।पदावधि सकिनेमा नेपाली कांग्रेसबाट रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्र नारायण देव छन् । नेकपा माओवादी केन्द्रबाट हरिराम चौधरी, विना पोखरेल र महेशकुमार महराको पदावधि सकिँदैछ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीबाट सिंह बहादुर विश्वकर्मा, नन्दा चपाईंको पदावधि सकिँदैछ ।उता, जनता समाजवादीबाट सांसद प्रमिला यादव र स्वतन्त्र सांसद खिमलाल देवकोटा फागुन २२ माम पदमुक्त हुँदैछन् ।

राष्ट्रियसभा चुनावका लागि प्रदेश प्रदेशका प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष रहेको निर्वाचक मण्डलले मतदान गर्ने संवैधानिक व्यवस्था छ ।राष्ट्रियसभा चुनावका लागि दल दर्ता गर्ने आज अन्तिम दिन हो । अहिलेसम्म नेकपा एककिृत समाजवादी, जसपा, लोसपा, एमाले लगायतले निर्वाचन आयोगमा दल दर्ता गरिसकेका छन् ।नेपाली कांग्रेसले भने आज दल दर्ता गर्ने तयारी गरेको छ ।

एमालेलाई झड्का

प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको एमालेले एकैचोटि अध्यक्ष सहित ९ सिट गुमाउँदै छ । माघ ११ मा हुने चुनावबाट एमालेले कति सिट जोगाउला ? यो प्रश्नबारे विभिन्न धारणाहरु चर्चामा छन् ।अघिल्लो पटक १९ सिटका लागि भएको राष्ट्रियसभा चुनावमा एमालेलाई ‘क्लिन स्वीप’ गर्ने गठबन्धन दलले दाबी गरेका थिए ।

तर एमाले त्यसो हुनबाट हुनबाट जोगिएको थियो । त्यसबेला एमालेले राष्ट्रिय सभाबाट ७ सिट गुमाएको थियो ।५९ सदस्यीय राष्ट्रियसभामा एमालेका १७ सांसद छन् । आगामी चुनावमा एमालेले ९ सिट गुमायो भने उसँग राष्ट्रिय सभामा ८ सांसद मात्रै बाँकी रहनेछन् ।

त्यसैगरी राष्ट्रिय सभामा नेपाली कांग्रेससँग १० सिट छन् । यस मध्ये चार सांसदको सिट खाली हुँदैछ ।गत चुनावमा तीन सिट खाली हुँदा कांग्रेसले ६ सिट जित हात पारेको थियो । यसपालि पनि उसले गुमेका ४ सिटमा एमालेका समेत खोसेर राष्ट्रियसभाको पहिलो दल बन्ने रणनीति बनाएको नेताहरू बताउँछन् ।

त्यसो त माओवादीसँग हाल राष्ट्रिय सभामा १५ सिट छ । यस मध्ये तीन सिट खाली हुँदैछ । कांग्रेससँगको गठबन्धनमा माओवादीले पनि एमालेका ९ मध्ये केही सिट खोस्ने लक्ष्य लिएको सो पार्टीका नेताहरूको दाबी छ ।

एकीकृत समाजवादीका ८ सांसदमध्ये स्वतन्त्र भनिएका खिमलाल देवकोटा सहित ३ जना बाहिरिँदैछन् । उसले पनि गठबन्धनकै बलमा राष्ट्रियसभामा संख्या बढाउने लक्ष्य लिएको सो दलका नेताको दाबी छ ।

  • 83shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

राष्ट्रिय सभा

राष्ट्रिय सभाको २०औँ अधिवेशन तयारी बारे कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न

चैत्र १८, २०८२
राष्ट्रिय सभा

राष्ट्रिय सभाबाट जलस्रोत विधेयक पारित

साउन २३, २०८२
राष्ट्रिय सभा

‘सार्कको अध्यक्षता पाकिस्तान लाई सुम्पिन नेपाल आतुर छ’

भदौ २४, २०८१
राष्ट्रिय सभा

‘मिडिया काउन्सिल विधेयक मार्फत प्रेस जगत लाई बाँध्न मिल्दैन’

जेष्ठ ३२, २०८१
राष्ट्रिय सभा

फेरियो दलीय समीकरण, राष्ट्रिय सभामा माओवादी ठूलो, एमाले तेश्रो 

माघ ११, २०८०
राष्ट्रिय सभा

राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा गठबन्धनको ‘क्लिनस्विप’

माघ ११, २०८०

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

इन्धन आपूर्तिमा सम्भावित चुनौती सवारी साधन प्रयोगमा संयम अपनाउनु पर्छ : डंगोल

चैत्र २२, २०८२

शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय, नौं बजे देखि कार्यालय खुल्ने

चैत्र २२, २०८२

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२

रामायणको तीनसय बर्ष पूरानो दुर्लभ पाण्डुलिपि संग्रहालयमा राखिने

चैत्र २१, २०८२

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२

वीरगन्जमा ११ वर्षीया बालिकामाथि यौन हिंसाको प्रयास, पसल सञ्चालक मिया पक्राउ

चैत्र २१, २०८२

घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ

चैत्र २०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend