जलेश्वर (महोत्तरी) : पछिल्लो २० दिनदेखि महोत्तरी लगायत पूर्वी तराईका जिल्लामा निरन्तर बढ्दै गएको जाडोले जनजीवन प्रभावित भएको छ । लगातारको चिसो कठ्याङ्ग्रिदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण मानिस, पशुचौपाया तथा बालिनाली समेत प्रभावित भएका छन् भने,शीतलहर के कारण आम जनजीवन अस्त-व्यस्त भएको जनकपुरका स्थानीय हरु बताएका छन् ।

जिल्लाको सहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । चिसो बढेसँगै बजारमा बाक्लो ऊनीका कपडाको बिक्री भने बढेको व्यापारी बताउँछन् । स्वास्थ्य केन्द्र सहित जिल्ला अस्पतालमा रुघा, खोकी, दम तथा हाडजोर्नी दुखाइका बिरामीको संख्यामा वृद्धि भएको वरिष्ठ चिकित्सक राम परिक्षण यादवले बताए ।
लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन् । दश नगरपालिका र पाँच गाउँपालिका रहेको धनुषा तथा महोत्तरीको विभिन्न गाउँबस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयवासील आगो बालेर ताप्ने गरेको देखिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका,मटिहानी नगरपालिका लागायत विभिन्न पालिकाले आ–आफ्नो क्षेत्रका गाउँ बस्तीमा आगो बाल्न निःशुल्क दाउरा उपलब्ध गराउनुका साथै कम्बल, सिरक तथा न्यानो कपडा वितरण गरिरहेका छन् ।कुहिरोको कारण सड़क,रेल तथा हवाई यातायात माथि पनि असर परेको देखिएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्