काठमाडौं : कपिलवस्तुको चन्द्रौटा स्थित नापी कार्यालयका एक सर्वेक्षक सेवाग्राही बाट घूस लिएको रकम सहित पक्राउ परेका छन् । सर्वेक्षक बेचन प्रसाद गुप्तालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको टोलीले शुक्रबार नियन्त्रणमा लिएको हो ।
जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ उनले सेवाग्राही सँग घूस माग गरिरहेको भन्ने सूचना पाएपछि आयोगको टोलीले पुगेको थियो । ३५ हजार रुपैयाँ लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको हो ।
नापी कार्यालय नजिकै उक्त रकम सँगै स्रोत नखुलेको ५० हजार रुपैयाँ सहित नियन्त्रणमा लिइएका उनका विषयमा थप अनुसन्धान भइरहेको आयोग प्रवक्ता नरहरि घिमिरेले जनाएका छन् ।




















आफ्नो प्रतिकृया दिनुहोस्