Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

समाचार टिप्पणी : भैंसीको शरीरमा झिँगाको लात्ती

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २९, २०८१
In अन्तर्वार्ता / विचार
0

काठमाडौं : महात्मा विदुरले हजार पल्ट सम्झाए पनि धृतराष्ट्रले कहिल्यै सुनेनन् । कटुसत्य बोल्थे विदुर आफ्ना महाराजको अदूरदर्शी कदम र विचार रोक्न । विनाशकारी थिए राजाका विचार र पुत्रमोह वन्धन । राजाका हरेक कदम विनाश निम्त्याउन कारक थिए, त्यसर्थ विदुर खप्की खाँदै क्षमायाचना गर्दै नेत्रहीन राजाको विवेक सक्रिय गराउन हरप्रयत्न गरि रहन्थे ।

बदलाको विषको घैला बोकेर हस्तिनापुर प्रवेश गरेका गान्धार नरेश शकुनी भाञ्जा दुर्योधनको महत्वाकांक्षामा मलजल गर्न किञ्चित पनि विलम्व गर्दैनथिए । दिदी गान्धारीलाई नेत्रहीन राजाकी पत्नी बनाउन मुख्य भूमिका खेलेका भीष्मको प्रतिज्ञासँग परिचित शकुनी कौरब र पाण्डवका कमी-कमजोरीहरु बारे मनग्य जानकार थिए ।

शकुनीको कुटिल चाल भलिभाँती अवगत भएका विदुर महाविपत्ती बोकेर हस्तिनापुर तिर बढिरहेको भविष्य देखिरहेका थिए । त्यसैले कसै गरेर राजालाई त्यसको सहयोगी नबन्न उनी हर-तरहले रोक्ने प्रयाश गरिरहन्थे । उनीसँग यसमा सहयोगी हुन कोही पनि साथमा थिएन ।

महाज्ञानी भविष्यद्रष्टा भीष्म पितामह जानीजानी स्वयं विनाशकै पक्षमा थिए । उनी अहंकारी दुर्योधनको महारथी हुन आफ्नै वचनवध्दताले विवश थिए, असत्यको पक्षमा उभिन । विदुर सही छन् भन्ने जान्दाजान्दै पनि भीष्म पितामह दोबाटोमा उभिन विवश थिए ।

विदुर महाराज धृतराष्ट्रको मुख थुन्न त सक्दैन थिए । बरु परित्याग गर्न सक्थे दरबार, गरे पनि । यो उनको कठोर निर्णय थियो । विदुर हस्तिनापुर दरबार बाट सदाका लागि विदा भएको विष्मयकारी खबर कानमा परे पछि गंगापुत्र भीष्मले सिंहाशनमै बसेका राजा धृतराष्ट्र झपारेर सातो टिपे ।

निरुपाय धृतराष्ट्र आफ्ना काकाबाउको खप्की खाएपछि दरबार त्यागेर वनबासमा रहेका पाण्डुपुत्रहरु कहाँ पुगेका विदुरलाई फर्काउन तयार भए । हस्तिनापुर नरेश धृतराष्ट्रले कसैले दिएको सुझाव स्वीकार गरेको यो एकमात्र घटना थियो । जो उनकै लागि अनिवार्य थियो, विकल्पहीन थिए उनी ।

विदुर उनका महामन्त्री मात्र थिएनन्, आउने जाने श्वास पनि थिए । विदुर हस्तिनापुर दरबारका मेरुदण्ड नै थिए । जसले तमाम संकट सहजै पार लगाएका थिए, केवल धर्मक्षेत्र कुरुक्षेत्रको रक्तरञ्जित युद्ध बाहेक ।हजारौं वर्ष पुरानो महाभारत कथा समाजशास्त्र मानिन्छ । राजनीतका कुटिल षड्यन्त्र र चालबाजी हरुको प्रेरणा स्रोत पनि महाभारत नै ठानिन्छ ।

वर्तमान राजनीतिमा पनि शकुनी गुण भएका मानिसहरु नै सफल भएका छन् । चौसठमा बसेका धृतराष्ट्र र उनका भाई(बन्धुहरु पराजीत भैरहेका छन् । सत्ताको हस्तिनापुर सिंहाशनमा विराजमान हुन असमर्थ पाण्डुपुत्र हरु वनबासमै रुमल्लिरहेका देखिन्छन् । शकुनीकै चलखेल छ राजनीतिमा ।

मर्यादा राजनीतिको आभूषण मानिन्छ । जनमतले जुन स्थान दिएको छ त्यस स्थानमा मर्यादापूर्वक बसेर स्वधर्म निर्वाह गर्नु राजनीतिको स्वभाविक कर्म हो भनिएको छ । छुद्र टिप्पणी, मर्यादाहीन वहस र निन्दा आलोचना राजनीतिका आवश्यक तत्वहरु होइनन् । आज यसैलाई रुचाईएको देखिन्छ ।

सरकारको नेतृत्व गरिसकेका कतिपय नेताहरु मर्यादाको उतिसारो ख्याल गरिरहेका छैनन् । गाउँको अगुवा मानिएका व्यक्तिहरु नै बाटामा जथाभावी शौच गर्दै हिँड्छन् भने उनका पछिपछि हिँड्ने मानिस उसैगरी पदचाप पछ्याउन थाल्दछन् । यसले सिँगो समाजलाई नै छाडा बनाउनसक्छ । छाडा समाज थेत्तर हुन्छ ।

जहाँ थेत्तर चरीत्र भएका मानिस हरुको आवादी बढी हुन्छ त्यो समाज मानिसहरु बसेको समाज मानिँदैन । हाम्रो देशका नेताहरुमा यस्तो सम्वेदनशीलता पाउन सकिँदैन । के बोल्न हुन्छ के बोल्न हुँदैन भन्ने मान्यता र विभेद उनीहरुको चेतनाको परिधि भन्दा निकै पर रहेको आभास हुन्छ ।

त्यस्तो थेत्तरो स्वभाव र प्रवृत्ति भएका नेताहरुलाई सचेत गराउन वौध्दिक वर्ग, सञ्चारमाध्यम र महाभारतका विदुर जस्ता शुभचिन्तकले प्रत्यक्ष परोक्ष रुपमा सुझाउ सल्लाह दिँदा उनीहरु भड्किने गरेका छन् । उल्टै सार्वजनिक सभाहरुमा शुभचिन्तकहरु कटाक्षको सिकार भैरहेका छन् ।संसद नै हेरौं, संसद किन संसद जस्तो भैरहेको छैन त ? संसदमा पनि कुनै अदृश्य शक्ति अवतरण गरेर नेतृत्व गर्ने त होइन नि ।

राजनीतिक दलहरु नै संसदका अंग हुन् । उनैले चुनेको नेता संसदको मुखिया बन्छ र दलीय सीमामाथि उठेर संसद सञ्चालन गर्छ भन्ने मान्यता रहीआएको छ । तर जुनसुकै दलहरु सत्ता प्रतिपक्ष र अन्य भूमिका हेरफेर भए पनि संसदले मर्यादाको आभूषण पहिरन पाएको देखिँदैन ।यहाँ पनि विदुर निरीह देखिन्छन् ।

जो जसले विदुरको भूमिका निर्वाह गरेका छन् उनीहरु हस्तिनापुर बाट अपमानित भएर निस्किएका छन् । नेपालको राजनीतिमा यही नियति दोहोरिँदै आएको छ ।सत्ताको नेतृत्वमा पुगेका कृष्ण प्रसाद भट्टराई हुन् कि मनमोहन अधिकारी हुन् । नेपाली कांग्रेस र एमालेले दुवै नेताको मानमर्दन गरेका छन् । राजनीतिमा अत्यन्त नकारात्मक उदाहरण देशका मुख्य दुई दलहरुले नै स्थापित गरेका हुन् ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन साह र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बीच हालै चलेको वाकयुद्ध अमर्यादाको ताजा उदाहरण हो । ओलीलाई चर्चित अनियमितताको घटना सँग जोडेर आलोचना गर्ने अवसर महानगर प्रमुख साहले पाएका छन् । यसको सोझो जवाफ वा खण्डन गर्ने नैतिक साहस ओली सँग देखिएन ।

जनताले दिएको दुर्लभ शक्तिको अपचलन गरेर ओलीले देशकै शीर झुक्नेगरी भएको अनियमिततामा आफू लाई प्रत्यक्ष सहभागी गराएको तथ्यहरु एकपछि एक प्रकाशमा आई नै रहेका छन् । यही कारण हो महानगर प्रमुखले एक जना पूर्व-प्रधानमन्त्रीलाई सार्वजनिक रुपमा ललकार्न सकेका । तर ओलीको चलन-चल्तीको उखाने जवाफमा भने कुनै तागत देखिएन ।

राजनीतिको मर्यादा कति तल खसि सकेको छ भनेर नाप्ने यो अर्को उदाहरण हो ।आफूलाई नै अन्तिम सत्य मान्ने र अरुका तीता सत्यहरु सुन्न पनि नचाहने धृतराष्ट्र चरीत्र बाट प्रेरित संघीय लोकतान्त्रिक गणतन्त्रका नेताहरु पुत्र मोह, धन मोह र शक्तिमोह बाट ग्रसित छन् । चर्मचक्षु सबल भएपनि धृतराष्ट्र झैं नेत्रहीन बनेका नेताहरु देशलाई हस्तिनापुरको गतिमा पुर्याउन प्रतिष्पर्धा गरिरहेका छन् ।

अभिमानी दुर्योधन र दु:शासन अनि कुटिल मामा शकुनीको साथमा रहेका अंगराज कर्ण सक्रिय रहे सम्म यहाँ विदुर र सञ्जयको कुनै अर्थ छैन । यस्तो अवस्थामा के नेपाल देशले कुनै वासुदेव कृष्णको अवतरणको प्रतिक्षा गरिरहने हो कि ?

  • 18shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३
अन्तर्वार्ता / विचार

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२
अन्तर्वार्ता / विचार

कोशीले पायो प्रधानमन्त्री, वाग्मतीबाट मात्रै पाँच मन्त्री

चैत्र १३, २०८२
अन्तर्वार्ता / विचार

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२
अन्तर्वार्ता / विचार

र्‍यापरबाट उदाएका बालेन शाह पुराना दिग्गजहरू माथि भारी

फाल्गुन १३, २०८२
अन्तर्वार्ता / विचार

‘नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन’

माघ १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend