काठमाडौं : भक्तपुरको दधिकोटमा सिबिआईको प्रहरी हुँ भन्दै घरभित्र प्रवेश गरी लुटपाट गरेको आरोप प्रहरीले जनालाई पक्राउ गरेको छ ।मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै सिबिआईको प्रहरी हुँ भन्दै लुटपात गर्ने सन्धुपाल्चोक बाह्रबिसे–२ घर भई हाल गोकर्णेश्वर बस्ने सुजन रसाइली, सिन्धुपाल्चोक भोटेकोशी–२ घर भई हाल गोकर्णेश्वर बस्ने भीम बहादुर तामाङ, ओखलढुंगा घर भएका मुनाराज राई र सिन्धुपाल्चोकका ३८ वर्षीय कृष्ण बहादुर बोहोरालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

उनीहरुले यही असार ४ गते दिउँसो १ बजे सूर्यविनायक नगरपालिका–४ दधिकोटका डिल्ली बहादुर राउतको घरमा आफूहरू सीबीआई बाट आएको घरभित्र पसि लुटपात गरेको प्रहरीले जनाएको छ ।उनीहरूले परिचय पत्र र खुकुरी समेत देखाएर राउतको घरबाट अन्दाजी २ करोड लुटेर लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
लुटेको रकम भीम बहादुर बस्दै आएको गोकर्णेश्वर माकलबारी स्थित कोठामा लगेर ५ जनाले बाँडेको समेत उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए ।उनीहरुको साथबाट प्रहरीले ३६ लाख ३६ हजार रुपैयाँ बरामद भएको छ ।

त्यस्तै, घटनामा प्रयोग भएको बा.प्र.०२–०४० प.५५३८ र बा.प्र.०२–०३३ प ६१७४ नं. को २२० सिसिको पल्सर दुई थान मोटरसाइकल, १० थान मोबाइल, लुटिएको रकम बोक्न प्रयोग गरेको झोला दुई थान, चोरी तथा लुटपाट गर्दा लगाएको कपडाहरू, चोरी तथा लुटपाट गर्दा लगाएको जुत्ता ३ जोर र खुकुरी पनि बरामद गरेको जनाएको छ ।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्