काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित एक जनालाई नियन्त्रणमा लिएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडा बाट खटिएको टोलीले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइराला लाइ एक लाख पचास हजार घुस सहित नियन्त्रणमा लिएको हो ।
औषधि आपूर्तिको बिल भुक्तानी दिए बापत सेवाग्राही सँग घुस लिने क्रममा आयोगको टोलीले कोइराला लाई नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरे जानकारी दिए ।उनी बाट सेवाग्राही बाट लिँदै गरेको एक लाख पचास रुपैयाँ र चार लाख पचास हजार रुपैयाँको चेक समेत रहेको अख्तियारले जनाएको छ । कोइराला माथि थप अनुसन्धान भइरहेको छ ।




















आफ्नो प्रतिकृया दिनुहोस्