‘अशक्तहरुले तीजमा ब्रत बस्नै पर्छ भन्ने शास्त्रमा उल्लेख छैन’
तीज पर्व र शास्त्रको रुप लाई कुरुप बनाईंदैछ :
तीज मनाउने चलन नेपाल र भारतमा फरक छ : अहिलेको समाजमान त शास्त्रको मर्यादा छ, न कुलको परम्परा छ, न लोकाचार छ । लोकाचार, कुलाचार, शास्त्राचार मान्ने चलन हराएको छ ।तीजको संस्कृति र संस्कारमा आँच आएको छ ।
डा.रुद्रनाथ अधिकारी, (ज्योतिष एवं संस्कृतिविद): नेपाली हिन्दू महिलारुको महान् चाड हरि तालिका तीजको पृथक महत्व छ । समय सँगै संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरुमा सहजै दृष्टिगोचर हुन्छन् ।
तीजको महत्व नेपालमा मात्र होइन विश्व भर छरिएर रहेका हिन्दुहरुका लागि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक छन् । विशेष गरी तीजमा ब्रत बस्ने परम्पराको आफ्नै महत्व छ ।चाडपर्व तीजमा तीन प्रकारका ब्रत बस्ने चलन छ । निराहर ब्रत तीन प्रकारको हुने शास्त्र मै उल्लेख छ । निराहार, जलाहार र फलहार ब्रत बस्ने गरिन्छ । क्षमताले भ्याए सम्म निराहार ब्रत बस्नु पर्छ । शरीरले सक्दैन भने जलाहार र फलहार ब्रत बस्न सकिन्छ ।
वृद्ध, बालक र गर्भवती महिलाहरु तथा साथमा बच्चा भएका महिलाहरुले ब्रत बस्नै पर्छ भन्ने शास्त्रमा उल्लेख गरिएको छैन ।शारीरिक अवस्था कस्तो छ त्यो अनुसार महिला हरुले ब्रत गर्न सकिन्छ । जस्तै महिला हरुले हरि तालिकाको ब्रत गर्ने भनेको पतिको सुख, शान्ति, समृद्धि, आरोग्य, दिर्घायूको कामना गरेर विवाहित महिला हरुले वर्त बस्ने हो भने अविवाहित हरुले सूयोग्य वर प्राप्तीको कामना गरेर ब्रत बस्ने हो ।
विवाहित महिलाहरुले आफ्नो पतिको दिर्घायू र पराभौवको कामना गरेर ब्रत बस्छन् । पुरुष हरुले किन ब्रत गर्दैन भनेर प्रश्न पनि उठ्ने गरेको छ । ब्रतका नाममा विकृतिहरु पनि समाजमा फैलिएका छन् । हरि तालिका तीज नेपालमा र भारतमा अलिक फरक छ ।
भारतमा करुवा चौथी भनेर भन्छन्, यता तृतिया लाई मान्छौं । भारतमा चौथी लाई मान्छन भने हामी तृतिया लाई हरितालिका तीज भन्छौं । भारत वा नेपालको मनाइने पर्वको लक्ष्य एउटै हो । तर भारतीयले चन्द्रमाको चाँद लाई हेर्छन् भने नेपालीले तीज लाई हरि तालिकाको रुपमा मान्छन् ।
तृतियाको दिन राती दर खाने, ब्रत बस्ने र पञ्चमीमा पूजा लगाएर यस लाई समापन गर्ने गरिन्छ । पञ्चमी लाई पूर्वी सिक्किम देखि भारतको कोलकत्ता सम्मको क्षेत्रमा पञ्चमी लाई मान्छन् । हिजो आज तीजमा मेला लगाउने चलन छ तर मेलाका नाममा बिकृति मौलाएको छ । महिलाहरु दरमा दारु पिएर रमाइलो गर्छन् ।तीज भनेर पर्व र शास्त्रको रुपलाई कुरुप बनाईंदै छ ।
यो चाहीं हामी समृद्ध भएर हो कि, या मान्छे धनी भएर हो ?बुझ्न सकिएको छैन् । हिजोको दिनमा त अभाव थियो, चाहेर पनि सम्भव थिएन् ।समाज एउटा नैतिक चरित्रमा र शास्त्रीय कुरामा बाँधिएको थियो,अहिले बन्धनहरु बाट समाज धेरै खुल्ला हुँदै गएको छ । अहिलेको समाजमान त शास्त्रको मर्यादा छ, न कुलको परम्परा छ, न लोकाचार छ ।
लोकाचार, कुलाचार,शास्त्राचार मान्ने चलन हराएको छ ।तीजको संस्कृति र संस्कारमा आँच आएको छ । यि तीन वटै चिजहरु बाट समाज विस्तारै स्खलित हुँदै गइरहेको अवस्था छ । हुन त हिजो आज समाजमा पुरुषले किन ब्रत गर्दैनन् भन्ने प्रश्न उठछन् तर पुरुषले निरन्तर गर्ने कर्ममा उसले आफ्नो अर्धांगनीको लागि नृत्य कर्म गरिरहेको हुन्छ ।
वैज्ञानिक दृष्टिकोणले पनि हाम्रो शरीर लाई आराम दिनको लागि हप्तामा एक दिन भए पनि ब्रत बस्नु पर्छ भनेको छ । यसका धेरै फाइदाहरु छन् ।वशेष रुपमा दिदी बहिनी, चेलीबेटी वर्ष दिनमा आफ्नो आफ्नो कर्म घरमा बसेर भेट हुन नपाएका एक ठाउँमा जम्मा भएर आफ्नो पीडाहरु लाई भगवानको नाम सँग जोडेर गीत बनाएर आफ्नो पीडाहरु लाई र खुसीहरु लाई एक आपसमा बाड्ने र नाँच्ने रमाउने प्रचलन हो ।
यसका साथै अहिले तीजको गीतको कुरा गर्ने हो भने यति कुरुप भइरहेको छ कि परिवारहरु सँगै बसेर हेर्नका लागि पनि आँखा छोप्न पर्ने अवस्था छ ।संस्कृती, शास्त्र, सामाजिक र पारिवारिक मर्यादा भन्दा तल गइसकेको अवस्था छ ।क्षणिक कमाइका लागि धेरैले यस लाई प्रगति भन्लान तर म स्वीकार्न सक्दिन् । सबै भन्दा ठूलो कुरा मेरो अस्तित्व, संस्कार कमजोर भयो भने म पनिअपाङ्ग हुन्छु । मेरो समाज र पहिचान अपाङ्ग हुन्छ । मेरो राष्ट्रले बोकेको सांस्कृतिक धरातल कमजोर भयो भने राष्ट्र कमजोर हुन्छ । त्यसैले सचेत हुने बेला आएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्