Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

मानव बेचविखन विरुद्ध नेपाल–भारत बीच अलग्गै सम्झौता हुनु पर्छ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
भदौ २२, २०८१
In अन्तर्वार्ता / विचार
0

२२ भाद्र,काठमाडौं: नवीन जोशी विगत डेढ दशक देखि भारतको दिल्लीमा बस्दै आएका छन् । उनी मानव बेचविखन विरुद्धका एक चर्चित नेपाली अभियन्ता हुन् । नेपालका गाउँहरु बाट भारतका विभिन्न शहर र तेस्रो मुलुक जाने क्रममा दलाल बाट ठगिएका, बेचिएका वा अलपत्र पारिएका हरु लाई जोशीको नेतृत्वको एक संस्थाले उद्धार गर्दै आइरहेको छ ।

जोशी सामाजिक संस्था ‘किन इन्डिया’ को निर्देशक समेत छन् ।सोही संस्था मार्फत सयौंको उद्दार भइसकेको छ ।महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचिबिखन तथा ओसार पसार विरुद्ध उल्लेखनिय कार्य गरे बापत अठारौँ मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा सम्मान ग्रहण गर्न नेपाल आएका बेला जोशी सँग संक्षिप्त कुराकानी भएको छ ।

मानव बेचविखन विरुद्ध नेपाल–भारत बीच अलग्गै सम्झौता हुनु पर्छ :
‘मानव तस्करी घटेको छैन, तौर तरिका बदलिएको छ’ :
मानव बेचबिखनको खेल भनेको डिमान्ड र सप्लाइको हो :
(नवीनजोशी)
मानव बेचविखन विरुद्धका अभियन्ता एवम निर्देशक, किन इन्डिया, नयाँ दिल्ली


यति बेला भारतमा मानव बेचविखनको अवस्था कस्तो छ, घट्दो कि बढ्दो छ ?
दिल्लीमा बसेर हामी मानव बेचविखन विरुद्ध काम गरिरहेका छौं । दिल्ली लगायत भारतका अधिकांश शहर हरुमा बेचबिखनको अवस्था एकदमै गम्भीर छ । बर्षौं देखि गम्भीर बन्दै आएको छ । मानव बेचविखन भनेको हामीले सुन्दै आएको चेलीबेटी बेचविखन मात्र हो ।

तर अहिले सबै मानिसहरु बेचविखन मा परिरहेका छन् ।कुनै लैङ्गिकताका आधारमा बेचविखन मा फरक छैन् । बालक, युवा, महिला, किशोरी जो सुकै बेचविखनको शिकारमा छन् । भारत वा भारत हुँदै तेस्रो मुलुक निर्यात भइरहेका छन् ।


विशेष गरी नेपालका कुन भेग बाट बेचविखनमा परेका व्यक्तिहरु दिल्लीमा भेटिन्छन् ? बेचबिखनको तौर तरिका कस्तो छ ?
नेपालका नुवाकोट र सिन्धुपाल्चोक लगायतका जिल्ला बाट धेरै मानिसहरु बेचविखनमा परेको भेटिन्थ्यो । दिल्लीको जिबी रोड, कलकत्ताको सुनागाछी अथवा मुम्बइको कोठीहरुमा नेपाली युवतीहरु बेचिने गरेको सुनिन्थ्यो र भेटिन्थ्यो । तर अहिले डिजिटल युगमा धेरै परिवर्तनहरु भइरहेको छन् । यो क्षेत्रमा पनि सोही अनुसार परिवर्तन भइरहेका छन् ।

कानुन संयन्त्र भन्दा दुई कदम माथि बेचबिखन भइरहेको छ । बेचबिखनन भएको कुनै पनि त्यस्तो निश्चित ठाउँ छैन् । अहिले त वाट्सएप मार्फत कुनै फ्ल्याटमा बोलाएर धन्दा चलाएको पाइन्छ । फ्ल्याटमै बसेर विभिन्न ठाउँमा पठाउने काम भइरहेको छ । बेचबिखनको खेल भनेको डिमान्ड र सप्लाइको हो । सोही अनुसार सप्लाइ भइरहेको छ ।दिल्ली, मुम्बइ र कलकत्ताका कोठाहरुमा मात्र सिमित छ भन्न सकिदैन् ।


विशेष गरी नेपालको कुनकुन नाका बेचबेखिनका लागि बढी जोखिम युक्त लाग्छन् ?
पूर्व झापा देखि पश्चिम महेन्द्रनगर सम्मका लगभग प्रायः सबै नाकाहरु जोखिम पूर्ण नै छन् । त्यहाँका साना नाकाहरु पनि उत्तिकै चलायमान रहन्छन् । हुनत त्यहाँ हाम्रा सुरक्षाकर्मीहरु, विभिन्न संघ संस्थाका साथीहरुले निगरानी गरिरहनु भएको छ । तर यति हुँदा हुँदै पनि महिला, बालबालिकाहरु भारत पुगिरहेका छन् । नाका बाट गइ रहेकै छन् ।कुनै नाका जोखिममुक्त छैनन् । यसका साथै साना साना नाकाहरुको प्रयोग गर्ने, जङ्गलको बाटो प्रयोग गर्ने, निजी गाडीहरुमा पारी कटाउने क्रम जारी नै छ ।

कञ्चनपुर तिर बाइकहरु प्रयोग गरेर पनि नाका पार गराउने गरेको पाइन्छ । पछिल्लो पटक हामीले कोभिड पछि १९ जना बालकहरु लाई लैजाने क्रममा रेड गरेर उद्धार गरेका थियौं । उनीहरु लाई खेत बाट बोर्डर कटाइएको रहेछ । तार समेत हटाएर बोर्डर कटाएको रहेछ । बोर्डर कटाउने तरिका सधैँ फरक फरक हुन्छ ।


मानव बेचविखनमा प्रहरी प्रशासन, राजनीतिक दल र अन्य निकायहरुको पनि कहीं कतै मिलेा मतो भए जस्तो आशंका लाग्दैन् ?
राजनीति त सबै ठाँउमा जोडिएको हुन्छ । तर कुन रुपमा जोडिएको हो भन्ने कुरा बुझ्न पर्छ । दलहरु त मिडिया,व्यापार लगायत राम्रो नराम्रो सबै ठाँउमा जोडिएकै हुन्छन् ।हामी लाई कुनै बेला माथि उल्लेख गरिएका सबै ठाउँ बाट धम्की आउने गर्दथ्यो तर वास्ता नगरी अगाडि बढिरहेका हुन्थ्यौं । तर ब्यूरो क्रेसी अथवा प्रहरीहरु यस्तो जघन्य अपराधमा मिलेको छ कि भन्ने चाहीं लाग्दैन् ।


सामान्यतया मानव वेचविखन देह व्यापारमा मात्र केन्द्रीत हुन्छ भन्ने मान्यता छ, तपाइँ हरुको अध्ययनले के देखाउँछ ?
पहिला यौन व्यवसाय गर्नको लागि मात्र लगिने गरेको जस्तो देखिन्थ्यो । तर समय धेरै परिवर्तन भइ सक्यो । अहिले को मान्छे कहाँ फिट हुन्छ, त्यसलाई लगेर भीख मगाउने हो कि लागू औषध ओसार पोसारमा लगाउने हो कि अथवा बाल मजदुर गराउने हो कि भन्ने कुरा व्यक्ति लाई हेरेर निर्भर हुन्छ । दलाल हरुको उद्देश्य भनेको पैसा कमाउने मात्र हो ।


तर पछिल्लो समय नेपालीहरु लाई भारतमा लगेर आफ्नो किड्नी निकाल्न लगाएर किड्नीको व्यापार पनि गराएको भन्ने समाचार आइरहेका छन् । यो सत्य हो ?
एक समय नेपालको होक्से गाँउ बाट नेपालीहरु लाई कलकत्तामा लगेर किड्नी ट्रान्सप्लान्ट गर्ने कामहरु गर्न लगाएको हामीले थाहा पाएका हौं ।त्यस बाहेक अन्य अंगको पनि व्यापार हुँदैछ रे भन्ने सुन्नमा आएको छ । यसमा भारत सरकार पनि संवेदनशिल छ तर यस्तो समस्या विश्व व्यापी रोगकै रुपमा छ । कम गर्न सकेको भए पनि रोक्न सकेको अवस्था छैन् ।


मानव बेचविखन रोक्न भारत र नेपालका प्रहरी प्रशासनको इमान्दार सहयोग पाइ रहनु भएको छ ?
कानूनी रुपमा भारतको सरकार र प्रशासनले सहयोग गरिरहनु भएको छ ।भारतमा १८ वर्ष भन्दा मुनीका बालबालिका हरुका लागि अलगै कानून र अदालत छ । त्यसो भएको हुनाले पनि सहयोग गर्दैनौ भनेर भन्नै मिल्दैन् । तथापी, १८ वर्ष भन्दा माथिका व्यक्तिहरुको उद्धारमा भने केही समस्याहरु हुने गरेका छन् । उद्धार हुनु छैन भन्ने किसिमका कुराहरुले गर्दा व्यवहारिक समस्याहरु छन् ।त्यस्तो केशमा पीडित हो की होइन भनेर प्रमाणीत गर्न चाहीं प्रहरी प्रशासनले सहयोग गर्छ ।

नेपालमा पनि पहिला भन्दा अहिले युवाहरु प्रहरी प्रशासन वा व्यूरो क्रेसीमा हुनु भएकाले केही सहज भएको छ । तर यति हुँदा हुँदै पनि हामीमा कानुनी अभावहरुले गर्दा समस्या पर्ने गरेको छ । किन भने कानूनी रुपमा नेपाल र भारत दुवै देशको मानव बेचबिखनको लागि कसरी काम गर्ने भनेर कुनै सम्झौता छैन् । कानुन नहुँदा उद्धार गरिसके पछि पनि स्वदेश फिर्ता गर्नको लागि त्यतिकै चुनौती भइरहेको छ । स्वदेश फर्काउने सवालमा प्रशस्त कानुनी र कागजी समस्याहरु झेलि रहनु परेको छ ।


तपाई आफू चाहीं यो क्षेत्रमा लागेको कति भयो, अहिले सम्म कतिको उद्धार गर्नु भयो ?
मैंले काम गरेको करिब १५ वर्ष भयो । हामी अर्थात मेरो नेतृत्वको टीमले आठ सय जनाको उद्धार तथा स्वदेश फिर्ता गरिसकेका छौ । त्यसमा ९९ प्रतिशत नेपाली अरु भारतीय थिए । हाम्रा सहयोगी संस्थाहरु छन् ।एन सी आर सी जस्ता संस्थाहरु छन् ।शक्ति समूह जस्ता धेरै संस्थाहरु छन् ।उहाँहरु मार्फत उद्धार भएका हरुलाई सुधार गृह वा पुन:स्थापना केन्द्र लैजाने, तालिम दिने काम गरिरहेका छौं ।


उनीहरु लाई सीप सिकाउने र जागिर दिने काम पनि भइरहेका छन् । उनीहरु फेरि पीडित नबनोस भन्नका लागि संघ संस्थाहरु सँग सहकार्यका काम गरिरहेका हुन्छौ । आवश्यक परे अनुसार पढ्न मन भएकाहरु लाई पढाउने काम पनि हुने गरेको छ ।त्यसमा नेपाल सरकारको पनि भूमिका रहन्छ । सरकारका आफ्नै कार्यक्रमहरु पनि छन् ।


तपाई हरुको अध्ययनले भारत वा तेस्रो मुलुक मानव बेचविखनको प्रक्रिया चाहीं कस्तो हुँदो रहेछ, दलाल हरुले कति कमाउँछन?
मानव बेचविखनका अनेक रुप छन् । इराक, कुबेत लगायत खाडी मुलुक पठाउनेको छुट्टै संजाल र प्रक्रियाहरु छन् ।त्यहाँ लगेर यौन व्यवसायहरुमा लगाउने गर्छन् । त्यहाँ बसेको मानिसले कराेडौं कमाइ गर्छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोमा बयान लिने क्रममा कति ठाँउमा जाने कति पैसा लिने भन्ने कुरा सोधेर हिसाब लगाउँदा एकजना बहिनी(युवती)बाट एक महिनामा दुई करोड रुपैयाँ कमाउने अनुमान गरिएको छ । त्यस्ता बहिनीहरु एक पटकमा १०/१२ जना सम्म हुन्छन् । भनेको दलालको आम्दानी आफैं हिसाब गर्नु होस ।

हुनत अहिले भारतलाई प्रयोग गरेर तेस्रो मुलुकमा महिलाहरु लाई कम नै पठाउने गरेको पाइन्छ ।मानवबेचविखन रोक्ने मुख्य जिम्मेवारी भनेको सरकारको हो । हामीले सरकारलाई सहयोग गरेका छौ । सरकारले पनि यो विषयलाई गम्भीरता पूर्वक लिएर दुवै देश बीच सम्झौता गर्नु पर्छ । यसले उद्धार गरेका र मुद्दा परेका प्रतिवादीहरु लाई ल्याउन सहजीकरण हुन्छ ।हुनत यो काम एकदमै जोखिमपूर्ण पनि छ । काममा खतरा एकदमै छ ।चुनौतीहरु पनि धेरै नै छन ।

मानव बेचबिखन विरुद्धको अभियान भनेको जब सम्म मानिस आफै अथवा आफ्नै घरको मानिस बेचिदैँन् तब सम्म मान्छे लाई चासो लाग्दैँन् । बेचविखन विरुद्ध उत्रिने भनेको आफूलाई परिसके पछि मात्र हो । तर यो गलत हो ।यसमा चासो राख्नु पर्छ । घर घरबाट हरेक व्यक्तिले यसबारे सोच्ने हो भने घटना धेरै कम हुन सक्ने सम्भावना छ ।

  • 9shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३
अन्तर्वार्ता / विचार

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२
अन्तर्वार्ता / विचार

कोशीले पायो प्रधानमन्त्री, वाग्मतीबाट मात्रै पाँच मन्त्री

चैत्र १३, २०८२
अन्तर्वार्ता / विचार

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२
अन्तर्वार्ता / विचार

र्‍यापरबाट उदाएका बालेन शाह पुराना दिग्गजहरू माथि भारी

फाल्गुन १३, २०८२
अन्तर्वार्ता / विचार

‘नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन’

माघ १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend