१७ असोज,काठमाडौं: देश भर मनसुनी वायुको प्रभावले विभिन्न ठाउँमा पानी परि रहेको छ । भारतको उत्तर–पूर्व असम र आस पासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको मौसम पूर्वानुमान महा शाखाले जनाएको छ ।
अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारण तया बदली भएर केही स्थानमा वर्षा भइ रहेको छ । केही स्थानमा भने मौसम सफा छ ।कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइ रहेको छ ।
बिहीबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारण तया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सफा रहने छ ।कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, मधेश प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बिहीबार दिउँसो कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानमा हावा–हुरी सहित वर्षा हुने महा शाखाको पूर्वानुमान छ ।विभागले आगामी २४ घण्टामा कोशी र बागमती प्रदेशका एक– दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो र डुबानको जोखिम बाट बच्न सतर्कता अपनाउन अनुरोध गरेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्