२७ असोज,काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा-शाखाले लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक प्रभाव रहेको जनाएको छ ।
स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले आजयी स्थानमा बदली र वर्षाको सम्भावना रहेको पनि महा-शाखाले जनाएको छ ।महा-शाखाका अनुसार हाल कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिक देखि साधारण दली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्का देखि मध्यम बदली रहने छ ।
आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । तीन वटै प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महा-शाखाले जनाएको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्