०५ कार्तिक,काठमाडौं: नेपालमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ । यही कार्तिक ९ देखि ११ गते सम्म ललितपुरको होटल हिमालयमा सम्मेलन हुन लागेको हो ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त सम्मेलन कार्तिक ९ गते शुक्रबार आयोजना हुने जानकारी गराइएको हो । प्राध्यापक, शोध कर्ता, प्राविधिक, शिक्षाविद्, नीति निर्माता, उद्योगी, विद्यार्थीहरुको सम्मेलनमा सहभागिता रहने छ ।
सम्मेलनको आयोजकका रुपमा नेपाल सामग्री विज्ञान समाज र सह–आयोजकका रुपमा सुदूरपश्चिम विश्व विद्यालय नेपाल एप्लाइड साइंसेज र केमिकल इन्जिनियरिङ विभाग, पुल्चोक क्याम्पस, त्रिभुवन विश्व विद्यालय लगायत छन् ।
सम्मेलनमा नेपाल, दक्षिण कोरिया, चीन, भारत, जापान, अमेरिका, अष्ट्रेलिया, इजिप्ट, बंगलादेश, थाइल्याण्ड, इन्डोनेसिया, मंगोलिया, फिलिपिन्स लगायतका देशका प्रतिनिधिहरुले सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।



















आफ्नो प्रतिकृया दिनुहोस्