०६ कार्तिक,हेटौँडा: मेची महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत मधेश प्रदेश बाट ४० जनाको उद्धार गरिएको छ ।‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्ने मूल नारा सहित मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो ।
३२ दिन सम्म सञ्चालन हुने उद्धार यात्राका क्रममा सोमबार मधेश प्रदेशका ३ जिल्लाका विभिन्न स्थानहरु बाट १० जनाको उद्धार गरिएको छ ।जस मध्ये सर्लाहीको हरिवन नगरपालिका–११ बाट १ जना, बागमती नगरपालिका बाट–१२ बाट २ जना रौटहटको चन्द्रपुर नगरपालिका–२ र ३ वडा बाट ४ जना र पर्साको वीरगञ्ज महानगरपालिका बाट ३ जना गरि १० जनाको उद्धार गरिएको हो ।
उद्धार हुनु भएका ७ जनालाई मानव सेवा आश्रम वीरगञ्ज सेवा केन्द्रमा र ३ जना लाई मूख्य कार्यालय हेटौँडा सेवा केन्द्रमा आजै स्थान्तरणका लागि लगिएको छ । उद्धार टोली सोमबार सर्लाही, रौटहट, बारा, पर्सा जिल्लाको विभिन्न ठाउँहरुमा बेवारिसे अवस्थामा रहनु भएका मानवहरुको उद्धार सेवामा खटिएको हो ।
असोज २८ गतेबाट पूर्वको मेची नगरनगरपालिका बाट सुरु भएको यात्राको आठौँ दिन कार्तिक ५ गते सम्मको अवधिमा पर्साको वीरगञ्ज सम्म आइ पुग्दा मधेश प्रदेश बाट ३० पुरुष र १० महिला गरी ४० जनाको उद्धार गरिएको हो ।
मधेश प्रदेश अन्तर्गत सबै भन्दा बढी सप्तरी जिल्ला बाट एकै दिन १३ जना सडक आश्रित मानवहरुको उद्धार गरिएको थियो ।त्यस्तै मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अन्तर्गत सप्तरी जिल्लाको राज विराज नगरपालिका वडा–७ बाट ४ जना, वडा–६ बाट ३ जना र वडा– १ बाट १ जना, सप्तकोशी नगरपालिका–१ बाट ५ गरि १३ जनाको उद्धार भएको हो ।
त्यस्तै सिरहाको लहान नगरपालिका वडा–१ बाट २ जना, वडा–३ बाट ३ जना, गोल बजार नगरपालिका–६ बाट २ जना र मिर्चैया नगरपालिका–७ बाट १ जना गरि सिरहा बाट ८ जना र धनुषा जिल्लाको जनकपुरधाम उप-महानगर पालिका बाट ४ जनाको उद्धार भएको हो ।
त्यस्तै धनुषाको क्षिरेश्वर नाथ नगरपालिका–५ महेन्द्रनगर बाट ३ जना, मिथिला नगरपालिका–६ बाट १ जना र महोत्तरीको बर्दिबास नगरपालिका१ बाट १ जनाको उद्धार गरिएको हो ।



















आफ्नो प्रतिकृया दिनुहोस्