०७ कार्तिक,काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागले तारे होटलहरूमा प्लास्टिक जन्य बोटल सहितका पेय पदार्थम रोक लगाएको छ ।पर्यटन विभागले प्रेस विज्ञप्ति जारी गर्दै तारे होटलहरु (चार तारे, पाँच तारे र पाँच तारे डिलक्स) सबै रिसोर्टहरु (डिलक्स र लक्जरी)हरूमा प्लास्टिक जन्य बोटलहरूमा रोक लगाएको हो ।
विभाग बाट तारे स्तरमा स्तर वर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालनमा रहेका होटल तथा रिसोर्टहरुमा प्लास्टिक जन्य बोटल सहितका पेय पदार्थहरु प्रयोगमा आइ रहेका भनी जानकारी प्राप्त हुन आएकाले तत्काल लाई कम्तिमा चार तारे वा सो भन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टहरुमा खानेपानीको लागि प्रयोगमा आउने प्लास्टिक जन्य बोटलमा रोक लगाएको पर्यटन विभागका महानिर्देशक सहसचिव डा नारायण रेग्मीले जानकारी दिए ।
प्लास्टिक जन्य बोटलको प्रयोग बाट मानव स्वास्थ्य तथा वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने हुदाँ प्लास्टिकजन्य बोटलको प्रयोगमा निषेध गरी काँचका बोटल तथा अन्य धातुको भाँडा प्रयोग गरी होटलका कोठा तथा रेष्टुरेन्टहरुमा पिउने पानीको व्यवस्था मिलाउन निर्देशन दिइएको महानिर्देशक डा रेग्मीले बताए ।



















आफ्नो प्रतिकृया दिनुहोस्