१९ कार्तिक,काठमाडौं: प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ । तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदीबहिनी बाट टीका लगाए सँगै तिहार सकिएको हो ।
आइतबार नै तिहार (यमपञ्चक) समापन भए पनि आज सरकारी कार्यालय खुल्ने छैनन् । सरकारले आज पनि तिहारकै बिदा दिएको छ ।अघिल्लो वर्ष माघ २९ गते प्रकाशित राज पत्रमा कात्तिक १५ देखि १९ गते सम्म अर्थात् तिहार बिदा उल्लेख छ ।
१५ गते लक्ष्मी पूजा, १७ गते गोवर्धन पूजा र नेपाल संवत् (म्हपूजा) तथा १८ गते भाइ टीका (किजा पूजा) को बिदा छ, तर १६ र १९ गतेको बिदाको विवरण भने दिइएको छैन । देश भरका कार्यालय भने मंगलबार मात्रै खुल्ने छन्।
२०७७ सालको तिहारमा तिथिको घट बढका कारण भाइ टीका कहिले लगाउने भन्ने विवाद भएको थियो । पञ्चांग निर्णायक समितिले निकालेको पात्रोमा मंसिर १ गते भा इटीका उल्लेख थियो । नेवार समुदायले मंसिर २ गते किजा पूजा गरेको थियो ।
त्यसैले सरकारले तिहारको विदा एक दिन थप गरेको थियो। त्यस यता तिथि घट बढ नहुँदा अर्थात् भाइ टीकामा विवाद नभए पनि सरकारले तिहारको बिदा एक दिन बढी दिने गरेको छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्