Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नेपाल लाई भ्रष्टाचार मुक्त देश बनाउन ‘क्यासलेस इकोनोमी’

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक १९, २०८१
In विविध
0

१९ कार्तिक,काठमाडौं: कल्किजम रिसर्च सेन्टर, काठमाडौंले देशमा स्वास्थ्य, शिक्षा र कानूनी सेवा नि:शुल्क बनाउने गरि आर्थिक नीति बनि सकेको दाबी गरेको छ । सेन्टरले त्यसको लागि नेपालमा शिक्षा र स्वास्थ्य सबै सरकारी बनाउने र डिप्राईभेटेसनको नीति लिएको छ ।

आज (सोमबार) पत्रकार सम्मेलन गर्दै सेन्टरले आफूहरु छिट्टै तयार पारिएको नीति लञ्च गर्ने तयारीमा रहेको पनि जनाएको छ । त्यस अघि ‘शिक्षा, स्वास्थ्य र कानूनी सेवा नि:शुल्कको लागि काठमाडौंमा जनमत संग्रह’ गरिने पनि सेन्टरका प्रमुख जय साहले जानकारी दिए ।

देशमा विद्यमान सबै खाले समस्या समाधान गर्न सकिने साहको ठोकुवा छ । उनले भने,‘सबै समस्याको समाधान साधारण छ । तर, अहिलेको सरकारले नि:शुल्क हुन दिएको छैन् । खोजेको पनि छेन् । सोचेको पनि छैन् । हामीले ल्याएको सोलुसन युनिक छ। नेपाल लाई शत प्रतिशत क्यासलेस बनाउनु पर्छ । शत प्रतिशत क्यासलेस सिष्टमले गर्दा भ्रष्टाचार पूरै अन्त्य हुन्छ ।’

उनले नेपालमा शिक्षा र स्वास्थ्य अर्थात स्कुल,कलेज तथा अस्पताल मात्रै नभएर सबै बैंक सरकारी बनाउने आफूहरुको योजना रहेको सनुाए । उनले भने,‘अहिले भ्रष्टाचार बढि सकेको छ, यो सबैको जरो प्राइभेट बैंक हुन् । अमेरिकामा ९५ प्रतिशत अस्पताल र कलेज पनि सरकारी छन् । नेपालमा अमेरिका भन्दा ठीक उल्टो छ । नेपालमा स्वास्थ्य नि:शुल्क गर्न वर्षमा ७० अर्ब भए पुग्छ । सरकारले नेपालका निजी अस्पताल किन्न सक्छ ।’

अहिलेको सरकार लाई भ्रष्टाचार अन्त्य गर्ने कुनै चाहना नभएको साहको आरोप छ । आफूहरुले अघि सारेको एजेण्डा ठीक हो वा होईन भन्ने विषयमा काठमाडौंका ५ लाख विद्यार्थीहरु उतारेर जनमत संग्रह गरिने पनि उनले घोषणा गरे ।

उनले भने,‘अबको एक-डेढ महिना भित्र जनमत संग्रह गर्न चाहन्छौं । ५ लाख विद्यार्थी सडकमा उतार्न चाहन्छौं । अहिले नेताले उपचार नि:शूल्क पाएका छन् । नेताका झोलेले पनि एक कल फोन जाँदा नि:शुल्क उपचार पाउँछन् । तर, नेपालीहरुले त्यो अवसर पाएका छैनन् । नेता र तीनका झोलेले मात्रै नि:शुल्क स्वास्थ्य र शिक्षा लिने कि सबै नेपालीले भनेर जनमत संग्रह गर्न चाहन्छौं । सबै लाई नि:शुल्क हुनु पर्छ भन्नेले नेपालको झण्डा ल्याउँ छन्। नेता र तीनका झोलेले मात्रै पाउनु पर्छ भन्नेले पार्टीको झण्डा ल्याउँछन् । नेपालको झण्डा बढि भयो भने हामी सरकार लाई दबाब दिन सक्छौं । हाम्रो टिम बाट कोही पनि कुर्सीमा बस्न चाहँदैनन् । हामी त देश बनाउन चाहन्छौं ।’

उनले अहिलेको देशको सिस्टम परिवर्तन नगरे सम्म आफूहरुको एजेण्डा लागु गर्न कठिन रहेको सुनाए । उनले अहिले देशमा भै रहेको कुल आम्दानीमा मासिक ३० अर्ब आय थप्न सकिने पनि सुनाए । त्यसको लागि निजी करण लाई निरुत्साही गरिनु पर्ने उनको भनाई छ ।यस्तै, डा. उमाशंकर प्रसादले पनि नेपाल लाई क्यासलेस इकोनोमीको माध्यम बाट भ्रष्टाचार मुक्त बनाउन सकिने दाबी गरे ।

उनले भने,‘संसारको गतिविधि सँग हामी सबै परिचित छौं । सामाजिक, आर्थिक, राजनीतिक र जलवायु परिवर्तनको समस्या सँग सबै जानकार छन् । अहिले विश्व भरि नै जलवायु परिवर्तनको समस्या ठूलो बनेको छ । ठूलो लगानीको साथ समाधान गर्न विश्वका हरेक देश, राजनीतिक दलहरु र सबै लागि परेका छन् । तर पनि समस्या चाहीँ समाधान भएको अवस्था देखिँदैन् । हरेक वर्ष कोप हुन्छ । कार्वन इमिसनको कुरा हुन्छ । तर, हरेक वर्ष जलवायुको प्रभाव बढ्दो छ ।’

उनले शिक्षा र स्वास्थ्यको हकमा हरेक देशले आधारभूत अधिकारको कुरा गरेको र नि:शुल्कको कुरा गरेको स्मरण गराए । उनले भने,‘शिक्षा र स्वास्थ्य सेवा बाट कोही पनि बञ्चित हुनु हुँदैन भन्ने सुनिन्छ । तर, भएको छैन् । हामी नेपाल लगायत धेरै देशका मिडिल क्लासका मानिसहरु गरिवीको रेखा मुनि धकेलिएको छन् । किनकी यो वर्गाको अधिकांश कमाई शिक्षा र स्वास्थ्यमा खर्च भै रहेको छ । यही कारणले राम्रो क्षमता भएको परिवार पनि गरिवी मुनि धकेलिएको छ ।’

उनले आर्थिक र बेरोजगारीको समस्या समाधान गर्ने हेतुले आफूहरुले कल्किजम रिसर्च सेन्टर स्थापना गरेर काम गरेको स्मरण गराए । उनले भने,‘अहिले हामी सँग जनकपुर र काठमाौंमा ५० जनाको अर्थ शास्त्रीहरुको टिम छ । दोस्रो टिम चिकित्सकहरुको छ, तेस्रो इन्जिनियर र प्राध्यापकहरुको टिम छ ।’ यो बीचमा आफूहरुले प्लस-टु देखि मास्टर्स सम्मका करिब १० हजार विद्यार्थीहरु लाई ओरिएन्टेशन दिईएको पनि उनले सुनाए ।उनले भ्रष्टाचार, दाईजो प्रथाको विषय र एन्टिबायोटिक रेसिसेन्ट्यान्टको विषय सबै क्यासलेस इकोनोमीको रुपमा समाधान हुने विश्वास दिलाए ।

उनले भने,‘हाम्रो सबै समस्याको समाधानको लागि सबै भन्दा महत्वपूर्ण कार्यान्वयन  रण नीति नै क्यासलेस इकोनोमी हो । यो लागु भए पछि भ्रष्टाचार हुँदैन् । खर्च र आम्दानी ट्रयाक हुन्छ । नर्डिक देशमा भ्रष्टाचार कम छ । त्यसको मूख्य कारण नै क्यासलेस इकोनोमी धेरै भएर हो । हामीले त शत प्रतिशत क्यासलेस कुरा गरेका छौं । ग्रामिण इलाकामा स्मार्ट–करेन्सी लागु हुन्छ । विश्वमा भएको होलिस्टिक समस्या समाधान गर्ने गरि काम गरेका छौं । हामीले अहिले दुई वर्ष भयो काम गरेको, अब जनतामा जागरण ल्याउनु पर्छ भनेर आज यो सानो प्रेस मिट हो । नेपालमा मध्यम वर्गको परिवारको आयको ७० देखि ८० प्रतिशत रकम शिक्षा र स्वास्थ्यमा खर्च भएको छ । त्यही भएर हाम्रो नीतिले अब देशमा गरिवी निराकरण गर्न र जलवायु परिवर्तनको समस्या समाधान हुन्छ।’

कार्यक्रममा डा. अभिषेक अमरले एन्टी माईक्रोबियल रेसिस्टेन्स बारे प्रकाश पारेका थिए । उनले भने,‘धेरै जसो विरामी लाई दिईने एन्टीबायोटिकले कामै गरेको छैन् । यो एन्टिबायोटिक बनेको धेरै भएको छैन् । जति बनाएका छौं, त्यसले पनि काम गरेको छैन् ।’ उनले एन्टी माईक्रोबियल रिेजस्न्सेट कन्ट्रोल गर्न नसकिए नेपालको जनसंख्या आगामी १० वर्षमा आधा हुने खतरा औंल्याए । तर, आफू जय साहको आईडिया बाट प्रभावित बनेर यो अभियानमा जुटेको उनको छ ।

  • 30shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्‌मा विच्छेद: प्रविधिको युगमा नीतिगत अडानले खोस्यो उद्धारको अवसर

भदौ १३, २०८३

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend