१९ कार्तिक,काठमाडौं: अर्थविद् एवं राजनीतिक विश्लेषक डा.गोपिलाल न्यौपानेले नेपालमा राजनीतिक परिवर्तन भए पनि व्यवस्था भने परिवर्तन हुन नसकेको टिप्पणी गरेका छन् ।सोमबार काठमाडौंमा आयोजित साक्षात्कार लाई सम्वोधन गर्दै उनले पञ्चायत काल, बहुदलीय व्यवस्था हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइ पुग्दा अर्थ व्यवस्थाको चरित्र भने उस्तै रहेको बताएका हुन् ।
उनले नियन्त्रित अर्थ तन्त्रले देशको विकास हुनै नसक्ने दाबी गरे ।‘हामीले राजनीतिक परिवर्तन चाहीँ गर्यौं । तर, आर्थिक परिवर्तन गर्न सकेनौं । मान्छेको जीवनमा हामीले परिवर्तन गर्न सकेनौं । हामीले व्यवस्था चाहीँ त्यही राखि रह्यौं, अर्थतन्त्र चाहीँ हामीले त्यही नियन्त्रित अर्थतन्त्र राखि राख्यौं,’अर्थविद् डा. न्यौपानेले भने ।
साथै, वर्तमान अर्थ व्यवस्थाको चरित्रले भ्रष्टाचार नियन्त्रण हुनै नसक्ने उनको दाबी छ । भ्रष्टाचार नियन्त्रणका लागि नेपाल फ्रिएण्डओपन कम्पिटेटिभ मार्केट इकोनामीमा जानु पर्ने, करको दर घटाउनु पर्ने, सरकारको साइज र कर्मचारी तन्त्र लाई सानो बनाउनु पर्ने उनको सुझाव छ ।
राज्यले निर्माण गरेको पब्लिक पोलिसीको खराबीका कारण अहिले जनताले दु:ख पाइ रहेको उनको भनाइ छ ।फरक प्रसंगमा अर्थविद् न्यौपानेले नेपाल पञ्चायत काल देखि अहिले सम्म भूमिगत गिरोह बाट सञ्चालित भइ रहेको टिप्पणी गरे ।
उनले अहिले निर्वाचित जनप्रतिनिधिहरू बुख्याँचा जस्तै रहेको र देश ‘डीप–स्टेट’बाट चलि रहेको बताए ।‘नेपाल ‘डीप स्टेट’बाट चलेको देश हो । हिजो पञ्चायत काल पनि डीप स्टेटले चलायो ।
बुहदलीय काल पनि डीप स्टेटले चलायो र आज पनि डीप स्टेटले सञ्चालन गरेको देश हो । निर्वाचित प्रतिनिधि त बुख्याचा मात्रै हुन् । ती कानुनी प्रतिनिधि मात्रै हुन् ।तिनले यो देश चलाएको छैन । म सूर्य बहादुर थापा लाई सम्झन्छुु । सूर्य बहादुर थापाले एक चोटी भन्नु भएको थियो– भूमिगत गिरोह भनेर,’ अर्थविद् न्यौपानेले भने, ‘ठ्याक्कै त्यही शब्द गिरिजा प्रसाद कोइरालाले पनि प्रयोग गर्नु भएको छ । अहिलेका नेता सँग चाहीँ त्यो हिम्मत छैन, भन्दैनन् । त्यसैले नेपाल डीप स्टेट बाट गाइडेड भइ रह्यो र हामीले त्यस लाई डिकन्स्ट्रक्सन गर्दैनौं, जब सम्म त्यसको नेटवर्क लाई समाप्त गर्दैनौं तब सम्म यो देशमा समस्या भइ रहन्छ ।’
यस्तै ,काठमाडौं, नागरिक समाजका अगुवाडा. सुन्दर मणि दीक्षितले भ्रष्टाचार नियन्त्रणका लागि वर्तमान संसदीय व्यवस्थाको अन्त्य गर्नु पर्ने बताए । उनले नेपालको लागि संसदीय व्यवस्था नै अभिश्राप बनेको बताएका हुन् ।
संसदीय व्यवस्था अन्त्य नभए सम्म पार्टी, नेता र व्यक्ति परिवर्तन गरेर कुनै फरक नपर्ने बताए । २००७ साल देखि नेपाल संसदीय व्यवस्थाको अभिश्राप बाट बाहिर निस्कन नसकेको उनको भनाई छ ।
‘यो संसदीय व्यवस्था भ्रष्टाचारको लागि र भ्रष्टाचार संसदीय व्यवस्थाको लागि नै हो । यही हो हाम्रो जड, यो व्यवस्थान फ्याँके सम्म व्यक्ति, पार्टी, नेता परिवर्तन गरेर केही फरक हुने वाला छैन । किन भने आज भ्रष्टाचारको पैसा बाट जित्छन्, संसद्मा पुग्छन्, संसद्बाट अर्को भ्रष्ट लाई मन्त्री बनाउँछन् । प्रधानमन्त्री पनि भ्रष्ट, मन्त्री पनि भ्रष्ट । यो साइकल बाट हामी निस्किन सकि रहेका छैनौं । यस लाई खत्तमनपारी कुनै हालतमा भ्रष्टाचार अन्त्य हुन सक्दैन,’– उनले भने ।




















आफ्नो प्रतिकृया दिनुहोस्