Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

पक्राउ परि जेल गए गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
कार्तिक २७, २०८१
In अपराध
0

२७ कार्तिक,काठमाडौं: ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्व-मन्त्री दीपक मनाङे काठमाडौं बाट पक्राउ परेका छन् ।सर्वोच्च अदालत बाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका प्रदेश सांसद दीपक मनाङे उर्फ राजीव गुरुङ लाई पक्राउ गरि अदालतमा उपस्थित गराइएको हो ।

विसं २०६१ सालमा ठेक्का-पट्टा र असुली धन्दामा कुरा नमिले पछि दीपक मनाङे उर्फ ‘राजीव गुरुङ’ को गुण्डा समूहले अर्का गुण्डा नाइके चक्रे मिलन माथि तरबार प्रहार गरी हात छिनाएको थियो ।तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङे लाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद हुने फैसला सुनाएको थियो ।

कात्तिक २० गते सर्वोच्च अदालतले पनि मनाङे लाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र टेक प्रसाद ढुङ्गानाको इजलासले मगलबार गण्डकी प्रदेशका पूर्व-मन्त्री समेत रहेका मनाङे लाई ज्यान मार्ने उद्योगमा तत्कालीन पुनरावेदन अदालत पाटनको सोही फैसला लाई सदर गर्दै दोषी ठहर गरेको हो ।

प्रहरीका अनुसार २१ वर्ष अघि चक्रे मिलनको हात छिनालेको घटनामा उनी काठमाडौंको सानो भर्याङबाट पक्राउ परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सादा पोशाकको टोलीले मनाङे लाई बिहान स्वयम्भू, सानो भर्याङ्ग स्थित कम्फोर्ट हाउजिङ बाट पक्राउ गरेको थियो । पक्राउ पछि उनलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको थियो ।

मनाङेले सामाजिक सञ्जालमा विज्ञप्ती जारी गर्दै सर्वोच्च अदालत बाट फैसलाको पूर्ण पाठ आए पछि अदालतमा आफैँ उपस्थित हुने बताएका थिए ।

  • 28shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अपराध

गृहमन्त्रीको नक्कली पिए विष्ट पक्राउ

मंसिर २०, २०८१
अपराध

बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक बोम्जन माथि दिनदहाड़ै गोली प्रहार

कार्तिक २५, २०८१
अपराध

तीनवटा भारतीय कार सहित चालकहरु प्रहरी नियन्त्रणमा

भदौ २३, २०८१
अपराध

दमकमा गाई काटेको अभियोगमा चारजना पक्राउ

भदौ २३, २०८१
अपराध

सुनका गरगहना खरिद गर्ने बहाना बनाई चोरी गर्ने लिना नकर्मी पक्राउ

साउन ३०, २०८१
अपराध

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा विदेशी नागरिक सहित तीन जना पक्राउ

साउन ३०, २०८१

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मोबाइल व्यवसाय व्यवस्थित गर्न दबाब, बार्षिक नौं अर्ब अतिरिक्त राजश्व गुमाउँदै सरकार

बैशाख २८, २०८२

आतंकवाद विरुद्धको लडाइँमा मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

बैशाख २८, २०८२

सलहेश फूलबारी नजिक डा. अम्बेडकर पार्क निर्माणको विरोधमा मधेश आन्दोलनरत

बैशाख २८, २०८२

आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना

बैशाख २८, २०८२

भारत–पाकिस्तान युद्धविराम : राष्ट्रसंघको स्वागत, आरोप–प्रत्यारोप यथावत्

बैशाख २८, २०८२

प्रधानमन्त्री र सभापति नै गभर्नर नियुक्ति रोकिएको प्रमुख दोषी : सांसद अमरेश सिंह

बैशाख २६, २०८२

न्यायपूर्ण समाज निर्माणमा न्याय र कानून क्षेत्रको भूमिका महत्वपूर्ण छ : राष्ट्रपति पौडेल

बैशाख २६, २०८२

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तव बीच भेटवार्ता

बैशाख २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend