३० कार्तिक,काठमाडौँ: मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सबै विद्यार्थीको प्लस टु पछिको शिक्षा नेपालमै हुनु पर्ने बताएका छन् ।शुक्रबार एक पत्रकार सम्मेलन गर्दै उनले नेपालको पैसा नेपालमै रहनु पर्ने र मेडिकल शिक्षा, इन्जिनियरिङ शिक्षा र पाइलटको पढाई समेत नेपालमै हुनु पर्ने बताएका हुन् ।
उनले भने, ‘पैसा भन्दा पनि ठूलो कुरा फस्ट नेपाल, फस्ट नेपाली र नेपालको पैसा नेपालमै रहनु पर्छ । सबै विद्यार्थीको प्लस टु माथिको पढाई नेपालमै हुनु पर्छ । मेडिकल शिक्षा नेपालमै हुनु पर्छ, इन्जिनियरिङ शिक्षा नेपालमै हुनुपर्छ, पाइलट प्रशिक्षण र पाइलटको पढाइ पनि नेपालमै हुनु पर्छ बाहिर जान नपरोस् र नेपालमा जे पनि सम्भव छ भन्ने उदेश्यका साथ म अगाडि बढेको छु ।’
साथै उनले मंसिर तीन गते नेताहरुको दिमाग हल्लिने भ्रष्टाचारका प्रमाण सहित प्रस्तुत हुने बताए । उनले तीन गते कसैले नसोचेको र नदेखेको कुरा कुन नेताको कुन कम्पनिमा कती लगानी छ भनेर सिग्नेचर सहित प्रस्ट पार्ने बताए ।



















आफ्नो प्रतिकृया दिनुहोस्