Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नेपालका एक लाख उद्यमीलाई मोटिभेसनल तालिम दिइने

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर १६, २०८१
In विविध
0

१६ मंसिर,काठमाडौं: आन्टरप्रेनर्स क्लब ग्लोबलले नेपालका एक लाख उद्यमीहरु लाई मोटिभेसनल तालिम दिने भएको छ ।काठमाडौमा आयोजित एक कार्यक्रममा आन्टरप्रेनर्स क्लब ग्लोबलले सो जानकारी दिएको हो । आन्टरप्रेनर्स क्लब ग्लोबलको नियमित कार्यक्रम सिरिज अन्तर्गत नोभेम्बर सिरिजको सो कार्यक्रम भएको आन्टरप्रेनर्स क्लब ग्लोबलले जनाएको छ ।

नोभेम्बर सिरिजको उक्त कार्यक्रममा संयुक्त राज्य अमेरिकाको युनिभर्सिटी अफ न्यूयोर्कका प्रोफेसर डा.राजन थपलिया लाई स्पिकरको रुपमा आमन्त्रण गरिएको थियो ।स्पिकरका रूपमा डा.राजन थपलियाले नेपाललाई एआई हबको रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावनाहरु रहेको धारणा व्यक्त गरे ।

एआइले परम्परागत प्रद्धति लाई विस्थापित गरी नयां प्रविधिको विकास गर्दैरहेको सन्दर्भमा नेपाल जस्तो भू-परिवेष्ठित मुलुकले पनि एआइको क्षेत्रमा लिड गर्न सक्ने उनले बताए । त्यसका लागि सरकार र आन्टरप्रेनर्स दुवैको भूमिका महत्वपूर्ण रहेको उनले बताए ।

डा. राजन थपलिया डाटा जुपिटरका फाउन्डर सिईओ हुन् । उनले एआई विज्ञका रूपमा संयुक्त राज्य अमेरिकाको पाँच भन्दा बढी विश्व विद्यालयहरूमा भिजिटर्स प्राध्यापकका रुपमा प्राध्यापन गर्दै आएका छन् ।

त्यसै गरी अर्का वक्ताका रुपमा अमेरिकामै प्रोजेक्ट म्यानेजमेन्टमा काम गरिरहेका अमर हजारियाले आफ्नो कार्यपत्र सहितको वक्तव्य प्रस्तुत गरेका थिए ।आयोजक आन्टरप्रेनर्स क्लब ग्लोबलका अध्यक्ष शम्भु पोखरेलल आन्टरप्रेनर्स क्लब ग्लोबलले आन्टरप्रेनर्स हरूको सैद्धान्तिक, प्राविधिक विकास र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कनेक्सनमा सक्रिय भूमिका निर्वाह गर्दै आएको बताए।

युवाहरूमा आन्टरप्रेनर्स माइन्ड प्रस्फुटन गराउन सके युवाहरू विदेश पलायन हुने अवस्था रोक्न सकिने अध्यक्ष पोखरेलले बताए ।आन्टरप्रेनर्स क्लब ग्लोबलको नियमित सिरिज अन्तर्गत अर्को कार्यक्रम डिसेम्बर अन्त्यमा हुने आयोजकले बताएका छन् । कार्यक्रममा १०० भन्दा बढि नेपालका उद्यमीहरु सहभागी भएका थिए ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend