Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

 वायु प्रदूषणलाई कम गर्न सरकारले मात्रै चाहेर सक्दैन् : लामिछाने 

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर १७, २०८१
In अन्तर्वार्ता / विचार
0

१७ मंसिर,काठमाडौं(आकांक्षा धामी): वायु प्रदूषणको समस्या वर्षेनी बढ्दो छ । यो समस्या जाडोमा झनै बढ्छ । वायु प्रदूषण बाट विशेष गरी काठमाडौं उपत्यका बासी हैरान छन् । वायु प्रदूषण नेपालमा मात्र नभइ विश्वमा तिब्र रुपमा बढी रहेको विज्ञहरु बताउँछन् ।

काठमाडौंमा वायु प्रदूषण बर्खामा कम र जाडोमा बढी हुने गरेको वातावरण विभागका निरीक्षक गोविन्द प्रसाद लामिछाने बताउँछन् । पानी पर्दा वायूमण्डलमा भएको प्रदूषण पखालिन्छ । तर जाडोमा पानी कम पर्ने र अन्य कारणले वायु प्रदूषण बढ्छ ।

खास गरी वायु  प्रदुषण हिउँद याममा बढ्ने गरेको उनको भनाइ छ । गोविन्द प्रसाद लामिछाने (निरीक्षक वातावरण विभाग) संग को कुराकानीमा उनले विशेष गरी कार्तिक पछि वायू प्रदुषण बढ्न थालेको बताए । 

उनले प्रदुषण चिसोले गर्दा पुस–माघ सम्म धेरै हुने गरेको बताए । साथै चैत–बैशाखमा समेत आग लागीका घटना र वन-डढेलोका कारण पनि वायु प्रदुषण बढ्दै  जाने बताए । खास गरी काठमाडौंमा दशैं पछि र तिहार भन्दा केही अगाडि बाट वायु प्रदुषण बढ्न थालेको बताए । उनले अलिकति शनिबार र  बिदाको समयमा वायु प्रदुषण घट्ने गरेको बताए ।

उनले भने, ‘विशेष गरी वायु प्रदुषण हिउँद याममा बढ्छ । कार्तिक पछि बढ्न थालेको छ । पुस माघ सम्म चिसोले गर्दा वायु प्रदुषण बढ्छ । फेरी चैत–बैशाखमा आग-लागीका घटनाहरु र वन क्षेत्रमा लाग्ने डढेलो लगायतका घटनाहरुले पनि चैत–बैशाखमा प्रदुषण उच्च हुने जोखिम हुन्छ ।’

यसै गरी पानी पर्न थाले पछि मनसुनको समयमा वायु प्रदुषण कम हुने गरेको उनको भनाइ छ । मुख्यतया सहरी क्षेत्र काठमाडौं र त्यस बाहेक ठूला ठूला सहरहरु पोखरा, र तराइमा बढी प्रदुषण हुने गरेको उनले बताए ।

उनले भने, ‘पानी पर्न थाले पछि मनसुनको समयमा वायु प्रदुषण कम हुने गर्छ ।  मुख्यतया नेपालको  सन्दर्भमा सहरी क्षेत्र काठमाडौं उपत्यका भइ नै  हाल्यो, त्यस बाहेक ठूला ठूला सहरहरु पोखरा र तराइ बढी प्रदुषण हुने क्षेत्रमा पर्छन् । पश्चिम तराइको तुलनामा पूर्वको तराइमा प्रदुषण अझ बढी हुने गरेको विगतका तथ्यांक हरुले देखाएको छ ।’

साथै एक्यूआइको स्केल शून्य देखि पाँच सय सम्म हुन्छ । जसमा शून्य देखि ५० सम्म एक्युआइ छ भने त्यो वातावरणको लागि राम्रो मनिने तथा ५० देखि एक सयको एक्यूआइ मध्यम स्तरको मनिन्छ । साथै एक सय भन्दा माथी जति पनि बढ्दै जान्छ त्यती नै  प्रदूषणको तह उच्च हुँदै जाने बताए । एक सय देखि  १५० को  संवेदनशिल वर्गको  लागि  हानिकारक मनिन्छ ।  तीन सय भन्दा माथि एक्यूआइ गयो भने त्यो अवस्था खतरनाक नै मानिने उनको भनाइ छ । 

साथै उनले देश भर २९ ठाउँमा वायु गुणस्तर मापन केन्द्रहरु रहेको बताए ।  काठमाडौं सहित धुलिखेलमा समेत वायु प्रदुषण मापन केन्द्रहरु रहका छन् । साथै उनले देशको विभिन्न ठाउँहरुमा रहेका वायु प्रदुषण गुणस्तर मापन केन्द्रहरु बाट तथ्यांकहरु लिने गरिएको बताए ।

वायु प्रदुषणको तथ्यांक घण्टा घण्टामा नै परिवर्तन भइरहेको हुन्छ । मसिनो  धुलोका कणहरुले पनि काठमाडौं उपत्यका सबै भन्दा बढी वायु प्रदुषण शहरको नाममा रहेको पाइन्छ ।

उनले भने, ‘काठमाडौंमा आर्थिक कारोवार र सवारी चाप बढी हुन्छ त्यहीँ कारणले पनि वायु प्रदुषण बढ्ने गर्छ । यहाँ यातायातका साधनहरु धेरै छन् । मुख्यतया यातायातका साधनहरु नै वायु प्रदूषणका मुख्य कारण हुन् । बाहिरबाट आउने  वायु प्रदुषण पनि हुन्छ । जस्तै यस वर्षको वायु प्रदूषण नै  हेर्ने होभने काठमाडौं बाहिर तराइ क्षेत्रबाट र नयाँ दिल्ली बाट समेत काठमाडौंमा वायु प्रदूषणको असर परि रहेको हुन्छ ।’

उनले काठमाडौं उपत्यका कचौंरा आकारको भएकाले पनि चिसो बढे सँगै उपत्यकाको हावा सजिलै बाहिर जान पाउँदैन र उत्सर्जन नहुने भएकाले उपत्यकामा बढी वायु प्रदुषणको जोखिम हुने गर्दछ ।

साथै उनले बाहिरको वायु प्रदूषण कम गर्न सवारी साधनको प्रणालीमै सुधार गर्नुपर्ने बताए । उनले भने, ‘उद्योगको सही तरिकाले व्यवस्थापन गर्नु पर्छ । फोहोर व्यवस्थापनको कुरा पनि मुख्य रुपमा आउँछ । धूलो–धूँवा बढी हुन्छ र वायु पदूषण बढाउँछ । ’

यसैबीच लामिछानेले वायु प्रदूषणले गर्दा मानव स्वास्थ्यमा धेरै असर पर्ने बताए । उनले श्वास प्रश्वास सम्बन्धी रोगहरु र  मुटु सम्बन्धी रोगहरुको मूख्य कारण नै  वायु प्रदुषण भएको बताए । उनले वृद्घ आमा-बुवा, बच्चा हरुमा तथा मुटुका रोगीहरु लाई वायु प्रदुषणले धेरै असर पार्ने गरेको बताए ।

यसरी वायु प्रदुषण लाई न्यूनीकरण गर्न सरकारी निकायको महत्वपूर्ण भूमिका रहने जीकिर गरे ।  साथै उनले सबैले सचेत  भएर सावधानीका उपायहरु अपनाउन समेत आग्रह गरे ।  वायु प्रदूषण उच्च भएको समयमा सधैं माक्स लगाउनुका साथै खतरनाक अवस्थामा नै वायु प्रदूषण भएको छ भने सके सम्म घरमै बस्नु पर्ने उनको सुझाव छ ।

उनले वायु प्रदूषण लाई कम गर्नका लागि सरकारले मात्रै चाहेर केही गर्न नसकिने बताए । प्रदूषणका कारण यति धेरै छन् । त्यसमा काम गर्न सक्यौं भने मात्रै प्रदूषण घट्ने हो । त्यसैले वायु प्रदूषण भइसके पछि घटाउने भन्दा पनि प्रदूषण हुनै नदिने तर्फ सोच्नु पर्ने समय आएको उनको भनाइ छ ।

उनले वायु प्रदुषण कम गर्नका लागि लागि सरकार सँग-सँगै आम जनता स्वास्थ्यकर्मी, मिडियाकर्मी, विभिन्न एनजिओ, आइएनजिओ आ–आफ्नो तर्फ बाट सक्दो पहल गर्न लाग्नु पर्ने बताए ।

जस्तै केही वस्तु जलाउँदा निस्किने धुवाले प्रदूषण बढाउँछ भने फोहोर जन्य पदार्थ नजलाउने, हामीले चलाउने यातायातका साधन समय समयमा मर्मत गर्ने, वन-जंगलमा आगो नलगाउने, सके सम्म आफ्नो घर वरपर हरियाली वातावरण बनाउने यस्तै कुराहरुमा सबैले ध्यान दियौं भने केही हद सम्म वायु प्रदूषण कम गर्न सकिने उनको भनाई छ ।गोविन्द प्रसाद लामिछाने (निरीक्षक, वातावरण विभाग)

  • 64shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३
अन्तर्वार्ता / विचार

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२
अन्तर्वार्ता / विचार

कोशीले पायो प्रधानमन्त्री, वाग्मतीबाट मात्रै पाँच मन्त्री

चैत्र १३, २०८२
अन्तर्वार्ता / विचार

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२
अन्तर्वार्ता / विचार

र्‍यापरबाट उदाएका बालेन शाह पुराना दिग्गजहरू माथि भारी

फाल्गुन १३, २०८२
अन्तर्वार्ता / विचार

‘नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन’

माघ १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend