१७ मंसिर,काठमाडौं: प्रहरी नायव महानिरीक्षक नबीन्द्र अर्यालले पछिल्लो समय साइबर अपराधका घट्नाहरु बढ्दै गइरहेको बताएका छन् ।सोमबार तथ्यांक संकलन तथा विश्लेषण देखाउँदै उनले साइबर अपराधमा महिला र बाल-बच्चा समेत रहेको बताएका हुन् ।

उनले दिनकै ७० जति अनलाइन केसहरु आउने गरेको बताए । उनले सोसल मिडिया फेसबुक बाट सबै भन्दा बढी अपराध जन्य घटनाहरु भइरहेको बताए ।
साइबर अपराध सम्बन्धी प्रहरीमा आउने केसहरू फरक फरक हुने र धेरै जसो फेक अकाउन्ट बन्द गर्ने केस आउने गरेको उनले बताए ।सामाजिक संजाल बाट चरित्र हत्या सम्बन्धी, महिला तथा बाल-बालिका सँग जोडिएको केसहरू, खास गरेर यौन हिंसा सम्बन्धी र पछिल्लो समयमा अनलाइनको माध्यम बाट ठगी भएका उजुरीहरू धेरै आउने गरेको बताए ।



















आफ्नो प्रतिकृया दिनुहोस्