Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

विश्वविद्यालयमा मेरिटोक्रेसिले ल्याएको सुधार सरकारलाई घाडो भएको छ: (अध्यक्ष प्रचण्ड)

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
मंसिर २८, २०८१
In समाचार
0

२८ मंसिर,काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल,प्रचण्डले आफ्नो सरकारले गरेका सुधारका काम अहिलेको सरकारलाई घाडो भएको बताएका छन् ।धादिङ जिल्लाको बेनीघाट रोराङ्ग गाउँपालिका ८ बिधाङको कालिका माध्यामिक विद्यालयमा आयोजित एकीकृत छात्रावास समुद्घाटन एंव चैलिङ नमुना पर्यटकीय गन्तव्य गाउँ प्रवर्द्धन कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।


’मैले शिक्षाको सुधारका लागि शिक्षा विधयेकमा सहमति कायम गराएर अगाडि बढाए , त्यति मात्रै होइन राजनीतिक भाग बन्डा गरेर विश्व विद्यालयहरुमा भिसि, रेक्टर, रजिस्टार, डिनहरु नियुक्ति गर्दा विश्व विद्यालयको गुणस्तर पुरै खस्कियो । विद्यार्थीहरु देश छोडेर विदेस पलायन भए । विश्व विद्यालयहरुमा तालाबन्दि, नाराबाजी, अराजकताको स्थिति आइ रह्यो । त्यो अराजकता तोड्न मैले शिक्षामा सुधारको जोखिम उठाउनु पर्छ भनेर मेरिटोक्रेसिका आधारमा भिसि, रेक्टर, रजिस्टार र डिनहरु नियुक्त गर्ने प्रक्रिया आगाडि बढाए । अहिलेको सरकारलाई त्यो घाडो भएको छ ,’
उनले भने ।

शिक्षामा भाग बन्डा गरेर विश्व विध्यालयहरूमा भिसी रेक्टर नियुक्त हुँदा शिक्षाको गुणस्तर घट्ने र युवा विधार्थी पलायन हुने स्थित भएको बताउँदै उक्त कुरा रोक्न आफुले शिक्षा क्षेत्रको सुधारमा गर्नमा गरेको पहल लाई अहिले उल्टाउने खेल भैराखेको उनले बताए ।


सरकारलाई राम्रो होइन आफ्नो मात्रै चाहिएको बताउँदै उनले थपे– ’विश्व विद्यालयमा मैले सुरुवात गरेको मेरिटोक्रेसिले राम्रो असर र प्रभाव देखाउन थाल्यो तर अहिलेको सरकार लाई राम्रो चाहिएको छैन । आफ्नो चाहिएको छ ।अहिले विश्व विद्यालयका भिषिहरुलाई मेरिटोक्रेसि तोड्न सरकारले निकै ठुलो दबाब दि रहेको छ।अहिलेको सरकार लाई जहाँ राम्रो छ त्यहाँ प्रहार गर्नु परेको छ । राम्रो मान्छे चाइएन उनीहरूलाई आफ्नो मान्छे चाहियो । अस्ति मात्रै मैले केही भिषिहरूलाई भेटेर सत्यका पक्षमा लड्नुस् भनेको छु । मैले भ्रष्टाचार र विकृतिका विरुद्ध लड्दा प्रधानमन्त्री छोड्न तयार भए । तपाईहरु पनि सत्यका पक्षमा लड्नुहोस् मेरिटोक्रेसी नछोड्नुस् योग्यहरू नियुक्ति गर्ने कुरा खुट्टान कमाइ अगाडि बढ्नुस भनेको छु ।’


आफु तीन पटक प्रधानमन्त्री हुँदा विभिन्न क्षेत्रको सुधारमा मिहनेत गरेको चर्चा गरेका अध्यक्ष प्रचण्डले आफु सरकार बाहिर रहे पनि सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अघि बढि रहेको बताए ।तेस्रो पटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा, आर्थिक संकटको अन्त्य गर्दै समृद्धिको पक्षमा काम गरेको बताउँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रका लागि जोखिम उठाएर लडेको पार्टी र नेताको हैसियतले संघियता कार्यान्वयनका लागि विभिन्न विधयेक र ऐनहरु बनाउने काममा मिहनेत गरेको बताए।

उनले भने,’संघीय लोकतान्त्रिक गणतन्त्रका लागि जोखिम उठाएर लडेको पार्टी र नेताको हैसियतले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा, विभेदका विरुद्ध र सामाजिक न्यायका पक्षमा, आर्थिक संकटको अन्त्य गर्दै समृद्धिको पक्षमाकाम गर्नुका साथै धेरै मिहनेत गरेर मैले शिक्षा विधयेक लाई क्याभिनेटबाट पारित गराए तर उक्त विधयेक संसदमा पुग्दा पारित गरेका विषय भन्दा अर्कै भएर पुगे छ । संसद पुग्नु अगाडि नै विधयेक त भाचकुच भएछ त्यसमा पारित गरिएका विषय छैनन् अर्कै उल्टो कुरा छ । मैले त्यो विधये फेरि मन्त्रि परिषद्मा फिर्ता ल्याएर आफै बसेर फेरि विधयेकका दफदफ हेरेर त्यसलाई एउटा राजनीतिक समझदारी बनाएर अहिले सदनमादर्ता छ । समितिमा छलफल हुँदै छ । शिक्षाको क्षेत्रमा सुधारको निम्ति कैयौ वर्ष देखि अड्किएको यो काम अगाडि बढेको छ।’
संघीय निजामति ऐन रानीतिक बिमतीका बीच सदनमादर्ता गरिएको उनको भनाई छ । अध्यक्ष प्रचण्डले भने,’संघीय निजामति ऐन नहुँदा कर्मचारीको व्यवस्थापन एउटा चुनौति भएको छ । स्थानीय तह, प्रदेश, संघहरुहको कामको परिणाममा असर परेको छ । त्यसैले धेरै ठुलो बहस, सघर्ष र मिहनेत पछि संघिय निजामति ऐन सदनमा मेरो पालामा दर्ता चाँहि भएको छ । यद्यपी त्यसमा केही राजनीतिक बिमती छन् ।’

भ्रष्टाचार विरुद्ध सुशासनको अभियान र अर्थतन्त्रमा सुधारको पहल गरेका कारणआफु नेतृत्वको सरकार ढालिएको बताउँदै केपीओली नेतृत्वको सरकार अपारदर्शि र अप्राकृतिक तरिकाबाट बिचौलिया र माफियाहरुले बनाइदिएको उनले बताए ।


अध्यक्ष प्रचण्डले भने,’सरकार परिर्वतन जुन तरिकाले गरियो जालझेलको तरिका द्धारा, अपारदर्शि र अप्राकृतिक तरिका द्धारा उहाँहरु आउनु भएको छ । म उहाँहरु आएको मान्दिन ।एमाले अध्यक्ष केपीजीले भन्नु हुन्छ के मैले प्रचण्डलाई राउण्ड किक दिए ।राउण्ड किक दिएको रे उहाँले । स्वर्ग नि सँगै नर्क नि सँगै जाने भनेर म प्रधानमन्त्री हुँदा म सँग प्रधानमन्त्री क्वाटरमा बसि चार घण्टा सम्म कुरा गरेर जालझेल बाट यस्तो तरिका बाट बनेको सरकार बनेको यो बचौलियाले यो दलालहरुले बनाइएको सरकार हो । नेपालको अर्थतन्त्र अहिले एक दर्जन बढिमा दुई दर्जन बिचौलियाको हातमा छ । जनताको हातमा छनैन । नेपालको राजनीति त जनताको हातमा आयो तर देशको अर्थतन्त्र जनताको हातमा आएको छैन । यसमा केही प्रयास भएका थिए । तर बिचौलिया र दलालहरु लाई सह्यै भएन ।’

  • 15shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

समाचार

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

चैत्र २२, २०८२
समाचार

गृहमन्त्री सुधन गुरुङको पहिलो साता : धमाधम गिरफ्तारी र आक्रामक शैलीले तरंग

चैत्र २१, २०८२
समाचार

न्यायमा शहीद परिवार पहिलो प्राथमिकतामा : रवि लामिछाने

चैत्र २०, २०८२
समाचार

हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन

चैत्र १९, २०८२
समाचार

गृहमन्त्रीद्वारा कार्यालयमै सर्वसाधारणका गुनासा सुनुवाइ, समाधानका लागि पहल गर्ने प्रतिबद्धता

चैत्र १८, २०८२
समाचार

जनतासँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

चैत्र १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

बेखबर जनकपुरको खबर : मिश्राजी सेहो एहि बेर मेयर पदके प्रत्याशी बनताह ?

भदौ ३१, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा

भदौ २९, २०८३

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा नियुक्त, विकासलाई गति दिने अपेक्षा

भदौ २९, २०८३

आजको कन्या राशिफल

भदौ २९, २०८३

आजको धनु (Sagittarius) राशिफल

भदौ २९, २०८३

आजको सिंह (Leo) राशिफल

भदौ २९, २०८३

आजको मेष (Aries) राशिफल

भदौ २९, २०८३

प्रधान सेनापति अशोक राज सिग्देल चीनतर्फ प्रस्थान, बेइजिङ सियाङसान फोरममा सहभागी हुने

भदौ २८, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend