०३ पौष,जनकपुरधाम: व्यावसायिक गतिविधि लाई प्रोत्साहन गर्न भन्दै संघीय राजधानी काठमाडौंको चोभारमा निर्माण गरिएको सुक्खा बन्दरगाहले सेवा आरम्भ गरेको साढे दुई वर्ष पुगेको छ । तथापी, यतिका समय बिति सक्दा पनि चोभार सुख्खाबन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेको छैन।काठमाडौं–तराई फास्ट ट्रयाक पूरा नभए सम्म बन्दरगाह पूर्ण क्षमतामा चल्ने सम्भावना न्यून रहेको सम्बन्धित अधिकारीहरुको भनाइ छ । बन्दरगाह संचालनकै विषयमा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल सँग गरेको कुराकानी :

१) यति बेला चोभार सुख्खा बन्दरगाहले के के सेवा दिइरहेको छ ?
चोभार सुख्खा बन्दरगाहले व्यापार सम्बन्धि सम्पूर्ण सेवा प्रदान गर्छ । चोभारमा कसैले पनि व्यापार सम्बन्धि गाडी सुरक्षित पार्किङ गर्छु भन्यो भने पार्किङको सुविधा दिन्छौं । ट्रेड सँग सम्बन्धित सामानहरु गोदाममा सुरक्षित राख्छु भन्नेहरुका लागि गोदामको सुविधा दिन्छौ । कसैले प्रशोधन, प्याकेजिङ, लेबलिङ गर्छु भन्यो भने पनि त्यो सुविधा उपलब्ध गराउँछौं ।
२) बन्दरगाह संचालनको अवस्था के छ ?
अहिले नेपाल भर आठ वटा बन्दरगाह संचालनमा छन् । त्यस मध्यको चोभार सुख्खा बन्दरगाह पनि एक हो । बन्दरगाह बाट वार्षिक डेढ करोड रुपैयाँ कमाइरहेका छौं । अहिले सबैभन्दा धेरै कमाउने बन्दरगाह वीरगन्ज हो भने सबैभन्दा कम कमाइर हेको चोभार सुख्खा बन्दरगाहले हो । चोभारको आम्दानीको परिकल्पना काठमाडौं–तराई द्रुत मार्ग सँग गरिएको थियो । तर काठमाडौं–तराई द्रुत मार्ग निर्माण हुन नसक्दा बन्दरगाहको आम्दानी कम भएको हो । तथापी चोभार अहिले कमाउन सक्ने स्थितीमा पुगेको छ र राज्य लाई कमाएर दिन सक्नु नै सफलता हो ।

३) सुख्खा बन्दरगाहको अवस्थालाई सफलता भनिरहनु भएको छ । तर आयातनिर्यातको अवस्था चाहिँ कस्तो छ ?
हिजो आज प्रतिदिन जाँचपासको लागि चोभार सुख्खा बन्दरगाहमा दुईवटा कन्टेनर आउँछन् । निर्यात चाहिँ बन्दरगाह सुरु भए देखि जम्मा ६ वटा कन्टेनर पठाएका छौं । बन्दरगाह लाई अलिक भिन्नत रिकारले संचालन व्यवस्थापन गरिरहेका छौ । अरु सात वटा भन्सार जाँचपासको मात्रै काम भइरहेको छ भने बन्दरगाहमा भन्सार जाँचपास सँगै लजिस्टिक हबको कन्सेप्टमा चलाइरहेका छौं । यसमा दुई थरीको विजनेस छ । एउटा भनेको भन्सार जाँचपास र अर्को भनेको व्यापार–ट्रेड सम्बन्धिको क्रियाकलापको लागि आधा भाग छुट्याएका छौं । आजको दिनमा भन्सार जाँचपासको लागि एकदमै कम सवारी साधन तथा कन्टेनर आएको अवस्था छ भने लजिस्टिक हबमा एकदमै राम्रो व्यापार भइरहेको छ । दुईटा गोदाम अपुग भएकाले अर्को एउटा गोदाम थपिसकेको छौ । साना अरु दुईटा गोदामहरु थप निर्माण गरिसकेका छौं । त्यहाँअत्याधिक मागछ ।जसले बन्दरगाहलाई चलायमान बनाउन सकेका छौं ।
४) लजिस्टिक हबको अवधारणा र उद्देश्य चाहीं कस्तो हो ?
लजिस्टिक हब विश्व बजारमा प्रख्यात छ ।त्यस लाई हामीले पनि चोभार बाट सुरुवात गरेका हौं । यो सफल पनि भयो । अहिले चोभारको मुख्य व्यापार भनेको लजिस्टिक हब नै हो । चीन र भारतको नाका बाट आएका विद्युतिय सवारी साधनहरुको व्यवस्थापन भइरहेको छ । जसका कारण गोदाममा सामनहरु भरीभराउ भएको छ । त्यसै गरी यहाँ कसैले प्रोसेसिङ, प्याकेजिङ, लेबलिङ गर्छु भन्यो भने त्यो सुविधा पनि दिइ रहेका छौं । यस्तो सुविधा लजिस्टिक हबकै अवधारणा र उद्देश्य अनुरुप हो । सहज रुपमा व्यापार लाई सहजीकरण गरेर बन्दरगाह लाई चलायमान बनाइ रहेका छौं । राज्य लाई कमाउने ठाउँमा पुर्याई रहेका छौं ।
५) आम्दानीको अवस्था चाहीं कस्तो छ ?
पाँच वर्षका लागि निजी क्षेत्र लाई न्यूनतमतीन करोड रुपैयाँ छ । हामीले दिएको थ्रेसहोल्ड बराबरको गाडीहरु नआउँदा पनि निजी क्षेत्रले पाँच वर्ष सम्मका लागि वार्षिक तीन करोड रुपैयाँ दिनु हुन्छ । र तोकेको थ्रेस होल्ड कटेको खण्डमा रेभिन्यू बाँडफाँट हुन्छ । ६० प्रतिशत निजी क्षेत्रको हुन्छ भने ४० प्रतिशत सरकारको हुन्छ । तर अहिले ट्राफिक फ्लो धेरै छ ।पाँच वर्षमा आठ देखि दश करोड रुपैयाँ चोभार सुख्खा बन्दरगाहबाट आम्दानी गर्न सक्छौं । त्यसमा हाम्रो एक रुपैयाँ पनि खर्च हुँदैन ।
६) निजी क्षेत्रलाई संचालनको संचालनको जिम्मेवारी दिइसके पछिको अवस्थालाई कसरी हेरि रहनु भएको छ ?
अहिले आठ वटै सुख्खा बन्दरगाह निजी क्षेत्रलाई चलाउन दिइएको छ । नियमावली अनुसार पनि प्रतिस्पर्धात्मक प्रणाली बाट छनोट गरेर सुख्खा बन्दरगाहहरु संचालन व्यवस्थापन गर्ने गरिएको छ । कन्ट्रयाक्ट म्यानेजमेन्ट तथा नियमावली सँग काम गर्ने भनेर प्रष्ट रुपमा भनिएको छ । यूरोपियन देशहरु सँगै, भारत लयागतका बाह्य देशको अभ्यास हेर्ने हो भनेपनि सुख्खा बन्दरगाहहरु निजी क्षेत्रहरु मार्फत पीपी मार्फत संचालन, व्यवस्थापन भइरहेको छ । यो सफल पनि भइरहेको छ । निजी क्षेत्रको संलग्नताले सेवास्तर पनि वृद्धि भएको छ । नेपाल सरकार लाई प्राप्त हुने राजस्व पनि बढिरहेको छ ।
चोभार सुख्खा बन्दरगाहकै कुरा गर्ने हो भने पनि राज्य बाट नेपाल ईन्टरमोडल यातायात विकास समिति मार्फत दुई वर्ष चलायौं । त्यति बेला एकदमै कम बिजनेस थियो ।मासिक १६ लाख रुपैयाँमा घाटामा थियौं । आज निजी क्षेत्र आइसके पछि निजी क्षेत्रको विज्ञताले गर्दा यहाँको व्यवसाय वृद्धि भएको छ । बन्दरगाह संचालनको अवस्थामा रहनुको प्रमुख कारण आजको दिनमा निजी क्षेत्र बाट संचालनमा रहनु नै हो । यदी सरकार मार्फत नै सुख्खा बन्दरगाह संचालन भएको थियो भने आजको जस्तो चलायमान हुने थिएन ।
७) सरकार मार्फत संचालन भएको भए बन्दरगाह चलायमान हुने थिएन भन्नु भयो । यसका कारणहरु चाहि के हुन्?
सरकारको निर्णय गर्ने प्रक्रिया एकदमै लामो छ । निजी क्षेत्र नाफाको लागि जति दौडधुप गरिरहेको हुन्छ त्यतिको दौडधुप सरकारका कर्मचारीले गर्दैनन् । यो कुरा हामीले प्रष्ट बोल्नु पर्छ । लुकाउनु हुँदैन । निजी क्षेत्रले तुरुन्त निर्णय गर्छ । कसै लाई छुट नै दिनु पर्ने हो भने पनि तुरुन्त नै दिन्छ । राज्यको निर्णय प्रक्रिया यस्तो छैन् । राज्यले छुट दिनु पर्यो भने भएका प्रक्रिया पूरा गर्दा गर्दै आउने बिजनेस अन्तै डाइभर्ट भइ सक्छ ।
८) त्यसो भए चोभार सुख्खा बन्दरगाह पुर्ण क्षमतामा संचालन हुनमा के ले रोकिरहेको छ ?
चोभार सुख्खा बन्दरगाह लाई दुई भागमा छुट्याएका छौं । आधा भागमा भन्सारका जाँच पासका काम गर्छौ भने आधा भागमा लजिस्टिक हबको काम गर्छाैं । लजिस्टिक हबमा व्यापार सम्बन्धि सबै काम गरिन्छ । लजिस्टिक हबलाई ठाँउ अपुग नै भइसकेको अवस्था छ । तर, फेरि भन्सारमा सवारी आगमन अझ कम नै छ । त्यसको कारण भनेको फास्ट ट्रयाक नबनेर हो । अहिले सम्म भारतको नाका बाट मात्रै भन्सार जाँचपास गरेर आयात गरिने गरिएको थियो तर अर्थ मन्त्रालयको भन्सार विभाग मार्फत चीनको तातोपानी र रसुवा नाका बाट पनि सिधै चोभार सुख्खा बन्दरगाहमा सामान ल्याउछु भन्नेहरु लाई पनि त्यो सुविधा लागु भइ सकेको छ । यसले गर्दा भन्सार तर्फ पनि ट्राफिक बढ्छ भन्ने अनुमान छ । बन्दरगाहमा भन्सार जाँच पास गराउने सुविधा छ ।
९) भारतकै नाका बाट आउने सामानहरु चोभार सम्म चाहिँ किन आई पुग्दैनन् ?
चोभार व्यवसायी हरुका लागि विकल्पहो । चोभार सुख्खा बन्दरगाह अनिवार्य छिर्नु पर्दैन । किन भने मानिसहरुका लागि वीरगंज सुख्खा बन्दरगाह, विराटनगर सुख्खा बन्दरगाह, भैरहवा सुख्खा बन्दरगाह ठिक हुन्छ भने उहाँहरुले त्यहीँ बाट गर्नु हुन्छ । त्यहाँ असहज हुन्छ भने चोभार आउनु हुन्छ । त्यसैले चोभार सुख्खा बन्दरगाहमा भन्सार जाँचपास भएन भनेर ठूलो ईस्यू बनाउन जरुरी छैन । भन्सार जाँचपास जहाँ भएन भने आइ पुग्ने भनेको सरकार सँगै नै हो ।
१०) चोभार सुख्खा बन्दरगाहको सम्पुर्ण पूर्वाधारहरुको प्रयोग भइरहेको छ त ?
छन् ।अहिले कन्टेनर, ट्रक तथा कार गरेर छ सय भन्दा बढी चोभार सुख्खा बन्दरगाहमा छन् । पाँच वटा गोदाममा तीन वटा पुर्ण रुपमा भरिएका छन् । दुई वटा आशिंक रुपले भरिएका छन् । अब यसलाई नचलेको भन्न मिल्छ त ? भोलिको दिनमा फास्ट ट्रयाक सम्पन्न भइसक्दा बन्दरगाहको क्षमताले भ्याउँदैन । अहिले त्यसको तयारी तिर लागेका छौं।
यो कुरा मैंले मन्त्रालयमा मन्त्री ज्यू, सचिव ज्यू सँग छलफल गरिसकेको छु । यहाँ हिमाल सिमेन्टको सात सय रोपनीजग्गा छ । त्यसमा तीन सय रोपनी जग्गा चोभार सुख्खा बन्दरगाहलाई नयाँ संरचना बनाउनका लागि एलोकेट गरि दिन पर्यो भनेर प्रस्ताव राखि सकेको छु । यसमा मन्त्री ज्यू हरु सकरात्मक नै हुनु हुन्छ । बन्दरगाहको सात सय रोपनी जग्गामा प्रर्दशनी स्थल बन्दैछ । त्यो प्रर्दशनी स्थलका लागि जति बेला जग्गा छुट्याईन्छ त्यति बेला नै बन्दरगाहका लागि पनि जग्गा छुट्याईन्छ ।



















आफ्नो प्रतिकृया दिनुहोस्