०४ पौष,काठमाडौं(आंकाक्षा धामी): संसार भर एकाएक फैलिएको कोरोना महामारी संक्रमणका कारण सबैभन्दा बढी थला परेको फिल्म क्षेत्र पनि एक हो। चाहे हलिउड होस् चाहे बलिउड वा नेपाली चलचित्र क्षेत्रको भिडका कारण निकै प्रभावित हुन पुग्यो ।सिने क्षेत्र तहसनहस अवस्थामा मात्र पुगेन संसारभरका लाखौंले रोजगारी गुमाउन पुगे । सयौं सिनेमा घरहरु कोरोनाकै कारण बन्द भएका छन् । नेपाली चलचित्र क्षेत्र पनि कोभिड बाट अछुतो रहन सकेन ।
तर पछिल्लो तीन महिना देखि हलहरुको व्यवसाय राम्रो रहेको चलचित्र महासंघका अध्यक्ष नरेन्द्र महर्जनले बताए ।अध्यक्ष महर्जन संग गरेको विशेष कुराकानीमा अध्यक्ष महर्जनले नेपाली सिनेमाहरुले बक्स अफिसमै राम्रै फड्को मारिरहेकाले व्यवसाय पनि राम्रो चलिरहेको बताएका हुन् ।
उनले भने, ‘अहिले आएर बिगत तीन महिना देखि नेपालको सिनेमा हलहरु राम्रो लय तर्फ फर्किएका छन् । धेरै वर्ष देखि हलहरुको अवस्था राम्रो थिएन । लगातार तीन, चार महिना देखि सिनेमाहरुको एउटा बक्स अफिस पनि राम्रो भएकाले सिनेमा हलहरुको अवस्था राम्रो छ ।’ यसै गरी अध्यक्ष महर्जनले लगभग पहिलेको तथ्यांक अनुसार ४ सय ५० हलहरु सञ्चानमा रहेका थिए भने अहिले आएर १६० देखि ६५ वटा मात्र हलहरु सञ्चालनमा रहेको बताए ।
उनले २८० वटा हलहरु बन्द अवस्थामा रहेको बताए।उनले पहिला सुदूरपश्चिममा २१ वटा हल रहेको बताउँदै अहिले जम्मा एक वटा मात्र संचालनमा रहेको बताए । साथै कर्णाली प्रदेशमा पनि एक मात्र हल रहेको बताए ।साथै बागमती प्रदेशमा ८१ वटा हलहरु बन्द भएको अवस्था छ भने कोशी प्रदेशमा ४९, मधेस प्रदेशमा पनि ४९ वटा हलहरु बन्द छन् ।
यसै गरी गण्डकी प्रदेशमा ३१ वटा हलहरु बन्द छन् ।
लुम्बिनी प्रदेशमा ४९ वटा हलहरु बन्द रहेको अध्यक्ष महर्जनले बताए । तर सरकारले थोरै मात्र संख्या बढाउन सहजीकरण गर्यो भने फिल्म क्षेत्र अगाडि बढ्न सक्छ ।
‘अब लगभग लगभग हामी सँग पहिलाको डाटा अनुसार हाराहारीमा साँढे चार सयको हलहरुको संख्या थियो । अहिले आएर १६० देखि ६५ वटा हलहरु मात्र सञ्चालनमा छन् । लगभग २८०/८१ वटा हलहरु चाँही बन्द भएको अवस्था छ ।
उनले भने, बन्द हुनुको विविध कारण मध्ये दरवार हत्याकाण्ड पछिको विषम परस्थिती, त्यसपछि माओवादी द्वन्द्व, त्यस पछि कोरोना महामारीका कारण सिनेमा हलहरु धेरै बन्द हुन पुगे । पहिला सुदूरपश्चिममा २१ वटा हल रहेका थिए । अहिले जम्मा एकवटा मात्र छ । साथै कर्णाली प्रदेशमा पनि एक मात्र हल छ ।
बागमती प्रदेशमा ८१ वटा हलहरु बन्द भएको अवस्था छ भने कोशी प्रदेशमा ४९ , मधेस प्रदेशमा पनि ४९ वटा हलहरु बन्द भएको अवस्था छ । यसै गरी गण्डकी प्रदेशमा ३१ वटा हलहरु बन्द रहेको अवस्था छ । लुम्बिनी प्रदेशमा ४९ वटा हलहरु बन्द रहेको अवस्था छ ।’ काठमाडौंकै जय नेपाल हल, कुमारी हल, बालाजुकै गंगा हल, गोपीकृष्णका हलका गोपी, कृष्ण, राधा र मीरा हल बन्द भइसकेका छन् ।
देशमा हलको संख्या घट्दो छ । केही हल सशस्त्र जनयुद्धको समय बन्द भएका हुन् भने केही कोरोना महामारीको चपेटामा परेर बन्द भए । केही हल व्यवसायको अभावमा बन्द भएका छन् त केहीलाई पछिल्लो समय आर्थिक मन्दीले पनि असर गरेको छ । नयाँ प्रविधिको विकासका कारण परम्परागत हलहरु प्रभावित भएका छन् भने मल्टिप्लेक्सहरुले राम्रो स्थान जमाएका छन् ।
बन्द हुनुको प्रत्यक्ष कारण जेसुकै भए पनि राज्यको नीति मुख्य कारक रहेको चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन बताउँछन् । ‘हल बन्द हुनुमा राज्यको अव्यवहारिक कर, राज्यले हल व्यवसायीलाई बेवास्ता गर्नु लगायतका कारण छन्’, महर्जनले भने, ‘एउटा कारण सिङ्गल थिएटरलाई मल्टिप्लेक्स बनाउने खर्च हो । जसको लागि चार करोड रुपैंयाँ सम्म लगानी लाग्छ । त्यो पैसा लगानी गरेर रिटर्न हुने अवस्था छैन।’
हल सञ्चालन गर्ने मलको भाडा, बैंकको ब्याज, स्टाफ लगायत खर्च धान्न फिल्मको व्यवसाय बाट हुने आम्दानीले नपुग्ने कारण पनि कतिपय हल बन्द भएको उनले सुनाए ।
‘राज्यले उद्योगकै हैसियतमा बिजुली, बैंकको ब्याज लगायत विभिन्न सुविधा चलचित्र क्षेत्रलाई दियो भने अहिलेको समस्या समाधान हुन्छ’, महर्जनले भने, ‘नत्र भने एक–एक गरेर हल बन्द हुन्छन् ।’ केही महिना अगाडि काठमाडौं स्थित गोपीकृष्ण हल बन्द हुनुको कारण पनि यही रहेको महर्जनको भनाइ छ ।
यसै गरी सिनेमा हलहरु बन्द हुनुको अर्को मुख्य कारण नेपाल सरकारले लगाएको कर नै बढी भएको बताए । उनले कर बढी भएका कारणले नै धेरै जसो सिनेमा हलहरु बन्द भएको बताए ।उनले डिजिटल प्लेटफर्महरुको परिवर्तनले पनि लगानी गर्न नसकिएको अवस्थामा पनि सिनेमा हलहरु बन्द भएको बताए । उनले विगतमा सिंगल थिएटरहरुमा ऐनालग बाट सिनेमा चलाउथ्यौं अहिले आएर डिजिटलको युग आएर अबग्रेट हुन नसकेका कारण पनि सिनेमा हलहरु बन्द हुनु परेको बताए ।
उनले भने, ‘करको कुरा सबै भन्दा ठूलो कारण हो । झण्डै झण्डै सिनेमा हलहरुले ३३ प्रतिशत कर तिर्नु पर्छ । कर्पोरेट टेक्स बाहेक पनि सिनेमा हलहरुले धेरै कर तिर्नु पर्छ । मानौं तीन सय रुपैयाँको टिकट काट्यौं भने पनि सिनेमा हलमा बच्ने भनेको एक सय रुपैयाँ मात्र हो । एकसय रुपैयाँ हाम्रो करमा जान्छ, सय रुपैयाँ फिल्मले लिएर जान्छ भने एकसय रुपैयाँले मात्र हाम्रो सिनेमा हल चलाउन सकिँदैन ।’
साथै उनले सिनेमा हलहरुको लगानी डुब्दा सिने क्षेत्रमा धेरै असर पुगेको बताए । उनले सिनेमा सञ्चालक, निर्माता र वितरकहरु लाई धेरै नै क्षति भएको बताए ।डिजिटल प्लेटफर्महरु आए सँगै सिंगल थिएटर हरु मल्टिप्लेक्समा कन्भर्ट भए पछि फिल्म देखाउन झन सहज भएको बताए । मल्टिप्लेक्स तर्फ आर्कषण बढ्दै गए पछि सिंगल थिएटरहरु लाई मल्टीप्लेक्समा कन्भर्ट गर्नलाई लगानीको ठूलो आवश्यकता पर्दा पनि सिनेमा हलहरु बन्द हुनु परेको बताए ।
छिमेकी देश भारतमा कुनै पनि प्रदर्शकले सिनेमा हलहरुलाई अबग्रेट गर्न चाहे सरकारले सहयोग गर्छ तर त्यो अवस्था नेपालमा नभएको उनले गुनासो गरे । चलचित्रमा जिएसी जम्मा पाँच प्रतिशत लिनु पर्नेमा सरकारले यो फिल्म उद्योगलाई केन्द्रमा नराखेको कारणले पनि सिनेमा हलहरु दिनहुँ बन्द हुँदै गइरेहको बताए ।उनले सरकारले सिनेमा क्षेत्रको विषयमा गम्भिर रुपले सोच्नु पर्ने बताए । सिनेमा क्षेत्रमा लगानी गर्ने मान्छे लाई सरकारले साथ र सहयोग गर्नु पर्नेमा उनको जोड छ ।
उनले बारम्बार चलचित्र संघले पहल गर्दा पनि अहिले सम्म सम्बोधन हुन नसकेको बताए । साथै उनले सुरुमा चलचित्र बोर्डको गठन हुँदा देखि पनि १५ प्रतिशत मात्र कर तिनु पर्ने भनेका थियौं तर त्यो अहिले सम्म घट्न नसकेको बताए उनले भने, ‘हामीले बारम्बार चलचित्र विकास बोर्ड, सञ्चार, अर्थ मन्त्रालय सँग सिनेमा क्षेत्रका बारे पहलकदमी गरिरहेका हुन्छौं । तर खासै अहिले सम्म पहल भएको जस्तो लाग्दैन । अब सुरुमा चलचित्र विकास बोर्डको गठन हुँदा खेरी सिनेमा क्षेत्रमा १५ प्रतिशत कर लिने भन्ने निर्णय २०५८ सालमा गरेका थियौं तर अहिले सम्म करको दायरा घटाउन सकिएको छैन् ।यसमा धेरै पहल गर्यौं तर त्यो सुनुवाई भए जस्तो लागेको छैन ।’ यसै गरी उनले चलचित्र उद्योगलाई उद्योग सरहको मान्यता सरकारले दिनु पर्ने आफूहरुको माग रहेको बताए ।
उनले निर्माणलाई उद्योग सरहको मान्यता दिए पनि प्रदर्शकलाई नदिएकोमा दुख लागेको बताए । यसैगरी सिनेमा हलहरु बन्द हुँदा फिल्म प्रदर्शनमा समेत समस्या आइरहेको बताए । उनले सरकारले सिनेमा हलहरुको संख्या बढाएर मात्र कर बढी लिनु सान्दर्भिक हुने बताए ।



















आफ्नो प्रतिकृया दिनुहोस्