Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

क्रिसमस हरेकले मनाउन मिल्छ तर अर्थ बुझेर मनाउनु पर्छ : डा. शर्मा

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
पुस १०, २०८१
In अन्तर्वार्ता / विचार
0

१० पौष,जनकपुरधाम,(आकांक्षा धामी): ‘क्रिसमस’ अंग्रेजी शब्दको क्राइस्ट मास बाट निकालिएको हो । जसको अर्थ नेपालीमा ख्रिस्टको भेला भन्ने जनाउँछ । क्रिसमस सबै भन्दा पहिले ईसा पूर्व ३३६ अर्थात् चौँथो शताब्दीमा इसाई रोमन सम्राट कान्सटेन्डटाइनको शासनकालमा शुरु भएको थियो ।

यसको केही वर्ष पछि पोप जुलियसले आधिकारिक रूपमा इसा (येसु) ख्रिस्टको जन्म दिवसका अवसरमा २५ डिसेम्बरका दिन क्रिसमस डे मनाउने घोषणा गरि दिएका हुन् ।
बाइबलमा येसु ख्रिस्टको स्पष्ट जन्म मिति बारे कुनै निश्चित तारिखको कहीँ कतै लिपिबद्ध भएको छैन तर पनि केही इतिहासकार तथा सम्बन्धित संस्थाहरूले यसै विषय लाई लिएर आ–आफ्नो धारणा राख्ने गरेको क्रिष्टियन धर्म बारेका अध्येता डा. बालकृष्ण शर्मा बताउँछन् ।

उनले क्रिसमस भन्ने शब्दले ख्रिस्ट भन्ने शब्द लाई बुझाउने गरेको बताए ।उनले भने, ‘क्रिसमस भन्ने जो शब्द हामी प्रयोग गर्छौं, यसले चाँही ख्रिस्ट भन्ने शब्द लाई सम्बोधन गर्छ । ख्रिस्ट शब्द बाइबलमा उल्लेख छ । बाइबल हाम्रा निम्ति संसारमा मानव बनेर आउनु भयो । हाम्रो उद्धारकर्ताको रुपमा आउनु भयो र उहाँ लाई येशुख्रिस्ट भनेर पनि सम्बोधन गर्छौं । क्रिसमस ख्रिस्ट सँग सम्बन्धित छ । बाइबलमा पनि येसुख्रिस्टको बारेमा धेरै कुरा बताइएको छ । बाइबलमा येसु ख्रिस्टको जन्म मिति बारे कुनै निश्चित तारिख कहीँ कतै लिपिबद्ध भएको छैन् । तर पनि केही इतिहासकार तथा सम्बन्धित संस्थाहरूले यसै विषयलाई लिएर आ–आफ्नो धारणा राख्ने गरेका छन् । हामीले यसमा विवाद गर्नु हुँदैन ।’


यसै गरी उनले येसु ख्रिस्ट संसारमा मानव जाति लाई पाप बाट उद्धार गर्नको लागि आउनु भएको बताए । उनले आज भन्दा इ.सं २०२४ वर्ष अगाडि येसु ख्रिस्टकै नामबाट इ.सं स्थापित भएको समेत बताए ।‘संसारमा मानव जाति लाई पापबाट उद्धार गर्नको लागि येसु ख्रिस्ट आउनु भयो । आज भन्दा २०२४ वर्ष अगाडि । जसलाई हामी इ.सं भन्छौं । येसु ख्रिस्टकै नाम बाट स्थापित समंवद्ध हो । तर हामीले बाइबल लाई हेरौं भने पनि दुई भागमा विभाजन भएको छ । एउटा पूरानो करार भन्छौं जुन येसु आउनु भन्दा अगाडि र अर्को नयाँ करार येसु आउनु भए पछिको हो, उनी भन्छन् ‘येसु ख्रिस्ट अन्नत देखि हुनु हुन्छ भन्ने बाइबलको मान्यता छ ।’


यसै गरी क्रिसमसको मुख्य उद्देश्य भनेको नै मानव जाति लाई उद्धारका रुपमा घोषणा गरिएको दिनका रुपमा बुझ्नु पर्छ । शर्माका अनुसार सर्वोच्चमा परमेश्वर लाई महिमा र पृथ्वीमा जो व्यक्तिहरु सँग परमेश्वर प्रसन्न हुनु हुन्छ तीनिहरु लाई शान्ति दिन येसु आउनु भएको बताए ।


उनले ‘क्रिसमस डे’ लाई ऐतिहासिक रुपमा हेर्दा डिसेम्बर २५ तारिखका दिन उत्सव गरेर मनाइने गरिएको बताए । शर्माले अगाडिकै दिनहरु बाट, हप्ताहरु बाट पनि क्रिसमसको गीतहरु गाएर संसार भरी नै मनाइने चलन रहेको बताए ।


उनले भने, ‘क्रिसमसको गीत भन्नाले येसु संसारमा आउनु भएको बारेमा मानिस लाई बताउनका लागि, घोषणा गर्नका लागि र नेपालमा सन्दर्भ मा हेर्नु भयो भने पनि विभिन्न चर्चहरुमा क्रिसमसका गीतहरु गाउने चलन छ जसलाई हामी क्यारल भनेर पनि भन्छौं ।’ उनले क्रिसमसका अवसरमा कुनै विशेष परिकार वा विशेष खाना यो भनेर नतोकिएको बताए ।

उनले हरेक क्रिष्टियनले क्रिसमस रमाइलो गरेर या खुसी साटेर मनाए पनि येसुख्रिस्ट संसारमा आउनुको महत्व लाई मानिसको पाप क्षमा गर्नको लागि आएको कुरा भूल्न नहुने बताए ।उनले भने, ‘क्रिसमसका जो अभिव्यक्ति छन्, खुसीयालीका कुराहरु छन् । हरेक व्यक्तिले चाँही यो पनि बुझ्नु पर्दछ की येसु ख्रिस्ट संसारमा मानिसको पाप क्षमा गर्नको लागि आउनु भएको कुरा भूल्नु हुँदैन । येसु ख्रिस्ट पापको निम्ती पुसमा मर्नु भएको र तेस्रो दिनमा बौरिएर उठ्नु भएको कुरा पनि जोडिन्छ ।’


यसै गरी उनले क्रिसमस बुझेर मनाउने क्रिष्टियनर नबुझेर मनाउने क्रिष्टियनहरु समेत भएको बताए । उनले क्रिसमसको अर्थ नामधारी क्रिष्टियनहरुले नबुझेर समेत मनाउने गरेको बताए । शर्माले क्रिसमसले जहिले पनि येसुख्रिस्टले दिनु पर्ने मुक्तिलाई सम्बोधन गर्दै आएको बताए ।


उनले भने, ‘अब क्रिसमस संसारमा कसैले बुझेर त कसैले नबुझेर समेत मनाउने गरेको पाइन्छ । तर यसमा पनि क्रिसमस बुझेर मनाउने क्रिष्टियनर नबुझेर मनाउने क्रिष्टियनहरु पनि छन् । यसमा पनि नामधारी क्रिष्टियनहरुले बुझ्छन् कि बुझ्दैनन् होला ।क्रिसमस मनाउनु भनेको येसु ख्रिस्ट मुक्तिदाताका रुपमा आउनु भएको छ भन्ने बुझ्नु हो । अब चाडपर्वका रुपमा विभिन्न व्यक्तिहरुले यसलाई मनाउँछन् । यो मनाउने कुरा आफैंमा गल्ती होइन, किन भने यो उत्सवको समय पनि हो । ’


यसै बीच उनले उत्सव हो भन्दैमा क्रिसमस किन मनाइन्छ ? भनेर एकचोटी सोचेर मात्र मनाउन अनुरोध गरे । क्रिसमस हरेकले मनाउन मिल्छ तर मनाउनका लागि विचार गरेर र क्रिसमसको अर्थ बुझेर र येसुको उद्देश्य के हो त्यो थाहा पाएर मात्र मनाउन उनको अनुरोध छ ।उनले चर्चमा मनाइने क्रिसमस र विभिन्न ठाउँमा मनाइने क्रिसमसमा निकै भिन्नता रहेको बताए ।

उनले चर्च भित्र सामूहिक रुपमा अरु व्यक्ति पनि आएर उत्सव मनाउने तथा आराधान गरेर मनाइने गरिएको बताए । डिसेम्बर महिना शुरु हुँदै इसाई अनुयायीहरू क्रिसमसका लागि तयारीमा जुट्ने तथा यस पर्वमा मानिसहरू आफ्नो घर सुन्दर तरिकाले सजाउने र मण्डली (चर्च) मा गएर प्रभु येसुको यादमा प्रार्थना गर्ने अनि मैनबत्ती बाल्ने गरेको बताए ।


घर र चर्चमा क्रिसमस ट्री सजाएर केक काट्ने चलन यस पर्वमा महत्त्वपूर्ण मानिन्छ । यसका साथै क्रिसमसका दिनमा बालबालिकाहरू सान्ता क्लाजको प्रतीक्षामा बस्ने र उपहार लिने गर्दछन् । यसको मान्यता के छ भने रातो कपडा र सेतो दाह्रीमा सान्ता क्लाज स्वर्ग बाट आउने र मानिसहरू लाई उपहार दिएर जाने चलन विश्वासीहरू भित्र रहेको उनको भनाइ छ ।


यसै गरी शर्माले बाहिर मनाइने क्रिसमसमा धेरै जनाले एउटा चाडको रुपमा मनाउने तर त्यसको अर्थ चाँही बुझेको नभेटेको बताए । जसमा यस दिन अन्य धर्मका मानिसहरू पनि मैनबत्ती जलाएर प्रार्थना गर्ने,ताराहरु सँग जोडेर उत्सव मनाउने गरिएको उनको भनाइ छ ।उनले पछिल्लो समय फेसनको रुपमा क्रिसमस मनाइने गरिएको बताए ।

उनले फेसनको रुपमा नभइ यसको गहिराइमा गएर बुझेर मात्र मनाउनु पर्ने अवस्था रहेको बताए ।यस पर्वमा क्रिसमस ट्रीको समेत विशेष महत्व रहेको उनले बताए । क्रिसमस ट्री सजावट धेरै वर्ष पहिले उत्तरी युरोप बाट शुरु भएको मानिन्छ । तर, त्यस बेला मेला नामको रूख सजाएर जाडो पर्व मनाइन्थ्यो ।


एक विश्वास अनुसार, येशूको जन्ममा खुसी व्यक्त गर्न सबै देवताहरूले क्रिसमस ट्रीलाई सजाएका थिए । यही मान्यता अनुसार क्रिसमसको अवसरमा मानिसहरूले क्रिसमस ट्री लाई रंगिन बत्तीले सजाउने गर्छन् ।(डा.शर्मा सँग कुराकानीमा आधारित)

  • 37shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३
अन्तर्वार्ता / विचार

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२
अन्तर्वार्ता / विचार

कोशीले पायो प्रधानमन्त्री, वाग्मतीबाट मात्रै पाँच मन्त्री

चैत्र १३, २०८२
अन्तर्वार्ता / विचार

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२
अन्तर्वार्ता / विचार

र्‍यापरबाट उदाएका बालेन शाह पुराना दिग्गजहरू माथि भारी

फाल्गुन १३, २०८२
अन्तर्वार्ता / विचार

‘नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन’

माघ १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend