Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

१३ दिनमै फेरियो प्रमुख प्रशासकीय अधिकृत: सरुवा प्रक्रियामा सामान्य प्रशासनको मनपरी

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख १२, २०८२
In स्थानीय
0

१२ बैसाख,जनकपुरधाम: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी सरुवामा मनपरी शैली अपनाएको आरोप लागिरहेको छ। नियम र प्रक्रिया पालना गर्नु पर्ने मन्त्रालय आफैं मनपर्दी तरिकाले कर्मचारी सरुवा गर्दै आएको खुलेको छ, जसको असर विशेष गरी स्थानीय तहमा देखिएको छ।

दरबन्दी अनुसार जनकपुरधाम उपमहानगरपालिकामा खटाइएका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र कुमार मिश्र लाई मन्त्रालयले हाजिर भएको मात्र १३ दिनमै फिर्ता बोलाएको छ। मिश्र लाई २०८१ फागुन १२ गते उपमहानगरमा पठाइए पनि उनले चैत्र २७ गते हाजिर गरेका थिए। तर, दुई हप्ता समेत नपुग्दै उनलाई फेरि अर्को स्थानमा सुदूरपश्चिम प्रदेशमा प्रदेश सचिव बनाई सरुवा गरियो। मंगलबार सार्वजनिक ४७ सहसचिवहरूको सूचीमा मिश्र ३०औँ नम्बरमा परेका छन्।

यसरी बारम्बार कर्मचारी फेर्दा पालिकाको प्रशासनिक काम प्रभावित भएको उपमहानगरपालिका प्रमुख मनोज साहले बताए। उनले मन्त्रालयको यो कदम प्रति असन्तुष्टि जनाउँदै भने, “स्थानीय देखि संघीय तहसम्म सेवा प्रवाहमा बाधा आएको छ। सुशासनका लागि स–साना निर्णयहरूमा पनि निष्पक्षता र पारदर्शिता आवश्यक छ।”

प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र कुमार मिश्रले जनकपुरधाम उपमहानगरपालिकामा आफ्नो छोटो तथा सीमित कार्यकालमा उल्लेखनीय प्रशासनिक सक्रियता देखाएका थिए। उनले कार्यालयमा कार्यभार सम्हालेको केही दिनमै प्रशासनिक कामकाजलाई स्पष्ट दिशा दिँदै गति प्रदान गरेका थिए, जसको सकारात्मक प्रभाव नगरका वडास्तरमा समेत महसुस हुन थालेको थियो।

एक सेवाग्राहीका अनुसार, अधिकृत मिश्रको व्यावसायिकता, समर्पण र कार्यप्रति लगावले जनसेवामा नयाँ ऊर्जा प्रवाह गरेको थियो। नगर प्रमुख, उप–प्रमुख, वडाध्यक्षहरू तथा कर्मचारीहरूले पनि मिश्रको कार्यशैलीप्रति पूर्ण सन्तुष्टि व्यक्त गर्दै, उनको नेतृत्वमा कार्यालयमा अनुशासन, पारदर्शिता र कार्यकुशलताको स्तर उल्लेखनीय रूपमा उक्लिएको धारणा राखेका छन्।

मिश्रको असामयिक सरुवाले यस्ता सकारात्मक पहलकदमीहरूमा अवरोध सिर्जना गरेको र यसले उपमहानगरको विकास र सेवा प्रवाहमा गहिरो असर पार्ने चिन्ता सम्बन्धित पक्षहरूले व्यक्त गरेका छन्।

यस अघि उपसचिव राजकुमार केसीले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए। तर, अहिले देखिएको मनपरी र चलखेलले प्रशासनिक स्थायित्व र सुशासनमा गम्भीर प्रश्न उठाएको छ।

  • 12shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

स्थानीय

मधवापुर–मटिहानी सीमाक्षेत्रमा नेपालीको भीड भारतीय बजारतर्फ, नेपाली बजार सुनसान

अशोज ३०, २०८२
स्थानीय

सर्लाहीको चन्द्रनगरमा ईन्धन मै अनियमितता: अध्यक्ष महतो द्वारा एक लाख ८७ हजारको नियमविपरीत खर्च

अशोज २६, २०८२
स्थानीय

नेपालकै ठूलो लक्ष्मीनारायण मन्दिर (मठ) मटिहानीको हुलाक टिकट सार्वजनिक, धार्मिक–सांस्कृतिक महत्वलाई सम्मान

अशोज २४, २०८२
स्थानीय

कोडैना गाउँपालिकामा भ्रमणको नाममा आठ लाख सकियो

अशोज २३, २०८२
स्थानीय

नगरपालिकामा गरिएको तालाबन्दी हट्यो, माग पूरा नभए पुन: तालाबन्दी गर्ने चेतावनी

अशोज २३, २०८२
स्थानीय

सर्लाहीमा वडाध्यक्ष पक्राउ, स्थानीय आक्रोशित

अशोज २२, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

युवा उठे भने परिवर्तन रोकिन्न , निर्वाचन नै त्यसको शुरुवात हो: (सम्पादकीय)

कार्तिक १२, २०८२

सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न मुख्यमन्त्रीको निर्देशन

कार्तिक १, २०८२

परिस्थिति सामान्य भएपछि ४१ स्थानबाट सेना फिर्ता

कार्तिक १, २०८२

दियावती पर्वको शुरुवात, आज साँझ देखि धनतेरस

कार्तिक १, २०८२

दिवालीको बिदामा पनि बैंकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैंकको आग्रह

कार्तिक १, २०८२

जसपा मधेश प्रदेश अधिवेशनमा विवाद, एक पक्षको बहिष्कार घोषणा

अशोज ३०, २०८२

लोकतन्त्रमा ‘वन म्यान आर्मी’को ठाउँ हुँदैन : पूर्व मुख्यमन्त्री सिंह

अशोज ३०, २०८२

आज विश्व खाद्य दिवस मनाइँदै

अशोज ३०, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend