Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

नेपालले दक्ष नर्स उत्पादन गर्छ तर विदेशले फाइदा लिइरहेको छ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
बैशाख २९, २०८२
In अन्तर्वार्ता / विचार
0

२९ वैशाख, (प्रमिला कार्की),काठमाडौं: आज मे अर्थात् अन्तर्राष्ट्रिय नर्सिङ दिवस । ‘लेडी विथ द ल्याम्प’ को नामले विश्व प्रसिद्ध आधुनिक नर्सिङकी जन्मदाता फ्लोरेन्स नाइटिंगेलको जन्मदिनको अवसरमा यो दिवस संसार भर मनाइन्छ ।


’हाम्रा नर्स, हाम्रो भविष्यः नर्सहरूको संरक्षण गरौं, अर्थतन्त्र सबल बनाऔं’ भन्ने मूल नाराका साथ नर्सिङ दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ।


नेपालमा नर्स पेसा प्रति आकर्षण भए पनि स्वदेशमै रोजगारीको अवसर नहुँदा विदेशिने को संख्या बढ्दै गएको पाइन्छ । नेपालमा नर्सिङ पेसा प्रतिको आकर्षण बढ्दो क्रममा रहेको भएता पनि स्वदेशमा नर्सहरु लाई टिकाउने विषय चुनौतीको रुपमा खडा भएको छ ।


यहि क्रमको कुराकानीमा पाटन अस्पतालकी नर्सिङ निर्देशक शान्त डंगोल श्रेष्ठले सरकारले नर्सहरु लाई नेपालमा राम्रो सेवा सुविधा दिलाउन नसक्दा विदेशीने लहर बढेको बताइन् ।अबको १०–१५ वर्षको अन्तरालमा दक्ष नर्स जनशक्तिको अभाव हुने अवस्था देखि रहेकामा चिन्ता व्यक्तगर्दै उनले यस बारे सरकार र स्टेक होल्डरहरुले सोच्नु पर्ने अवस्था आएको औंल्याइन् ।


उनले भनिन्,‘नेपालमा धेरै नर्सिङ कलेजहरु खुलेका छन् । त्यहा बाट धेरै नर्सहरु उत्पादन हुन्छन् । तर उनीहरु लाई रोजगारीको अवसर छैन् । ग्यारेन्टी छैन् । रोजगारीका अवसर सिर्जना गर्न सरकारले गर्नु पर्ने कामहरु गर्न सकिरहेको छैन् । उनीहरु लाई नेपालमा नै काम दिलाउन सकिरहेको छैन् ।त्यस कारण नर्सहरु नेपाल बस्नु भन्दा पनि बाहिर जान रुचाउने गर्दछन् । उनीहरुको उद्देश्य भनेको नेपालमा पढ्ने विदेश गएर कमाउने रहेको छ ।स्थायी रोजगारी पाएकाहरु पनि विदेश गयो भने आर्थिक रुपमा सुधार गर्न सकिन्छ, परिवार लाई पाल्न सकिन्छ भन्ने खालको सोच राख्न थालि सकेका छन् । अब १०–१५ वर्षको अन्तरालमा दक्ष नर्स जनशक्तिको अभाव हुने अवस्था देखिदै छ ।यस बारे सरकार र स्टेक होल्डरहरुले पनि सोच्नु पर्छ ।’


त्यस्तै उनका अनुसार नर्सहरुको कथा, व्यथा र पीडा बुझ्ने भनेको नर्सले नै हो तर सरकारको नीति निर्माण तहमा नर्सिङ नेतृत्व पुगेको छैन् ।जति पनि नेतृत्वमा पुगेको छन् सबै चिकित्सकहरु मात्रै भएको कारण डाक्टरहरुले नर्सको कुरा बुझ्न नसक्ने उनी बताउँ छिन् ।सरकारले नीति निर्माण गर्ने ठाँउमा नर्सहरुको नेतृत्वलाई लानु पर्ने माग गर्दै उनले नर्सिङ क्षेत्रमा पनि राजनीतिकरण भइरहेको आरोप समेत लगाइन् ।


पार्टीगत भन्दा पनि नर्सहरु एकताबद्ध भएर जाने नीति सरकारले बनाउनु पर्ने उनको धारणा छ । नर्सहरुको न्यूनतम तलब सरकारले तोकेको अनुसार भयो भने नर्सहरु नेपालमा नै बस्ने अवस्था सिर्जना हुन सक्ने उनको ठम्याइ छ ।उनले भनिन्,‘यो वा त्यो पार्टी नभनिकन नर्सहरु एकताबद्ध भएर जाने नीति सरकारले बनाउनु पर्छ ।नर्सिङ संघ, परिषद् सबै ठाँउमा नर्सहरुको पहुँच भनेको स्वतन्त्र हुनु पर्छ । नर्स लाई काम दिने अस्पताल, संस्थाहरुले न्यूनतम तलब दिनु पर्छ र सरकारले त्यस लाई लागू गराउन सक्नु पर्छ । नर्सहरुको न्यूनतम तलब सरकारले तोकेको अनुसार भयो भने नर्सहरु यही बस्ने अवस्था सिर्जना हुन सक्छ । आफ्नो मान्छे होइन राम्रो मान्छे छनोट गर्नु पर्यो ।’


उनले २४ घण्टा नै बिरामीको सेवामा बसेका नर्सहरुले थुप्रै चुनौती र पीडाहरु खेप्न परेको दुखेसो गरिन् । नर्स पेशामा आउने वित्तिकै नै पीडा सुरु हुने भन्दै उनले त्यो पीडालाई आफ्नो शक्ति बनाएर अगाडि बढ्नु पर्ने सुनाइन् ।त्यस्तै उनले ‘एक विद्यालय एक नर्स’ भन्ने नीतिले एकदमै राम्रो भइरहेको सुनाइन । यसमा विद्यार्थी सँगै अभिभावकहरुले पनि शिक्षा लिने मौका पाएको बताइन् ।


यसमा थप्दै उनले भनिन्,‘एक नर्स भन्ने नीतिले एकदमै राम्रो भइरहेको छ । यसमा विद्यार्थी सँगै अभिभावकहरुले पनि शिक्षा लिने मौका पाएका छन् । पहिले यौन र मानसिक स्वास्थ्य बारे चर्चा हुने गरेको थिएन। अहिले हुने गरेको छ त्यस कारण यो नीति एकदमै राम्रो छ ।’ डाक्टरहरु आएर के औषधी दिने हो लेख्न निर्देशन दिने तर २४ घण्टा बिरामी सँग बसेर काम गर्ने नर्स भएको कारण बिरामी लाई धेरै बुझ्ने भनेको नै नर्स नै हुने गरेको दाबी गरिन् ।


त्यस्तै पाटन अस्पतालकी नर्सिङ सहायक निर्देशक गीता किलम्बूले पनि नर्सिङ क्षेत्रमा समस्या भनेको नै नेपालमा पढ्ने र विदेशिने लहर रहेको बताइन् । पढ्दा देशको लगानी पर्ने तर त्यसको आउटपुट भने विदेशमा देखिने गरेका कारण देशको र स्वास्थ्य संस्थाको अर्थतन्त्रमा पनि घाटा भइरहेको बताइन् ।उनले भनिन्,‘नर्सिङ क्षेत्रमा समस्या भनेको नै नेपालमा पढ्ने त्यस पछि विदेशिने लहर छ ।नेपाल सरकारको आफ्नो लगानी गर्छ तर त्यसको आउटपुट भने विदेशमा देखिने गरेको छ । त्यो भनेको देशको र संस्थाको अर्थतन्त्रको घाटा हो ।एकदमै पढ्न सक्नेहरुले सरकारी जागिरमा नाम निकाल्छन् । तर कालान्तरमा उहाँहरु पनि विदेशिनु हुन्छ । त्यसैले यसमा पनि सरकारले विचार गर्नु पर्छ ।’


राज्यको पहुँच र नीति निर्माण तहमा नर्सहरुको प्रतिनिधित्व हुनु पर्ने उनको बुझाइ छ । ‘विभिन्न पहुँचमा नर्स पुगे भने नर्सको मूल्य बुझ्छन् जस्तो लाग्छ । त्यसैले नर्सहरुको लागि पनि कोर्ष खुल्नु पर्छ माथिल्लो स्तरमा जानका लागि। र उहाँहरुको लागि अवसर प्रदान गरिनु पर्छ । नर्सहरु लाई के कस्तो भइरहेको छ भन्ने कुरा नर्सलाई बाहेक अरुलाई थाहा हुँदैन् । त्यसैले माथिल्लो तह सम्म पनि नर्सलाई मौका दिनु पर्छ,’ उनले थपिन् ।


नेपालका नर्स विदेशीने कारण अर्थतन्त्रमा असर पर्ने र विरामी हेरचाह पनि राम्रो सँग पाउँन नसक्ने अवस्था निर्माण भएको उनी बताउँ छिन् ।उनले नर्सहरु लाई कसरी नेपाल रोक्ने भन्ने विषयमा सरकारले अनुसन्धान गर्नु पर्ने आवश्यकता औल्याइन् । अबको १० वर्षमा विरामीको हेरचाह गर्नको लागि नर्स नहोलान् भन्ने पीर परेको उनले सुनाइन् ।
उनले भनिन्,‘हामीले नर्स उत्पादन गर्यौं तर धेरैले बाहिर रोज्न थाले । यसले अर्थतन्त्र र विरामीको हेरचाहमा असर पारेको छ । एक दुई वर्ष काम गरेका त विदेश गइरहेका थिए ,अहिले त २० वर्ष काम गरि सकेकाले पनि विदेश रोज्न थाले । त्यसलाई सरकारले रोक्न सक्नु पर्छ । तालीम दिने वा पारिश्रमिक बढाउने के गर्ने हो सोच्नु पर्छ । यसमा अनुसन्धान चाँही गर्न आवश्यक छ ।’


अनुभवी स्वास्थ्य कर्मीको हातमा पर्यो भने मर्न लागेको विरामी पनि बाँच्ने तर अनुभव नभएको हातमा पर्यो भने बाँच्ने विरामी पनि मर्न सक्ने भएकाले यसमा धेरै विचार पुर्याउनु पर्ने उनको भनाइ छ ।


यस्तै,पाटन अस्पतालकै अर्की नर्सिङ सहायक निर्देशक अनिता रोङगोङले अहिले नर्सिङ कलेजहरु बढे सँगै त्यही अनुसार प्रोडक्सनहरु बढेको बताइन् ।कतिपय प्रोडक्सन भए पनि दक्षताको अभावले गर्दा नर्सहरुमा अलिकति हच्केको र आत्मविश्वास नभएको महशुस आफू लाई भएको उनले सुनाइन् ।


विदेशको आकर्षण, त्यहाँको बसाई सुविधा र दैनिक रुपमा चाहिने आवश्यकता पूरा गर्न नसक्ने अवस्था देखेर पनि विदेश जाने क्रम बढेको उनको भनाइ छ । आफ्नो पेशा प्रतिको इमान्दारिता कायम राख्न सक्ने मानिस कहिल्यै पैसाको पछि नलाग्ने भन्दै आफ्नो पेसा प्रति सन्तुष्टि भए कुनै प्रलोभनले नछुने उनको बुझाइ छ ।

  • 36shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३
अन्तर्वार्ता / विचार

बाढीमा मधेशका जनता, मधेशवादी नेतामाथि प्रश्न: संकटमा नेतृत्व कहाँ ?

भदौ २३, २०८३
अन्तर्वार्ता / विचार

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३
अन्तर्वार्ता / विचार

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२
अन्तर्वार्ता / विचार

कोशीले पायो प्रधानमन्त्री, वाग्मतीबाट मात्रै पाँच मन्त्री

चैत्र १३, २०८२
अन्तर्वार्ता / विचार

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend