७ जेठ जनकपुरधाम: हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशको कर्णाली र सुदुरपशचिम प्रदेश लगायत पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा मूख्यतया मौसम सफा देखि आंशिक बदली रहेको छ । कोशी, बाग्मती र सुदुरपशचिम प्रदेश का स्थानमा हल्का वर्षा भईरहेको छ, भने मधेश मा हावा हुरी लगायत मेघगर्जन र चट्याङ्ग सहित भयंकर वर्षा भईरहेको छ ।
आज दिउँसो भने कोशी, बागमती र गण्डकी प्रदेश लगायत पहाडी भू—भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू—भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आज राती, कोशी, मधेश, गण्डकी र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू—भागमा आंशिक बदली रहनेछ । कोशी, मधेश, गण्डकी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
आफ्नो प्रतिकृया दिनुहोस्