Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रमाण नष्ट गराउन निर्मलाकी आमालाई प्रभावमा पार्ने काम भएको देखिन्छ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २७, २०८२
In अन्तर्वार्ता / विचार
0

(मनिषा बस्नेत),२७ जेठ: कन्चनपुरकी निर्मला पन्तको वलात्कार पछि गरिएको हत्याकाण्डमा संलग्न अपराधी लाई पक्राउ गर्नु भन्दा पनि शुरुमा अनुसन्धानको निकायले आँखामा छारो हाल्ने काम गर्न तिर लागे । दोहोरो बोल्ने लाई मुद्दा हाल्न थाले । मैंले बोलें, मलाई पनि मुद्दा हालि हाले । अरु एक दुई जना लाई पनि मुद्दा हालियो । सजाय पनि गरेको छ । उक्त घट्नाका सम्बन्धमा पटक पटक फेरिएका गृहमन्त्रीले शपथ ग्रहण गरेर जिम्मेवारी सम्हाल्ने बेला कारवाहीको प्रतिबद्धता जनाउने गर्छन् । त्यस पछि चुपचाप बसिरहने परम्परा आज पनि जारी छ ।


अहिलेका गृहमन्त्री रमेश लेखक ज्यूको गृहजिल्ला पनि उतै अर्थात सुदुर पश्चिम तिर नै हो । यस अगाडिका रवि लामिछानेले पनि अपराधी पत्ता लगाएरै छाड्ने भनेर नाम लिनु भएको थियो । नारायण काजी श्रेष्ठले पनि नाम लिनु भएकै हो । सबै गृहमन्त्री निर्मलाको नाम र उक्त घट्ना प्रकरण बारे बोल्न छाडेनन् । तर कुर्सी सम्हाले पछि चाँही त्यो नाम लिइरहन जरुरी ठानेनन् । अनुसन्धानवा छानविन निष्कर्षमा पुर्याउनु पर्छ भन्ने लाइन तिर उक्त मुद्दा जाँदै गएन ।


उक्त विषय राजनीति गर्ने माध्यम चाहीं बन्यो । आम जनता प्रति सच्चा छु भन्ने देखाउनका लागि मात्र प्रस्तुत गर्ने प्रतिबद्धता जनाइयो । जनउत्तरदायी छु भनेर पब्लिकलाई देखाउने मात्र काम भयो । त्यस कारण अनुसन्धान गर्ने निकायहरु अभाव, दबाब र प्रभाव बिहीन हुनु पर्ने हो तर सो मुद्दामा त्यो भएन भन्ने मेरो निष्कर्ष हो ।अनुसन्धान गर्ने निकाय अभाव, दबाब र प्रभाव मध्ये एउटामा परेको हो तर कुनमा पर्यो चाँही थाहा छैन् ।

तर त्यही कुरामा निर्मला पन्तकी आमा स्वयंम आफू परिन् । उनलाई प्रमाण नष्ट गरियो भनेर त्यसको विरुद्धमा मुद्दा हालेको थिइन् । थुनछेकको मुद्दाको दिनमा प्रहरी इन्स्पेक्टरको गाडीमा हालेर ल्याइयो र मैंले अरुको दबाबमा हालेको मुद्दा हो,फिर्ता पाऊ भनिन् । भने पछि यो मुद्दामा कति ठूलो प्रभाव छ ? राज्यले कति धेरै संरक्षण दिएको छ, यहाँ बाट प्रमाणित हुन्छ ।


निर्मलाको घट्नामा राज्यले पीडितलाई होइन पीडकलाई संरक्षण दिएको छ । प्रमाण नष्ट गर्ने व्यक्तिको नाममा अदालतमा मुद्दा चल्ने र मुद्दा टुंगो लागेको भए पीडक निस्कन सक्ने भएकाले त्यो ननिस्कोेस भन्नका लागि पनि उनकी आमालाई आर्थिक अवस्थाले कमजोर भएको वहानामा प्रभावमा पारेको देखिन्छ । प्रतिवादी भएको कर्मचारी प्रहरी इन्स्पेक्टरले आफ्नो गाडीमा ल्याउनु भयो । र आफ्नो जायरी फिर्ता लिन लगाइयो ।


त्यसैले कसैको प्रभावमा परेर निर्मलाको घटना सत्य तथ्य सहित टुंगोमा नपुगेको हो भन्दा दुई मत छैन् । राज्यले पनि त्यो घट्नामा संरक्षण गरेको छ । प्रमाण नष्ट र यातनाको मुद्दा परेको थियो । प्रमाण नष्टमा आमामार्फत फिर्ता लिन लगाइयो । यातनामा पुनरावेदन पनि गर्न नपाइने गरी मुद्दालाई अन्तिम बनाएर टुङ्ग्याइयो । यसरी सबै सम्भावित बाटोहरु बन्द गरिएको छ । मुखले मात्रै यसलाई टुंगोमा पुर्याइन्छ भनेर कहाँ हुन्छ र ? सम्भावित बाटोहरु बन्द भइसकेको जस्तो लाग्छ ।


हामी उहाँको भन्दा पनि न्यायको पक्षमा लड्यौं ।स्थानीयहरु वा छरछिमेकहरु लाई पनि सोध्यौं । भेला गरेर औपचारिक र अनौपचारिक रुपमा पनि सोधपुछ गरेको थियौं । कतिपय कुरामा हाम्रो परिचय पनि नदिएर पनि सोध्यौं । केही न केही अनायसमा भएको हो कि भन्ने लागेको थियो तर त्यस्तो लागेन । यस विषयलाई सेटल गर्नका लागि जुन मेहेनत भयो त्यस पछि एउटा कमिटी गठन भएको थियो । त्यो कमिटीको एक सदस्यले दिएको राजीनामा र उसले दिएको नोट एप्लिकेसनको पेपर ति सबै कुराहरुले गर्दा खेरि त्यो केसलाई पनि ढिसमिस पार्ने काम भयो ।


राज्यले संरक्षण दिनुपर्ने कारणहरु विभिन्न छन् । यसमा राजनीतिक दलकै मान्छेको संग्लनता छ । की प्रत्यक्ष या अप्रत्यक्ष रुपमा । कोही प्रत्यक्ष संग्लग्न होलान् भने कोही नभए पनि अप्रत्यक्ष संग्लग्नता हुन सक्छ । ठ्याक्कै यही हो भन्ने कुरा हाम्रो मुखले भन्ने कुरा रहेन । अनुसन्धान गर्ने निकाय र राज्यले अनुसन्धान गर्न लाई गरेको खर्चको प्रतिफल हामीलाई चाहिने हो । दुई–दुई कमिटी बन्यो ।

एक जना डिआइजीको नेतृत्वमा कमिटी बन्यो, जसले प्रतिवेदन नै बाहिर सार्वजनिक गरेन् । यही विषयमा प्रश्न उठ्ने गर्छ ।त्यस पछि अर्को कमिटी बन्यो । आयोग गठन भएको थियो । त्यसमा सबैले राजीनामा दिएर लामो आफ्नो धारणा लेखे । ति दुई वटा कुरामा पनि राज्यले ध्यान दिएन । चलेको मुद्दामा पनि नचलाउने गरी पुनरावेदन नै गर्न नमिल्ने गरी ति मुद्दाहरु लाई टुङ्ग्याउने काम भयो । निर्मलाकी आमालाई नै जाहेरी फिर्ता लिन बाध्य पार्ने कुरा सामान्य होइन् । नगरपालिकामा जागिर दिएर थामथुम पार्ने काम भयो । यि सबै घटनाक्रम र आश्वासन लाई हेर्दा घट्ना सामसुम पार्ने कुरा राज्यबाट संरक्षित होइन भनेर कसरी भन्ने ?


हामी फौजदारी मुद्दामा नियमित बहस गर्ने व्यक्ति हौं । राज्यका निकायले अन्य बिना अपराधीलाई थर्काउने प्रयत्न गर्यो तर खास अपराधी अपराधि को हो त्यसमा मौन बस्यो । सबैलाई थाहा छ, कसैलाई थाहा छैन् । यो बडो गज्जबको घट्ना छ ।न्यायको प्रक्रिया एकदमै जटिल छ ।कुनै दिन न्याय पाइन्छ भन्ने आशा चाहीं छ ।न्यायको प्रक्रियालाई अवरुद्ध नगरेको भए पत्ता लाग्ने अवस्था हुन्थ्यो ।

प्रक्रियालाई अवरुद्ध गरि सक्यो भने न्याय नै अवरुद्ध हुन्छ । तर घटनाको निचोड निस्कन्छ भन्ने आशा धेरै गर्न सकिदैन् । आफूले उठाएको आवाज लाई चुप लागेर बस्ने भन्ने पनि होइन । तर यही अवस्थाले चाहीं हुँदैन् ।भएका, उठेका र देखिएका विषय लाई राज्यले नदेखेको जस्तो गरेपछि कहाँबाट पत्ता लाग्छ ? गृहमन्त्री हुँदा वा कुर्सीमा बस्दा मात्र प्रतिवद्धता देखाउने कुराले पीडितले न्याय पाउँदैनन् ।


अझै पनि अगाडि आएका विषयलाई समेटेर कसैको प्रभावमा नपरी फेरि एक पटक राम्रो सँग अनुसन्धान भयो भने अझै सत्य तथ्य कुरा पत्ता लाग्छ । यसमा धेरै वटा प्रमाणहरु जोडिएका छन् । राज्य इमान्दार हुनु पर्छ ।धेरै मान्छेले निर्मला हत्या प्रकरणलाई विर्सिसके । मलाई धेरै मान्छेले सोध्ने गर्छन, निर्मलाका बलात्कारी लाई पता लगाइस् ?

तर हामीले पत्ता लगाउने भन्दा पनि खवरदारी गर्ने हो । यस घटनामा एकपटक अन्तर्राष्ट्रिय विज्ञहरु राखेर अनुसन्धान गर्नु पर्छ ।सुतेको मान्छेलाई उठाउन सकिन्छ तर सुतेको नाटक गरेको लाई सकिदैन । यहाँ राज्य सुतेको नाटक गरिरहेको छ । (अधिवक्ता एवम मानव अधिकारकर्मी इन्द्र अर्याल सँग गरेको कुराकानीमा आधारित)

  • 40shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३
अन्तर्वार्ता / विचार

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२
अन्तर्वार्ता / विचार

कोशीले पायो प्रधानमन्त्री, वाग्मतीबाट मात्रै पाँच मन्त्री

चैत्र १३, २०८२
अन्तर्वार्ता / विचार

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२
अन्तर्वार्ता / विचार

र्‍यापरबाट उदाएका बालेन शाह पुराना दिग्गजहरू माथि भारी

फाल्गुन १३, २०८२
अन्तर्वार्ता / विचार

‘नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन’

माघ १८, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३

फोहरबाट ऊर्जा: जनकपुरधामलाई सफा र समृद्ध बनाउने सुनौलो अवसर

असार २९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend