Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

अब त आश मरि सक्यो : दुर्गा देवी पन्त

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २७, २०८२
In विविध
0

२७ जेठ,कन्चनपुर : छोरी निर्मला पन्तका हत्यारा अहिले सम्म पत्ता लागेको छैन् । पत्ता लगाएको भए त धेरै कुरा थाहा हुन्थ्यो होला । तर खोइ केही थाहा छैन् । अब अनुसन्धान गर्छन् या गर्दैैनन् त्यो पनि थाहा छैन् । हिजो आज त यता आएर कसैले पनि सोधपुछ गरेका छैनन् । मलाई अब आशै मरि सक्यो । अहिले सम्म कसैले पत्ता लगाएनन् र लगाउँछन् जस्तो पनि लाग्दैन् । पहिले अर्थात एक दुई वर्ष अगाडि त प्रहरीहरु आउँदै खोजी गर्दैछौं भन्थे । अहिले चाँही आएका नि छैन्न् । पत्ता लगाउँदैनन् जस्तो लाग्छ । आशा मरि सक्यो ।


कानुन पनि यस्तै रहेछ । गर्छु भन्दा भन्दै धेरै वर्ष विति सक्यो । हिजो आज त अपराधी पत्ता लगाउन खोजी गरेको जस्तो नै लाग्दैन् । त्यसैले धेरै आशा गर्ने ठाउँ छैन् । धेरै तिरको दबाब पछि तत्काल सरकारले केही राहत दिएको थियो । पहिले नै सरकारले राहत दिएको हो । त्यही मात्रै हो, अहिले पाएको छैन् ।


अहिले स्वास्थ्य कार्यालय सहयोगीका रुपमा काम गरिरहेको छु । दिन काट्ने बाटो गरिरहेको छु । आफ्नो जीवन चलाउनलाई अरु केही काम छैन् । के गर्नु सानो तिनो काम गर्नै पर्यो । घट्ना भयो, माहोल बिग्रियो । एकदमै समस्या भयो । अनि सानो जागिर लगाइ दिनु भनेका थियौं । त्यस पछि २०७६ साल देखि काम गरिरहेको छु ।


अझैपनि अपराधी पत्ता लगाइ दिनुहोस् भनिरहेकी छु ।तपाईहरुले अनुसन्धानकर्ताहरु लाई पनि सोधि दिनु होला र कारबाही गराइ दिनु होला । घटना भइहाल्यो छोरी त फर्केर आउँदिनन् तर पनि अपराधीलाई सजाय मिल्यो भने अलि सन्तुष्टि हुने थियो । (निर्मला पन्तकी आमा दुर्गा देवी सँग कुराकानीमा आधारित)

निर्मला प्रकरण बारे सुक्ष्म अनुसन्धान जारी छ : एसपी खत्री
कन्चनपुरकी निर्मला पन्तको वलात्कार पछि भएको हत्याबारे सुक्ष्म अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी उपरीक्षक(एसपी) खड्क बहादुर खत्रीले उक्त घटनाका सम्बन्धमा सुक्ष्म अनुसन्धान जारी राखेको प्रतिक्रिया दिएका हुन् ।


‘निर्मला पन्तको घटना पूरानो हो । यद्यपी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर टीमले मिले सम्म सुक्ष्म रुपमा अनुसन्धान गरि राखेकै छ,’ उनले भने ।जटिल केसहरुको अध्ययन रोक्न नमिल्ने भएकाले अध्ययन र अनुसन्धान जारी रहेको एसपी खत्रीको भनाइ छ ।


‘यो लामो हद म्याद भएको मुद्दा पनि हो र यस्तो जटिल केसहरुलाई अनुसन्धान बीचमा नै रोक्ने कुरै भएन । त्यसैले पनि अनुसन्धान सुक्ष्म रुपमा भइरहेको छ ।’ घटनाको लगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो, (सिआइबी) लगायतका स्थानबाट प्रहरी अधिकारी पुगेर घटनाको अनुसन्धान गरेको थियो ।

तत्कालिन अवस्थामा दिलिप सिंह विष्टको डीएनए नमिले पछि घटनाको अनुसन्धान पेचिलो बनेको थियो ।निर्मलाको बलात्कार र हत्या प्रकरणमा झन्डै एक सय जनाको डीएनए परीक्षण गरिएपनि डीएनए म्याचिङ भएको थिएन् । त्यस पछिको अनुसन्धानले कुनै निष्कर्ष दिन सकेको छैन् ।

  • 35shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend