Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

अब त आश मरि सक्यो : दुर्गा देवी पन्त

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २७, २०८२
In विविध
0

२७ जेठ,कन्चनपुर : छोरी निर्मला पन्तका हत्यारा अहिले सम्म पत्ता लागेको छैन् । पत्ता लगाएको भए त धेरै कुरा थाहा हुन्थ्यो होला । तर खोइ केही थाहा छैन् । अब अनुसन्धान गर्छन् या गर्दैैनन् त्यो पनि थाहा छैन् । हिजो आज त यता आएर कसैले पनि सोधपुछ गरेका छैनन् । मलाई अब आशै मरि सक्यो । अहिले सम्म कसैले पत्ता लगाएनन् र लगाउँछन् जस्तो पनि लाग्दैन् । पहिले अर्थात एक दुई वर्ष अगाडि त प्रहरीहरु आउँदै खोजी गर्दैछौं भन्थे । अहिले चाँही आएका नि छैन्न् । पत्ता लगाउँदैनन् जस्तो लाग्छ । आशा मरि सक्यो ।


कानुन पनि यस्तै रहेछ । गर्छु भन्दा भन्दै धेरै वर्ष विति सक्यो । हिजो आज त अपराधी पत्ता लगाउन खोजी गरेको जस्तो नै लाग्दैन् । त्यसैले धेरै आशा गर्ने ठाउँ छैन् । धेरै तिरको दबाब पछि तत्काल सरकारले केही राहत दिएको थियो । पहिले नै सरकारले राहत दिएको हो । त्यही मात्रै हो, अहिले पाएको छैन् ।


अहिले स्वास्थ्य कार्यालय सहयोगीका रुपमा काम गरिरहेको छु । दिन काट्ने बाटो गरिरहेको छु । आफ्नो जीवन चलाउनलाई अरु केही काम छैन् । के गर्नु सानो तिनो काम गर्नै पर्यो । घट्ना भयो, माहोल बिग्रियो । एकदमै समस्या भयो । अनि सानो जागिर लगाइ दिनु भनेका थियौं । त्यस पछि २०७६ साल देखि काम गरिरहेको छु ।


अझैपनि अपराधी पत्ता लगाइ दिनुहोस् भनिरहेकी छु ।तपाईहरुले अनुसन्धानकर्ताहरु लाई पनि सोधि दिनु होला र कारबाही गराइ दिनु होला । घटना भइहाल्यो छोरी त फर्केर आउँदिनन् तर पनि अपराधीलाई सजाय मिल्यो भने अलि सन्तुष्टि हुने थियो । (निर्मला पन्तकी आमा दुर्गा देवी सँग कुराकानीमा आधारित)

निर्मला प्रकरण बारे सुक्ष्म अनुसन्धान जारी छ : एसपी खत्री
कन्चनपुरकी निर्मला पन्तको वलात्कार पछि भएको हत्याबारे सुक्ष्म अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रहरी उपरीक्षक(एसपी) खड्क बहादुर खत्रीले उक्त घटनाका सम्बन्धमा सुक्ष्म अनुसन्धान जारी राखेको प्रतिक्रिया दिएका हुन् ।


‘निर्मला पन्तको घटना पूरानो हो । यद्यपी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय कञ्चनपुर टीमले मिले सम्म सुक्ष्म रुपमा अनुसन्धान गरि राखेकै छ,’ उनले भने ।जटिल केसहरुको अध्ययन रोक्न नमिल्ने भएकाले अध्ययन र अनुसन्धान जारी रहेको एसपी खत्रीको भनाइ छ ।


‘यो लामो हद म्याद भएको मुद्दा पनि हो र यस्तो जटिल केसहरुलाई अनुसन्धान बीचमा नै रोक्ने कुरै भएन । त्यसैले पनि अनुसन्धान सुक्ष्म रुपमा भइरहेको छ ।’ घटनाको लगत्तै केन्द्रीय अनुसन्धान ब्यूरो, (सिआइबी) लगायतका स्थानबाट प्रहरी अधिकारी पुगेर घटनाको अनुसन्धान गरेको थियो ।

तत्कालिन अवस्थामा दिलिप सिंह विष्टको डीएनए नमिले पछि घटनाको अनुसन्धान पेचिलो बनेको थियो ।निर्मलाको बलात्कार र हत्या प्रकरणमा झन्डै एक सय जनाको डीएनए परीक्षण गरिएपनि डीएनए म्याचिङ भएको थिएन् । त्यस पछिको अनुसन्धानले कुनै निष्कर्ष दिन सकेको छैन् ।

  • 19shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

पूर्व-सांसद आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालो मोसो प्रहार

जेष्ठ २९, २०८२
विविध

पत्रकार नारायण अर्याल प्रहरी निगरानीमा

जेष्ठ २९, २०८२
विविध

निर्मला पन्तको बलात्कार पछि हत्या भएको २५ सय दिन पुग्यो

जेष्ठ २७, २०८२
विविध

नेपालमा पहिलो पटक ‘सेक्स चेन्ज’ अपरेसन सफल, विदेशमा भन्दा सस्तो सेवा

जेष्ठ २५, २०८२
विविध

पत्रकार माथि दुव्र्यवहार: अधिवक्ता थापालाई क्षमायाचनाको माग

जेष्ठ २३, २०८२
विविध

सिरहामा ग्राभेल उत्खनन रोक्न खोज्दा झडपको अवस्था, स्थानीयको कडा प्रतिकार

जेष्ठ १४, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

मधेश प्रदेश सरकारले गर्यो आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सार्वजनिक  

असार १, २०८२

मानव सेवामा उपमहानगरको उदाहरणीय कदम : मानव सेवा आश्रमलाई पाँच लाख ९९ हजारको सहयोग, स्थायी आश्रयका लागि मेयर साहको पहल

असार १, २०८२

प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

असार १, २०८२

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

असार १, २०८२

राप्ती हाइड्रो पावरको हकप्रद शेयर आज देखि विक्रीमा

असार १, २०८२

बंगलादेशमा ४० मेगावाट बिजुली पठाउने मिति नजिकिँदै, प्राधिकरणको तयारी अन्तिम चरणमा

जेष्ठ ३१, २०८२

माओवादी केन्द्र प्रति जनविश्वास बढे सँगै षड्यन्त्र शुरु भयो : अध्यक्ष प्रचण्ड

जेष्ठ ३१, २०८२

आज विश्व रक्तदाता दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइदै

जेष्ठ ३१, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend