Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

सर्वसाधारणभन्छन् : निर्मलाको हत्या गर्नेको आत्माले कहिले शान्ति पाउँदैन्

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २७, २०८२
In अन्तर्वार्ता / विचार
0

(मनिषा बस्नेत),२७ जेठ,काठमाडौं : ‘न्याय नपाए गोर्खा जानु’ भन्ने भनाइ नेपाली समाजमा अहिले पनि विद्यमान छ । तर वर्तमान परिदृश्यमा उक्त भनाइ कति सान्दर्भिक र व्यवहारिक छ भनेर मूल्यांकन गर्न निर्मला पन्त प्रकरणलाई हेरे पुग्छ ।


अन्यायमा परि न्यायको आशमा जीवन व्यथित गरिरहेका कैयौं  घटना छन् । ति घट्नाहरुबाट गोर्खा जाने प्रसंग सँग मेल खाँदैन् । यस्तै एउटा बिर्सिनै नसक्ने घटना हो निर्मला पन्त हत्या प्रकरण ।


२०७५ साल कञ्चनपुरको भीमदत्त नगरपालिका—२ मा १३ वर्षीया निर्मला पन्तको बलात्कार गरी हत्या गरिएको थियो । उक्त घटनालाई लिएर न्यायको आशामा देशभरका जनताले आवाज उठाएका थिए । आज सात वर्ष पुग्दा पनि ती आवाज सम्बधित निकायले सुन्न नसकेको सर्वसाधरणहरु बताउँछन् ।


सरकारले निर्मलालाई बिर्से पनि आफूले बिर्सिन नसकेको भन्दै यस विषयमा एकोहोरो लाग्नु पर्ने गृहमन्त्रालयले वेवास्था गरिरहेको कानुनका विद्यार्थी अजय पौडेल बताउँछन् । उनले सरकार परिवर्तन भइरहने खेलले गर्दा पनि यसको टुङगो लाग्न नसकेको बताए ।


‘सरकार स्थिर हुन सकेको छैन् । सरकार परिर्वतन भइरहेको छ । सरकार स्थिर भएको भए एउटा निर्णय हुने थियो । त्यस बेला गृहमन्त्रीले राजीनामा दिन पर्यो भन्ने खालका कुराहरु आएका थिए तर नेताहरुले भन्ने एउटा र गर्ने अर्को रहेको छ । त्यसैले निर्मला हत्याकाण्डमा न्याय दिन नसक्नु भनेको न्यायको वहिस्कार गरे सरह नै हो । यस विषयमा गृहमन्त्रालय एकोहोरो लाग्नु पर्ने हो तर वेवास्ता गरिरहेको छ,’ उनले भने ।


लामो समय बिति सक्दा पनि निर्मला जस्तै अरु थुप्रै किशोरीहरुले न्याय पाउन नसकेको भन्दै अझै सरकार प्रति आशा जीवित रहेको सल्लु तिवारी बताउँछिन् ।उनले भनिन्, ‘न्यायत पाउनु पर्ने हो तर न्याय पाउन नसक्नु दुर्भाग्य जस्तो लाग्छ । प्रमाण नै नष्ट गरिसकेको हो कि । निर्मला जस्तै अरु थुप्रै यस्ता केसहरु छन् कसैको पनि पहिचान खुलाउन सकेको छैन् । तर पनि सरकार प्रति आशा राखेका छौँ । सत्य तथ्य पहिचान बाहिर निकाल्न सकोस् । कानुन अंन्धो हुन्छ उसले प्रमाण हेर्ने हो नि ।’


पीडितले न्याए पाउनै पर्ने र त्यसको लागि फेरि आवाज उठाउनु पर्ने समय आएको एक विद्यार्थी बताउछन् ।सङखुवासभा खादवारीका काजी बहादुर घिमिरे निर्मला जस्ता युवतीहरु आज विदेशमा अलपत्र परी बेचिएको बताउँछन् । जिवित हुँदा स्वदेशमा न्याय नपाउने अनि विदेशमा झन नेपाली महिलाको विजोग भइरहेको अवस्था छ ।


उनले भने, ‘निर्मला जस्ता सयौं निर्मलाहरु यहाँ बितिसकेका छन् । हाम्रा नेताहरुले परिवर्तनका नाममा जनतालाई अल्मलाइरहेका छन् ।निर्मला जस्ता युवतीहरु विदेशमा अलपत्र परेका, कोही विदेशमा मारिएका, कोही बेचिएका छन् । स्वदेशमा त न्याय पाउँदैनन् भने त्यो विदेशका नेपालीहरु के न्याय पाउलान् र ।’ उनले नेतृत्वको कमजोरीका कारण जनताले आफ्नो छाती खुम्चाएर बस्नु परेको भन्दै अन्यायमा परेकाले न्याय नपाउँदा दु:खलागेको बताए ।


यसै गरी अछाम घर भएका राजेश कुमार शाहीले राज्यले न्याय दिने आश्वासन मात्र दिएको भन्दै अपराधी जोगाउने काम गरेको बताए ।उनले भने, ‘आफ्नै क्षेत्रकी चेली हुन । आजको मिति सम्म न्याय पाउन सकेकी छैनन् । राज्यले गर्छु भनेर आश्वासन मात्र दिएको छ । जनतालाई चित्त बुझदो जवाफ दिन सकेको छैन । राज्यले जुन अनुसन्धान गर्नुपर्ने हो त्यस्तो अनुसन्धान गर्न सकेको छैन । यो भ्रष्टहरुको राज्यहो, दोषीहरुलाई मात्र जोगाउने काम गरिरहेका छन् ।’


यस्तै, रामेछाप लिखुतामा कोशी गाउँपालिकाका जनप्रनितिधि समेत रहेका शिव प्रसाद न्यौपानेले अपराध गर्ने मान्छे अपराधको घेरा भित्र आउन पर्ने बताउँछन् ।‘न्याय पाउन पर्ने हो । सत्य तथ्य छानविन हुनु पर्ने हो भएन् । ठूलाहरुको खेलमा साना तिनाको केही लाग्ने रहेन छ ।जसले हत्या गर्यो त्यसको आत्माले कहिले शान्ति पाउने छैन । अपराध गर्ने मान्छे अपराधको घेरा भित्र आउन पर्छ,’ उनले भने ।

  • 1share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३
अन्तर्वार्ता / विचार

बाढीमा मधेशका जनता, मधेशवादी नेतामाथि प्रश्न: संकटमा नेतृत्व कहाँ ?

भदौ २३, २०८३
अन्तर्वार्ता / विचार

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३
अन्तर्वार्ता / विचार

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२
अन्तर्वार्ता / विचार

कोशीले पायो प्रधानमन्त्री, वाग्मतीबाट मात्रै पाँच मन्त्री

चैत्र १३, २०८२
अन्तर्वार्ता / विचार

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

विपद्, साइबर तथा वित्तीय अपराध नियन्त्रणमा प्रहरीलाई प्रविधियुक्त बनाइने : प्रधानमन्त्री शाह

अशोज ३०, २०८३

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend