Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

गृहमन्त्री ज्यू, निर्मला पन्तले कहिले न्याय पाउँछिन् ?

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
जेष्ठ २७, २०८२
In अन्तर्वार्ता / विचार
0

२७ जेठ: निर्मला पन्तको बलात्कारको घट्ना राज्यलाई कालो धब्बा लाग्ने एउटा कूख्यात प्रकरण हो । घटना २०७५ साउन १० गते एक बालिका जसको बलात्कार गरिन्छ र निर्ममतापूर्वक हत्या गरिएको छ । अहिले ०८२ साल भइसक्यो अर्थात सात बर्ष विति सक्यो ।

नेपालमा बालिका बलात्कार र हत्याको घट्नाहरुमा यति धेरै मानिसहरु सडकमा आएको र तल्लो तह देखि काठमाडौंका सडकसम्म तातेको घट्ना संभवत यो पहिलो होला । धेरै मानिसहरु आक्रोशको अवस्थामा सडकमा आएका थिए । घट्ना जुन खालको पृष्ठि भूमिमा छ त्यो हेर्दा कल्पना गर्न नसकिने र आङ्ग सिरिङ्ग हुने एउटा बर्बर घटनाका रुपमा लिन सकिन्छ ।


तर यस्तो घट्नामा सरकारको निरिहता कल्पना गर्न पनि सकिँदैन् । एक दिनको कुरा होइन, महिनाको कुरा पनि होइन्, वर्षौ वर्षको कुरा हो । यो घट्नाका भइसके पछि ६ जना गृहमन्त्री फेरिए । गृह मन्त्रालयको कुर्सीमा तत्कालिन नेकपा माओवादी केन्द्रका राम बहादुर थापा बादल देखि अहिलेका रमेश लेखक सम्म बसिसकेका छन् । ६ जना मन्त्रीले कुर्सी साट-फेर गरे । सरकारहरु फेरबदल भए । तर जुन गम्भीरता राज्यमा हुनु पथ्र्यो त्यो विल्कुल देखिएन् ।


एउटा बलात्कार प्रकरणमा आजसम्म सत्यतथ्य पत्ता लाग्दैन् । राज्य कति सम्म निरिह छ भने बलात्कार कसले गरेको हो र हत्या कसले गरेको भन्ने कुरा हामीलाई बताउँदैन् । पीडित जो न्यायको पर्खाइमा छन् उसलाई न्याय मिल्दैन् । यस्तो पनि सरकार हुन्छ, यो कुनै न्याय हो ?


निर्मला पन्त भनेको एउटा बिम्ब हो । नेपालको कानुन विहीनताका लागि प्रत्येक दिन पाँच देखि सातजना बालिका वा महिला बलात्कृत र हत्या भइरहेका छन् । या मुलुकमा हामी त्यसको सङ्ख्या गनेर बसिरहेका छौं । प्रत्येक वर्ष त्यो सङ्ख्या उजागर गर्ने, मिडियामा सार्वजनिक गर्ने काम गरिरहेका छौं ।राज्य बलात्कार भएको महिला वा बालिकाको हत्या गर्नेको सख्या गनेर बसिरहेको छ ।सरकारको यो भन्दा सरमपूर्ण घट्ना अरु हुन्छ जस्तो लाग्दैन् । कुर्सीमा जो पुग्छ उ भूपि शेरचनले भन्नु भएको जस्तो,‘घुम्ने मेच माथि पुगे पछि मानिस अन्धो हुन्छ ।’


सायद उहाँहरु त्यहाँ पुगे पछि केही देख्नु हुन्न । राज्य साँचिकै इमान्दार हुन्थ्यो भने एक बालिकालाई त्यो ढंगको निर्मम हत्या भएको घट्नाको लागि न्याय दिलाउन सक्दैन् ?के त्यति कमजार भइसक्यो नेपालको न्याय प्रणाली, के त्यति कमजोर भइसक्यो नेपालको प्रहरी प्रशासन ?६ जना त आइजीपीनै फेरि सके । त्यो घटना भएका बेलाका आइजीपीले त पद छाडेर पार्टीमा आबद्ध भएर दुई पटक चुनाव पनि लडिसक्नु भयो ।


हालका गृहमन्त्री रमेश लेखकले भन्नु भएकै थियो–निर्मला पन्त लाई म न्याय दिलाउँछु भनेर । उहाँ स्वयम् निर्मलाको आन्दोलमा सहभागी हुनु भएको थियो । गृह मन्त्रीज्यू तपाईंले जनतालाई र निर्मलाको परिवारलाई जवाफ दिनु होस् । अहिले सम्म के गर्नु भयो ? म एक नागरिकका रुपमा प्रश्न गर्दैछु र जवाफ माग्दैछु । तर मलाई थाहा छ, जवाफ दिँदैन यो राज्य ।


हामी निरन्तर बोलि रहन्छौं, आवाजहरु बाहिर ल्याउने काम गरिरहन्छौं । यस्ता घट्नाहरु भइरहेको छ भनेर नदेखेको भए देखाउने काम गरिरहेका छौं । तर निर्मलाका बारेमा हेर्न बाँकी के छ, सुन्न बाँकी के छ र खोज्न बाँकी के छ र ? पाँच–छ वटा त समिति नै बनिसके । त्यसको लागि ती समितहरुले के गरे ? मेरो प्रश्न यही हो ।


मलाई लाग्छ निर्मला नेपालको न्याय प्रणालीमा एउटा ठूलो कालो धब्बा हो । नेपालको शासन प्रशासन चलाउछु भन्नेहरुको लागि एउटा ठूलो तमासा हो । तर उहाँहरुलाई त्यो चड्कनले वा तमासाले कतै छोएको छैन् । तर प्रश्नहरु गरिहनु पर्छ । जब हामी प्रश्नबाट भाग्छौं वा प्रश्नबाट डराउँछौं चाहे मिडिया होस् या नागरिक हुन् प्रश्न गर्न डराउनु हुँदैन् ।

हामीले प्रश्न गरेनौं भने सत्ता निरकुंश र अधिनायकवादी हुन्छ । सत्ता लाई उसले चाहे जस्तो गर्नका लागि बाटो खुल्छ । त्यस कारण हामी सबैले प्रश्न गर्नपर्छ । र प्रश्नबाट भाग्नेहरुले शासन गर्ने अधिकार पनि राख्दैनन् । म फेरि पनि आग्रह गर्न चाहन्छु की राज्य फेरी पनि जिम्मेवार बनोस् ।


एउटा बालिका माथि जुन खालको अपराध भएको छ त्यो अपराध एउटा व्यक्तिको होइन । राज्यले अपराधिलाई सार्वजनिक गर्न सक्दैन भने त्यो अपराधको भारी राज्य बन्नु पर्छ । कुनै दिन राज्य अपराधी भयो भनेर कसैले औंला ठड्याउने ठाउँ नबनोस् । आशंकका सुईहरु अब धेरै ठाउँमा घुमेका छन् । आशंका गरेकै भरमा फलानो भनेर त भन्न सकिँदैन ।

धेरैले आशंका गरेका छन् जसमा कठित भीआइपीहरु सँग सम्बन्धित पक्ष नै जोडिएका कारणले घटनालाई यसरी दबाउन खोजिएको छ भनेर अशंका गर्नेहरु प्रशस्तै छन् । चाहे जो सुकै होस् माथिल्लो या तल्लो तहको व्यक्ति होस् तर अपराध भनेको अपराधा नै हो । यो अपराधको न त लिङ्ग नै हुन्छ, न त कुनै दल हुन्छ, न कुनै जात हुन्छ ।

अपराध न सानो हुन्छ न ठूलो । अपराध भनेको अपराध नै हो । लाखौं करोडौंको गाडी चढ्नेहरुले पनि अपराध गरेका छन् भने त्यो अपराधी नै हो । राज्यले त्यो अपराधमा को संलग्न छ भनेर हेर्ने हो । अपराधमा संलग्न भएको मान्छेको जात, वर्ण, थर, धर्म, लिङ्ग र दल के हो भनेर हेर्ने होइन ।


त्यस कारण राज्यले निर्मम भएर यसको खोजनीति गर्नुपर्छ । अपराधी पत्ता लगाउने दिशामा अगाडि बढ्नु पर्छ । नेपालका बालिका बलात्कार र हत्या घटनाको सन्दर्भमा पहिला पनि यस्ता घटना भएका देखेका छौं । दैनिक पाँच देखि सातवटा घटनाहरु हुँदै आइरहेका छन् । सात वर्ष यताको तथ्यांक हेर्नुभयो भने यसको भयावह एवम कहाली लाग्दो तथ्यांक तयार भइसकेको छ ।


निर्मला प्रकरण एउटा विम्ब भएकाले नेपालको न्याय प्रणालीमा, अपराध कर्ममा, फौजदारी न्याय प्रणालीमा हामीले के गरिराखेका छौं र हैसियत के रहेछ कति पीडितलाई न्याय दिन सक्ने रहेछौं त भन्ने एउटा विम्बका रुपमा लिन सकिन्छ । यही घट्नाले बारम्बार हामीलाई गिज्याइरहेको छ । निर्मला पन्त जस्ता सयौं हजारौं बालिकाहरुले हामीलाई प्रश्न गरिरहेका छन्, गिज्याइरहेका छन् । राज्यलाई कुरिरहेका छन् । त्यसैले निर्मला पन्तको घटनाबाट राज्यले सुरुवात गरोस् न्याय दिने पहल कदमी चालोस् ।


प्रहरीले चाहेको खण्डमा जटिल प्रमाणहरु सहित कठघरामा ल्याउने काम थुप्रै गरेको छ । तर निर्मला पन्तको बलत्कार पछिको हत्याको घटनामा जे जस्ता प्रमाणहरु संकलन गरिएको थियो त्यसका आधारमा पनि अपराधीसँग पुग्न सकिन्छ भन्ने कुरा अपराध विज्ञहरुले भनिरहेका छन् । नेपाल प्रहरीमै अवकाश प्राप्त भएका,अपराधका विषयमा अनुसन्धान गर्ने विशेषज्ञ पूर्व-अधिकारीहरुले यो कुरा पटक पटक सार्वजनिक रुपमा नै भनेका छन् ।

त्यस कारण प्रमाण नभएर वा अपराधी सम्म पुग्ने प्रमाण नै फेला नपरेर पुग्न नसकेको हो की भनेर भन्न सक्ने ठाँउहरु छैन् । उहाँहरुको कुरा सुन्दा हामी यस विषयको विशेषज्ञ होइनौं, जसले विशेषज्ञता हासिल गरेका छन् । उनीहरुको कुरा सुन्ने हो भने यसमा नहुनुपर्ने र नसकिने कुनै आधार छैन् । तर भइरहेको छैन्, यहाँ एउटा सरकार, गृहमन्त्री, प्रहरी प्रमुखको इच्छा शक्ति भएन ।

अर्थात सकेनन् भने ठिक छ तर ६ जना परिवर्तन भइसक्दा पनि काम नहुनु दुर्भाग्यपूर्ण छ । त्यस कारण सरकारले आफू माथि लागेको जुन आक्षेप र शंका छ त्यो हटाउनका लागि पनि यसलाई एकदमै गम्भीर भएर अनुसन्धान हुनु पर्छ । र अपराधी सम्म पुगेर उसलाई दण्डको घेरा भित्र ल्याउन जरुरी छ ।


यसमा थुप्रै व्यक्तिहरुको डिएनए परीक्षण गरिएको भनिएको छ । झण्डै ६ सय भन्दा बढि मानिसलाई अनुसन्धानको दायरा भित्र ल्याइएको भनेर प्रहरीले बताएको छ । प्रमाण नै नष्ट भएको कारण कसैलाई न्याय दिन सकेनौ भनेर राज्यले हात ठडाउन मिल्छ र ?


तत्कालिन समयमा जो जो व्यक्तिलाई शंकाको घेरा भित्र ल्याइएको छ र जो व्यक्ति अपराधमा संलग्न छ भनेर एकदमै नजिक पुगेको भनिएको छ । तर ति मान्छेलाई पछि छाडिएको छ । त्यही मान्छे प्रति फेरि सार्वजनिक रुपमा शंका गरिएको छ । त्यसैले सुरु देखि नै अनुसन्धान गर्नु पर्छ । सँगै जोडिएका अरु आशंकित पक्षहरु वा व्यक्तिहरु छन् त्यता तिर पनि अनुसन्धानको सुइ घुमाउनु पर्छ । अनुसन्धानको दायरा बढाउनु पर्छ । र प्रमाण भेटिएन, प्रमाण नष्ट गरियो भनेर उम्कने ठाँउ राज्यले पाउँदैन् ।

निर्मलाले न्याय पाउनै पर्छ । पाउलिन् त भनेर प्रश्न गर्ने नै होइन, पाउनै पर्छ । निर्मला पन्त एउटा बिम्ब हो । त्यसैले अरु थुप्रै मान्छेहरुको मुख बन्द हुने संभावना छ ।निर्मला घटना लाई बन्द गर्नु वा उनको फाइल बन्द गर्नु भनेको अन्य थुप्रै बालिकाहरुलाई बलात्कृत हुनका लागि बाटो खोल्नु हो । थुप्रै वलात्कारीलाई मैदान खुला गर्नु हो । के हामी त्यस्तै समाज बनाउन चाहन्छौ, के हामीले खोजेको समाज त्यस्तै हो ?

हाम्रा बालिका, महिला, दिदिबहिनीहरु बलात्कृत भइरहुन् भन्न खोजेको हो । हाम्रो राज्यको अनुहार त्यस्तै बनाउन खोजेका छौ ? निर्मलालाई न्याय नदिनु भनेको राज्य माथि यस्ता हजार प्रश्नहरु उठ्न सक्नेछन् भनेर बुझन पर्छ । त्यसकारण त्यति निर्मम बाटोतिर, दण्डहीन समाजतिर र राज्य कालो धब्बा बोकेर हिड्नेतर्फ प्रशासन लाग्दैँन् ।

निर्मला सँगै थुप्रै घटना छन् जो अनुसन्धानको दायरामा रही रहेका छन् । कुनै अनुसन्धान सकिएर अदालती प्रक्रियामा छ र त्यो भन्दा पनि ठूलो कुरा बलात्कारका घटनाहरु कति सार्वजनिक भएर आउछन्, कति अदालती प्रक्रियासम्म पुग्छन् र त्यो प्रक्रिया सम्म पुग्दा समाजले एउटा पीडितलाई अझ बढि पीडित बनाउने र पीडक भने स्वतन्त्र भएर हिड्ने खालको समाज सिर्जना गरिरहेका छौ ।

त्यसैले न्यायका लागि जो लडिरहेका छन् उनीहरुलाई न्याय प्राप्त हुन्छ भनेर आशावादी गराउनका लागिपनि नेपालको न्याय प्रशासन, प्रहरी र मिडिया जगतले त्यस्ता आवाजहरु लाई बलियो बनाउनु पर्छ र उनीहरुलाई हिम्मत भर्नु पर्छ यसको लागि पनि निर्मला जस्ता बलात्कृत भएका घटनाहरुमा न्याय प्रदान गर्नु पर्छ ।

राजन कुईंकेल
पूर्व-अध्यक्ष
(एमनेस्टी इन्टरनेशनल नेपाल च्याप्टर
)

  • 2shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

अन्तर्वार्ता / विचार

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३
अन्तर्वार्ता / विचार

बाढीमा मधेशका जनता, मधेशवादी नेतामाथि प्रश्न: संकटमा नेतृत्व कहाँ ?

भदौ २३, २०८३
अन्तर्वार्ता / विचार

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३
अन्तर्वार्ता / विचार

सरकारी मिडियालाई मात्र विज्ञापन : पारदर्शिता कि नियन्त्रणको रणनीति ?

चैत्र २१, २०८२
अन्तर्वार्ता / विचार

कोशीले पायो प्रधानमन्त्री, वाग्मतीबाट मात्रै पाँच मन्त्री

चैत्र १३, २०८२
अन्तर्वार्ता / विचार

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका साप्ताहिक उपलब्धि सार्वजनिक

अशोज २३, २०८३

नागरिक उड्डयन क्षेत्रको सुधारका लागि दुई विधेयक प्रतिनिधि सभामा दर्ता

अशोज २३, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज २२, २०८३

भारतीय सिनेमाका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

अशोज २२, २०८३

भोटेकोशी बाढी प्रभावित परिवारका लागि ‘समुन्नति कार्यक्रम’, मन्त्रालय र रेडक्रसबीच समझदारी

अशोज २०, २०८३

स्वास्थ्य मन्त्रीको राजीनामा माग्दै जनकपुरमा युवाहरूको राँके जुलुस, माग सम्बोधन नभए कडा आन्दोलनको चेतावनी

अशोज १९, २०८३

छोरा जन्माउने सोच नै छोरीको संख्या घट्नुको मुख्य कारण: एक व्यावहारिक र गम्भीर विश्लेषण

अशोज १९, २०८३

सर्वोच्चको आदेशपछि जनकपुरका अस्पताल माथि प्रश्न ? “अस्पतालसँग अनुमति छ कि छैन?”

अशोज १७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend