Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार, तीन मानव तस्कर पक्राउ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ८, २०८२
In विविध
0

८ असार,काठमाडौं । झुटो रोजगारीको आश्वासनमा भारत पुर्‍याइएर बन्धक बनाइएका ३५ जना नेपाली युवाको उद्धार गरिएको छ। उनीहरूलाई भारतको उत्तराखण्ड स्थित काशिपुरबाट सकुशल उद्धार गरी चाँडै नेपाल फर्काउने तयारी भइरहेको छ।

गत बिहीबार नेपाली दूतावास, भारतीय प्रहरी र ‘केन इन्डिया’ नामक सामाजिक संस्थाको सहकार्यमा उनीहरूलाई उद्धार गरिएको हो। संस्थाका निर्देशक नवीन जोशीका अनुसार, आवश्यक अदालती र प्रशासनिक प्रक्रिया पूरा भए पछि उनीहरूलाई मंगलबार सम्म नेपाल ल्याइने छ।

जोशीले जानकारी दिए अनुसार उद्धार कार्यमा एक महिनाको लगातार प्रयास पछि सफलता प्राप्त भएको हो। सो क्रममा नेपाली एक जना र दुई भारतीय मानव तस्करलाई पक्राउ गरिएको छ भने थप अनुसन्धान भइरहेको छ।

उद्धार गरिएकामध्ये इलामको माईमाई–८ का सौगात काफ्लेले आफूलाई झुक्याएर भारत पुर्‍याइएको बताउँछन्। उनका अनुसार एक व्यक्तिले आफ्नो ‘अंकल’ को नक्कली परिचय प्रयोग गरी भारत लगेको थियो।


“मलाई मासिक ३८ हजार तलब दिने भनेको थियो,” उनले भने, “तर भारत पुगेपछि ठगियो। सुरुमा मटन–चिकन दिने भने पनि पछि आलु र बेसार पानी मात्र खुवाइयो। चार लाख ऋण लाग्यो। कोठामा थुनेर यातना दिइयो।”

परराष्ट्र मन्त्रालयको निर्देशनमा नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र स्थानीय संस्था केन इन्डियाको सहयोगमा असार ५ गते उद्धार कार्य सम्पन्न गरिएको हो।

मानव तस्करको गिरोहले पीडितहरू सँग ४० हजार देखि ७० हजार रुपैयाँ सम्म असुली गरेको पाइएको छ। निर्देशक जोशीका अनुसार यस्ता गिरोहहरू महिनामा करिब ५० जना नेपालीलाई भारतका विभिन्न भागमा पुर्‍याउने गर्छन्।

जोशी विगत १५ वर्ष देखि भारतको दिल्लीमा रही मानव बेचबिखन विरुद्ध काम गर्दै आएका सामाजिक अभियन्ता हुन्। उनको संस्थाले नेपालबाट भारत हुँदै तेस्रो मुलुक तर्फ लागेका क्रममा ठगिएका वा बेचिएका व्यक्तिहरूको उद्धार गर्दै आएको छ।

  • 12shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कुलमान घिसिङलाई ग्लोवल हिरो अवार्ड

साउन १२, २०८२
विविध

‘गफाडी चौर’ को नाम अब ‘बिपी चोक’

साउन ६, २०८२
विविध

अनलाइन टिभी पत्रकार संघले जारी गर्यो एआई आचार संहिता

साउन ५, २०८२
विविध

छात्रालाई अनुचित सन्देश पठाए पछि शिक्षक साह बर्खास्त

साउन २, २०८२
विविध

वीरगंजमा पानी संकट, मधेश प्रदेश सरकार द्वारा बारुण यन्त्र र टयांकर परिचालन

असार ३२, २०८२
विविध

मन्त्री राजकुमार गुप्ताको राजीनामा, घुस ऑडियो प्रकरण पछि जिम्मेवारीबाट अलग

असार ३१, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

सुक्खाग्रस्त क्षेत्रमा राहत पुर्‍याउन मधेश प्रदेश ऊर्जा मन्त्रालयको आठबुँदे योजना

साउन १४, २०८२

आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस विश्वभर मनाइदै

साउन १४, २०८२

रुसमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागर भरि सुनामीको चेतावनी जारी

साउन १४, २०८२
sun

१ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

साउन १४, २०८२

मधेश प्रदेशमा डिप बोरिङ जडानको तयारी शुरु गर्न निर्देशन

साउन १३, २०८२

मधेस प्रदेशका पूर्वप्रमुख अहिराज विरुद्ध मुद्दा दर्ता

साउन १३, २०८२

जनकपुरमा किशोरीको हत्या, दुई जना घाइते

साउन १३, २०८२

बेलायतको पशुपतिनाथ मन्दिरमा साउनको विशेष चहल पहल, भजन–कीर्तन र पूजा–आराधनामा भक्तजनको घुइँचो

साउन १३, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal