Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

भारतमा बन्धक बनाइएका ३५ नेपालीको उद्धार, तीन मानव तस्कर पक्राउ

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार ८, २०८२
In विविध
0

८ असार,काठमाडौं । झुटो रोजगारीको आश्वासनमा भारत पुर्‍याइएर बन्धक बनाइएका ३५ जना नेपाली युवाको उद्धार गरिएको छ। उनीहरूलाई भारतको उत्तराखण्ड स्थित काशिपुरबाट सकुशल उद्धार गरी चाँडै नेपाल फर्काउने तयारी भइरहेको छ।

गत बिहीबार नेपाली दूतावास, भारतीय प्रहरी र ‘केन इन्डिया’ नामक सामाजिक संस्थाको सहकार्यमा उनीहरूलाई उद्धार गरिएको हो। संस्थाका निर्देशक नवीन जोशीका अनुसार, आवश्यक अदालती र प्रशासनिक प्रक्रिया पूरा भए पछि उनीहरूलाई मंगलबार सम्म नेपाल ल्याइने छ।

जोशीले जानकारी दिए अनुसार उद्धार कार्यमा एक महिनाको लगातार प्रयास पछि सफलता प्राप्त भएको हो। सो क्रममा नेपाली एक जना र दुई भारतीय मानव तस्करलाई पक्राउ गरिएको छ भने थप अनुसन्धान भइरहेको छ।

उद्धार गरिएकामध्ये इलामको माईमाई–८ का सौगात काफ्लेले आफूलाई झुक्याएर भारत पुर्‍याइएको बताउँछन्। उनका अनुसार एक व्यक्तिले आफ्नो ‘अंकल’ को नक्कली परिचय प्रयोग गरी भारत लगेको थियो।


“मलाई मासिक ३८ हजार तलब दिने भनेको थियो,” उनले भने, “तर भारत पुगेपछि ठगियो। सुरुमा मटन–चिकन दिने भने पनि पछि आलु र बेसार पानी मात्र खुवाइयो। चार लाख ऋण लाग्यो। कोठामा थुनेर यातना दिइयो।”

परराष्ट्र मन्त्रालयको निर्देशनमा नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र स्थानीय संस्था केन इन्डियाको सहयोगमा असार ५ गते उद्धार कार्य सम्पन्न गरिएको हो।

मानव तस्करको गिरोहले पीडितहरू सँग ४० हजार देखि ७० हजार रुपैयाँ सम्म असुली गरेको पाइएको छ। निर्देशक जोशीका अनुसार यस्ता गिरोहहरू महिनामा करिब ५० जना नेपालीलाई भारतका विभिन्न भागमा पुर्‍याउने गर्छन्।

जोशी विगत १५ वर्ष देखि भारतको दिल्लीमा रही मानव बेचबिखन विरुद्ध काम गर्दै आएका सामाजिक अभियन्ता हुन्। उनको संस्थाले नेपालबाट भारत हुँदै तेस्रो मुलुक तर्फ लागेका क्रममा ठगिएका वा बेचिएका व्यक्तिहरूको उद्धार गर्दै आएको छ।

  • 13shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५–६ मा काठमाडौंमा

फाल्गुन २९, २०८२
विविध

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

फाल्गुन २६, २०८२
विविध

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

फाल्गुन २६, २०८२
विविध

पशुपति मन्दिर क्षेत्रमा ‘नन्द–भाउजु’को दादागिरी

फाल्गुन २५, २०८२
विविध

‘रास्वपाको जित होस्’ भन्दै गरिएको भाकल पूरा, युवाहरूले मन्दिरमा ५५ किलो मिठाई चढाए

फाल्गुन २५, २०८२
विविध

साँझ खण्डग्रास चन्द्रग्रहण : काठमाडौंबाट एक घण्टा सम्म स्पष्ट देखिने

फाल्गुन १९, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

“युवामा बढ्दै जोखिमपूर्ण व्यवहार: यौन शिक्षाको अभाव प्रमुख कारण”

फाल्गुन २९, २०८२

नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन चैत ५–६ मा काठमाडौंमा

फाल्गुन २९, २०८२

आजदेखि आधा भरिएको ग्यास सिलिण्डर बिक्री शुरु

फाल्गुन २९, २०८२

दिनको सुरुवात योग र ध्यानबाट गर्दा मानसिक स्वास्थ्यमा सुधार

फाल्गुन २९, २०८२

पोखरामा सम्पन्न नेपाल–भारत बैठक : विद्युत खरिद दरमा १.५ प्रतिशत वृद्धि

फाल्गुन २९, २०८२

शहीद परिवारलाई भेटेपछि सांसद खरेलले भने : जेनजी आन्दोलनको अपूरो सपना पूरा गर्छौं

फाल्गुन २६, २०८२

बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

फाल्गुन २६, २०८२

बैकल्पिक शक्तिको रूपमा उदाएको रास्वपा सबैभन्दा ठूलो दल

फाल्गुन २६, २०८२



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend