१३ असार,काठमाडौं । काठमाडौंको लाजिम्पाटमा तीन दिने आँप महोत्सव (‘नेपाल म्याङ्गो फेस्ट २०२५) शुरु भएको छ ।वाल्नट बिस्ट्रोमा शुक्रबार देखि शुरु भएको महोत्सवको उद्घाटन कृषिमन्त्री रामनाथ अधिकारीले गरे । महोत्सवमा १० भन्दा बढी प्रजातिका आँप प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन् ।

नेपाली आँपको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवर्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा आँप खाने प्रतियोगिता समेत राखिएको छ ।कार्यक्रममा जापानबाट आयात गरिएको अत्यन्तै महँगो ‘ताईयो नो टोमागो’ जातको आँप पनि प्रदर्शन गरिएको छ । जसको मूल्य प्रतिकिलो ३ देखि ४ लाख रुपैयाँ सम्म पर्ने बताइएको छ ।

महोत्सवमा नेपाली किसान बाट प्रत्यक्ष किनमेल गर्न मिल्ने माल्दा, दशहरी, जरदा, किसानबोग, कलकतिया लगायत पाँच भन्दा बढी प्रजातिका आँप प्रदर्शनमा छन् ।महोत्सवमा २० भन्दा बढी परिकार र पेयपदार्थहरू सहकार्य गरेका रेस्टुरेन्टहरूमा राखिएको छ ।यसमा पानीपोखरी स्थित वाल्टुन बिस्ट्रो, स्वयम्भू स्थित एचटुओ क्याफे र झम्सिखेल स्थित वाट्रिङ होल नामक तीन रेस्टुरेन्टहरु सहभागी छन् ।



















आफ्नो प्रतिकृया दिनुहोस्