Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

प्रादेशिक अस्पताल सिरहामा १२ वर्षीय बालकको मृत्यु पछि तनाव, अस्पताल अगाडि विरोध प्रदर्शन

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार १६, २०८२
In विविध
0

१६ असार। सिरहा सदरमुकामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा १२ वर्षीय बालकको मृत्यु भए पछि अस्पताल परिसर तनावग्रस्त बनेको छ। मृतक बालक सिरहा नगरपालिका–६, बसबिट्टाका झल्कु महराका छोरा राजन महरा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

राजनलाई सोमबार बिहान असहज महसुस भए पछि अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारकै क्रममा उनको ज्यान गएको हो। बालकको मृत्यु पछि आक्रोशित परिवारजन र स्थानीयबासीले अस्पताल प्रशासनको लापरवाहीको आरोप लगाउँदै गेट अगाडि टायर बालेर प्रदर्शन गरे।

वडा नम्बर ६ का अध्यक्ष इन्द्रजित यादवले अस्पतालमा सेवा प्रवाहमा लापरबाही हुँदै आएको आरोप लगाए। उनले भने, “हामीले पटक–पटक सेवा सुधारको माग गरेका थियौं, तर बेवास्ता भयो। अहिलेको घटनाले त्यो लापरवाहीको प्रमाण दिएको छ।”

यसै बीच, प्रादेशिक अस्पतालका सूचना अधिकारी राम नारायण चौधरीले बालकलाई गम्भीर रक्तअल्पता (सिभियर एनिमिया) भएको जानकारी दिए। उनका अनुसार, राजनको हेमोग्लोबिन मात्रा केवल २.५ ग्राम/डिएल मात्र थियो, जुन जीवनका लागि अत्यन्तै जोखिमपूर्ण मानिन्छ।

“बी–पोजेटिभ रगतको आवश्यकता थियो,” चौधरीले भने, “रगत उपलब्ध भए पनि ट्रान्सफ्युजनको तयारी भइरहेकै बेला उनको निधन भयो।”

अस्पतालका आकस्मिक सेवा प्रमुख डा. नितेश कर्णले समेत बिरामीलाई आवश्यक उपचार तुरुन्तै शुरू गरिएको भए पनि अवस्था अत्यधिक जटिल भएकोले बचाउन नसकिएको बताए।

स्थानीय प्रशासन र अस्पताल पक्षबीच समन्वय गरी तनाव नियन्त्रणमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।

  • 0share
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

रक्षाबन्धनको दिन विपद् व्यवस्थापनमा प्रधानमन्त्री बालेन शाह, राहत र उद्धारलाई तीव्रता दिन निर्देशन

भदौ १२, २०८३

रसुवा बाढी: ५० बढीको मृत्यु, प्रधानमन्त्री बालेनको प्रत्यक्ष निगरानीमा उद्धार र राहत कार्य तीव्र

भदौ १०, २०८३

पाँच वर्ष, अर्बौँ बजेट र विकासको प्रश्न : धनुषा–महोत्तरीका प्रदेश सांसद फेरि जनताको अदालतमा

भदौ १०, २०८३

जनकपुर पोखरी अतिक्रमण: कुल क्षेत्रफल र खाली भूभागको यकिन तथ्यांक माग

भदौ १०, २०८३

२०७९ मा जितेकाहरूको अग्निपरीक्षा : २०८४ मा फेरि दोहोरिएला जनताको विश्वास ?

भदौ ७, २०८३

विद्युत समस्या समाधानको माग गर्दै जनकपुरमा हुलाकी राजमार्ग अवरुद्ध

भदौ ७, २०८३

जनकपुरमा अतिक्रमण हटाउने अभियान: गरिबको टहरामा डोजर, पहुँचवालालाई उन्मुक्ति?

भदौ ७, २०८३

सिलिन्डर दुर्घटना, कानुनी अधिकार र बीमा: सचेतना नै बचाउको उत्तम उपाय ।

भदौ ६, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend