१८ असार,जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहका काका बासुदेव प्रसाद विमलको छुरा प्रहार गरी हत्या गरिएको छ।
७५ वर्षीय विमल जनकपुरधाम उपमहानगरपालिका–१५ रामपुरका स्थायी बासिन्दा हुन्। बुधबार बिहान उनको आफ्नै घरमा छुरा प्रहार गरी हत्या गरिएको हो।
घटनामा संलग्न व्यक्तिको रूपमा विमलका ज्वाइँ, वडा नम्बर २१ कुर्था निवासी बेचन महासेठको नाम सार्वजनिक गरिएको छ। उनले छुरा प्रहार गरेपछि घटनास्थलबाट फरार भएको परिवारजनले जानकारी दिएका छन्।
परिवार र प्रत्यक्षदर्शीका अनुसार, विमल र महासेठबीच घरायसी विवाद चलिरहेको थियो। सोही विवादका कारण हत्या भएको हुन सक्ने अनुमान गरिएको छ।
घटना पछि स्थानीयवासी र सुरक्षाकर्मी घटनास्थलमा पुगेका छन्। प्रहरी टोलीले अनुसन्धान सुरु गरिसकेको जनाएको छ भने अभियुक्तको खोजी कार्य तीव्र पारिएको जनाइएको छ।
आफ्नो प्रतिकृया दिनुहोस्