Janakpur Khabar
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर
English
No Result
View All Result
Janakpur Khabar
No Result
View All Result

आलम मुक्त, बम विस्फोटमा घाइते गौरीशंकर न्याय खोज्दै काठमाडौं आए

जनकपुरखबर संवाददाता जनकपुरखबर संवाददाता
असार २२, २०८२
In विविध
0

२२ असार,काठमाडौं । संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुर फरहदवामा भएको बम विस्फोटमा घाइते भएका भारत बिहारका गौरीशंकर राम चमार न्यायको गुहार लिएर काठमाडौं आइपुगेका छन्। उच्च अदालत वीरगञ्जको फैसलाबाट नेपाली कांग्रेसका नेता मोहम्मद अफ्ताब आलम सफाइ पाए पछि उनी पीडा सुनाउन राजधानी आएका हुन्।

२०६४ साल चैत २७ गते, गौरीशंकर राजा इँटाभट्टामा काम गर्दै थिए। पैसा लिन अफ्ताब आलमको घरमा पुगेका उनी बम विस्फोटमा परेर गम्भीर घाइते भए। विस्फोटले उनका दुवै कान गुमे, अनुहार, छाती र घाँटीमा गहिरा चोट लाग्यो। घटनापछि गाउँलेहरूले उनलाई बचाएर भारतको सितामढी पुर्याएका थिए।

“घरको ढोकानजिक पुग्ना साथ बम पड्कियो,” गौरीशंकर सम्झन्छन्, “आगोले शरीर पोल्यो, पानी छ्यापेर भागेँ। होस खुल्दा अस्पतालमा थिएँ।”

उनको उपचारमा साढे ३ लाख भारतीय रुपैयाँ खर्च भयो, तर पीडित गौरीशंकरका अनुसार, आलम वा उनका प्रतिनिधिले हाल सम्म एकपटक पनि अवस्था बुझ्न नसकेको गुनासो छ।

उक्त घटनामा जिउँदै मान्छे जलाइएको आरोप आलममाथि लागेको थियो। तर, अदालतले “यथेष्ट प्रमाण अभाव” देखाउँदै उनलाई सफाइ दिएको छ। अदालतको फैसलामा बम विस्फोट पुष्टि हुन नसकेको उल्लेख गरिएको छ। तर, विस्फोटको चपेटामा परेका गौरीशंकर भन्छन्, “बम लागेको त पक्का हो, मैले भोगेको छु।”

उनका अनुसार विस्फोट आलमकै घरमा भएको थियो र घटनापछि आफन्तलाई धम्कीसमेत दिइएको थियो। “अफ्ताब आलमका मान्छेले आमालाई भनेका थिए– ‘तिम्रो छोरा बाँच्दैन, अब केही वर्षको मात्रै हो’,” उनले बताए।

शारीरिक अशक्तता सँग जुझिरहेका गौरीशंकर भन्छन्, “अब म के गरुँ? काम गर्न सक्दिन, म बाँच्ने कि मर्ने थाहा छैन।” उनी दोषीको कारवाही र आफूमाथि भएको अन्यायको न्याय खोजिरहेका छन्।

  • 19shares
  • Share
  • Tweet
  • Facebook Messenger
  • WhatsApp
  • Email
  • Print
जनकपुरखबर संवाददाता

जनकपुरखबर संवाददाता

सम्बन्धित समाचार

विविध

कैलाश–राक्सिराङमा गाँजा र अफिम खेती नगर्न प्रशासनको कडा चेतावनी

चैत्र १८, २०८२
विविध

मुग्लिन–नागढुंगा सडक राति तीन दिन बन्द हुने

चैत्र १८, २०८२
विविध

महेश बस्नेतलाई उम्कन नदिने चेतावनी : शोभा पाठक

चैत्र १८, २०८२
विविध

नयाँ सरकारलाई ट्रक यातायात व्यवसायी महासंघको बधाई, यातायात क्षेत्र सुधारको अपेक्षा

चैत्र १४, २०८२
विविध

नयाँ सरकारलाई विश्वभरका नेपालीको ज्ञान र सञ्जाल उपयोग गर्न फाउन्डेसनको आग्रह

चैत्र १३, २०८२
विविध

नेपाल न्यूज बैंककर्मी गौतम सहित दुई जनालाई एनआरएनए पुरस्कार

चैत्र ३, २०८२

आफ्नो प्रतिकृया दिनुहोस्

ताजा खबर

इन्धनमा परनिर्भर नेपाल : संकट आउनु अघि विकल्प खोज्ने कि पछि पछुताउने?

मंसिर १०, २०८३

युरोपेली संघ चलचित्र महोत्सवको १५औँ संस्करण जनकपुरधाममा हुँदै, मंसिर १२ र १३ गते अन्तर्राष्ट्रिय चलचित्रको प्रदर्शनी

मंसिर १०, २०८३

जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

मंसिर ९, २०८३

भारतको २४ हजार करोडको विकास सहायता नेपाल लाई, पुनर्निर्माण देखि ऊर्जा क्षेत्र सम्म नयाँ सम्भावना; ऋण र अनुदानको उपयोग कसरी होला?

मंसिर ८, २०८३

अयोध्याबाट जनकपुरधाम आइपुग्यो ‘सरयू–कमला एक्सप्रेस’, एक हजार भन्दा बढी तीर्थयात्रीको भव्य स्वागत

मंसिर ८, २०८३

भारतको राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री बालेन्द्र शाह स्वदेश फर्किए, २ खर्ब ४० अर्बको विकास सहायता घोषणा देखि जनकपुर–अयोध्या रेल सेवा सम्मका उपलब्धि

मंसिर ७, २०८३

अयोध्या–जनकपुर जोड्ने रेल सेवाको शुभारम्भ, प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदीले देखाए हरियो झण्डा

मंसिर ७, २०८३

भारतीय राष्ट्रपति द्रौपदी मुर्मू सँग प्रधानमन्त्री बालेन्द्र शाहको शिष्टाचार भेटवार्ता

मंसिर ७, २०८३



प्रकाशक - जनकपुर खबर मिडिया ग्रुप प्रा.लि.
अध्यक्ष तथा प्रबन्ध निर्देशकः– रवि मंडल
सम्पादक - निरज कुमार मण्डल
+977-9854028150/9802328150
news@ejanakpurkhabar.com
सुचना बिभाग दर्ता नं. 2182/077-78

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

No Result
View All Result
  • होमपेज
  • प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • समाज
  • अर्थ
  • विविध
  • व्यापार
  • अपराध
  • खेलकुद
  • मनोरन्जन
  • ई-पेपर

© 2024 eJanakpur Khabar | Technology Partner WebPal

Send this to a friend